एसिया कप छनोटमा नेपालले हङकङको सामना गर्दै, यस्तो छ अंकगणित

  • मंगलबार, १९ भदौ, २०७५
  • 2 months ago
  • खेल
फाइल फाेटाे

काठमाडौं । मलेसियामा जारी एसीसी एसिया कप छनोटको पछिलो दुई खेलमा जित दर्ता गरेको नेपालले आज चिर प्रतिद्धन्द्धी हङकङसँग प्रतिस्पर्धा गर्दैछ । छनोट प्रतियोगितामा सहभागी ६ टोली मध्ये शीर्ष स्थानमा रहने २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । उपाधि विजेता टोलीले  सेप्टेम्बर १५ देखि यूएईमा हुने एसीसी एसिया कपमा सहभागी हुन पाउने छ । 

 

शीर्ष २ मा रहँदै यस प्रतियोगिताको उपाधि जितेमा नेपालले एसिया कपमा क्रिकेटका हस्ती भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा रहेर खेल्ने मौका पाउने छ । सोही कारणले गर्दा नेपाल आज हङकङलाई जित्न आतुर रहेको छ । 

 

प्रतियोगितामा सहभागी सबै टोलीका एक खेल मात्रै बाँकी रहँदा नेपाल ४ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । ७ अंक रहेको ओमान पहिलो, ६ अंक रहेका यूएई दोस्रो र ५ अंक रहेको हङकङ तेस्रो स्थानमा रहेको छ । आइतबारको खेल वर्षाले पूरा हुन नदिएपछि ओमान र हङकङलाई १–१ अंक बाँडिएको हो । 

 

२ अंक रहेको मलेसिया र अंकविहीन सिंगापुरले फाइलन प्रवेशको सम्भावना गुमाइसकेको छन् । 

 

एसिया कपमा छनोटका लागि नेपालले हङकङलाई हराउनु अत्यावसेक छ । तर, ओमान र यूएई बीचको खेलमा ६ अंक रहेको यूएईले जिते स्वतः नेपालको सम्भावना सकिन्छ । नेपालको सम्भावनाका लागि ओमानले यूएईलाई हराउँनै पर्छ । नेपालको भन्दा यूएईको रनरेट बढी भएकाले ओमानले यूएईलाई सकेसम्म ठूलो अन्तरले पराजित गर्नु नेपालका लागि फाइदा हुन्छ ।

 

खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।


थप समाचार

जुलियान असान्जमाथि अमेरिकामा अभियोग दर्ताः विकिलिक्स

  • 22 seconds ago
जुलियान असान्जमाथि अमेरिकामा अभियोग दर्ताः विकिलिक्स

वासिङ्टन । अमेरिकी गोप्य दस्तावेजहरु सन् २०१० मा सार्वजनिक गरेका विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि संयुक्तराज्य अमेरिकामा अभियोग दर्ता गरिएको विकिलिक्सले जनाएको छ ।

खमेर रुजका दुई नेता नरसंहारमा दोषी ठहर

  • 2 minutes ago
खमेर रुजका दुई नेता नरसंहारमा दोषी ठहर

नोमपेन्ह । कम्बोडियाका खमेर रुज शासनकालका दुईजना उच्च नेताहरु जातीय नरसंहारमा दोषी भेटिएको छ । कम्बोडियाको झण्डै एक तिहाई मानिसको मृत्युको कारण मानिएको क्रुर सत्ता पतन भएको ४० वर्षपछि शुक्रबार यस्तो ठ

क्यालिफोर्नियाको डढेलोमा ६०० भन्दा बढी अझै बेपत्ता

  • 7 minutes ago
क्यालिफोर्नियाको डढेलोमा ६०० भन्दा बढी अझै बेपत्ता

प्याराडाइज, संयुक्तराज्य अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको भीषण डढेलोका कारण छ सयभन्दा बढी बेपत्ता भएका बिहीबार प्राप्त समाचारमा जनाइएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।