नेपाल भ्रमण गर्दा छुटाउनै नहुने विशेष खानेकुराहरू

काठमाडाैँ । नेपाल भ्रमण गर्ने पर्यटकहरुले खान छुटाउनै नहुने खानाहरुको बारेमा अमेरिकी सञ्चारमाध्यम सिएनएनले आठ थरी खानाहरुको सूची तयार पारेको छ ।

 

नेपालमा मुख्यगरि काठमाडौंमा धेरै नै लोकप्रिय यी खानाहरुको स्वाद मुखमै झुन्डिने बताँउदै सिएनएनले नेपाल भ्रमण गर्दा यी परिकारहरु चाख्न पर्ने बताएको छ । सिएनएनको सूचीमा मम, दालभात, थुक्पा, योमरी, जुजुधौ दही, मासको बारा, चटामरी, टिङ्मो एण्ड आलु फिङ अटाएका छन् ।

 

१. मम

तिब्बती खानाको रुपमा नेपाल भित्रिएको मम टमाटरको चटनीको साथमा खाँदा मिठो हुन्छ । मासु र सब्जी भरिएको सानो सानो डल्ला हुने ममले मुखै रसाउने आजकाल चिज, आलु लगाएतका अन्य धेरै अप्सनहरु पाइने सिएनएनले जनाएको छ । काठमाडौंमा स्टिम, फ्राइड र कोथे गरी ३ थरी ममहरु पाइने सिएनएनले जनाएको छ ।

 

२.योमरी

माछा आकारमा बन्ने योमरी चामलको पिठोबाट बनाइएको हुन्छ जसको भित्र चाकु लगाएत मिठो खानेकुरा भरिएको हुन्छ । यो खेतीपाति थन्क्याएपछि चाडपर्वमा खाने एक लोकप्रिय खानेकुरा हो जुन योमरी पुन्हीको अवसरमा खाइन्छ ।

 

३. दालभात

यो नेपालको एकदमै लोकप्रिय खाना हो । नेपालमा दालभात थाली सेटको रुपमा सर्भ गरिने पनि सिएनएनले जनाएको छ । मासको दाल वा सिमीलाई धेरै बेरसम्म मन्द आगोमा पकाएर त्यसलाई हिमालयन जडिबुटी जिम्बुले झानिएको हुन्छ ।

 

४. जुजु धौ

जुजु धौलाई अङ्ग्रेजी रुपान्तरण गर्दा किङग््स कर्ड हुन्छ , यो भक्तपूरको एकदमै विशेष खानेकुरा हो । भैंसीको दुधबाट बनाइने यो दहीमा मह मिसाइएको हुन्छ र त्यसलाई माटाको भाँडामा राखिन्छ । त्यसपछि त्यसलाई न्यानो ठाँउमा पातलो कपडाले छोपेर नजमुन्जेल राखिन्छ ।

 

५.थुक्पा

थुक्पा एक प्रकारको चाउचाउ सुप हो जुन तिब्बतबाट नै काठमाडौं प्रवेश गरेको हो । यसमा हातैले बनाइएको उसिनेको चाउचाउ, सब्जीहरु र मासु मिसाइएको हुन्छ । यसमा नेपाली गरम मसला र खुर्सानीको पनि प्रयोग गरिएको हुन्छ । बिशेषगरी यो जाडो महिनामा खाइन्छ ।

 

६. मासको बारा

नेपालमा केही पनि त्यस्तो हुदैंन मासको बारा जस्तो । यो लाइट प्याटीहरु मासबाट बनाइएको हुन्छ जुन एकरात भिजाइन्छ त्यसलाई पिसेर मसलासँग मिसाएर त्यसलाई सानो वृत्ताकार रुपमा तोरीको तेलमा पकाइन्छ । अन्तिम मिनेटमा एउटा अण्डा फ्टाएर त्यसलाई पकाइन्छ । यो काठमाडौंको ठूला रेस्टुरेन्टमा भन्दा साना साना भट्टिहरुमा पाइन्छ ।

 

७. चटामरी

यो पातलो रोटी जस्तो चामलको पिठोले बनाइने चटामरीमा माथि किमा, अन्डा लगाएत अन्याकुराहरु सजाइएको हुन्छ । यसलाई नेपाली भर्सनको पिज्जा भन्दा पनि फरक पर्दैन । यो विशेष नेवारी खाना आजकाल काठमाडौंका धेरै रेष्टुरेन्टहरुमा पनि पाइन्छ ।

 

८ टिङ्मो (टिःमम) र आलु फिङ

 

यो खाना पनि तिब्बतबाट नै काठमाडौं भित्रिएको हो । टिङ्मो स्टिम गरिएको ब्रेड र सुपमा चोपेर खान मिल्ने गरि बनाइएको हुन्छ । आलु फिङमा चाउचाउ, आलु र सब्जीहरुको तातो झोल बनाइएको हुन्छ ।

 


थप समाचार

पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

  • 7 hours ago
पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

काठमाडौं । पत्रकार किशोर पन्थीको पुस्तक 'कम्पन'को दोश्रो संस्करण सगरमाथाबाट लोकार्पण गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको लोकार्पण गरेका हुन् ।

विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

  • 9 hours ago
विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

क्षेत्री समाज बेलायतले आफ्नो वार्षिक भेला कार्यक्रम आउँदो महिना गर्ने भएको छ । समाजका संचार संयोजक नरेन्द्र बस्नेतका अनुसार यसवर्षको भेला लण्डनको फेल्थमस्थित इस्प्रिंगवेष्ट एकेडमी कलेजमा जुन ८ तारिखक

च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

  • 10 hours ago
च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

लन्डनको एक प्रतिष्ठित दौड 'द भाइटिालिटी लण्डन १००००' मा नेपाल पत्रकार महासंघ बेलायत शाखाका सचिव तथा बेलायतबाट प्रकाशित अनलाइन मिडिया साउथ एसिया टाइमका सम्पादक जगन कार्की च्यारिटी आतंक विरुद्ध जनचेत



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

के तपाईलाई राज योगबारे थाहा छ ?

के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।