एसिया कप छनोटमा आज नेपाल यूइईसँग भिड्दै

  • बिहीबार, १४ भदौ, २०७५
  • 4 months ago
  • खेल
फाइल फाेटाे

काठमाडौं । एसीसी एसिया कप छनोट क्रिकेटमा आफ्नो दोस्रो खेलका रुपमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे मलेसियाको किनरारा एकेडेमी ओभल मैदानमा सुरु भएको छ । 

 

पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो । सोही कारणले नेपालले यो खेल जित्नैपर्छ । 

 

युएई नेपालका लागि चिर परिचित प्रतिद्वन्द्वी हो । २० वर्षयता नेपाल र युएई १४ पटक आमने सामने भएकोमा १० पटक नेपाल पराजित भएको छ । ३ खेलमा विजयी हुँदा एक खेल बराबर भएको थियो । सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र युएई पहिलो पटक खेलेका हुन्, जहाँ नेपालले ९४ रनको पराजय ब्यहोरेको थियो ।

 

 

समूहको शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्न र प्रतियोगिता जितेर भारत, पाकिस्तानको सिनियर टोलीसँग खेल्ने सपना पूरा गर्नका लागि नेपालले आजको खेल जित्नैपर्छ ।


थप समाचार

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

  • 6 minutes ago
चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

मन्ट्रीयल । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच

बेलयातमा एकाएक फेरिएको राजनीतिक तरंग, प्रधानमन्त्री मेमाथि नैतिक दबाब

  • 15 minutes ago
बेलयातमा एकाएक फेरिएको राजनीतिक तरंग, प्रधानमन्त्री मेमाथि नैतिक दबाब

लन्डन । बेलायतको संसदले प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन (इयू) सँग गरेको बहिर्गमन (ब्रेक्जिट) सहमतिलाई अस्वीकृत गरेको छ । स्थानीय समयअनुसार मङ्गलबार राति भएको उक्त मतदानमा ब्रेक्जिटको विपक्षम

सचिव कुट्ने मन्त्रीलाई बर्खास्त गर्न काँग्रेसकाे माग

  • 24 minutes ago
सचिव कुट्ने मन्त्रीलाई बर्खास्त गर्न काँग्रेसकाे माग

जनकपुरधाम । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीनन्द्रराज जोशीले प्रदेश नंं २ का आर्थिक मामिला मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको तत्काल यथार्थ सार्वजनिक गर्न माग गरेका छन् ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।