IIMS College

ISMT

HUB Education

‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

  • मंगलबार, ३ भदौ, २०७६
  • 6 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको बलियो सरकारसँग मिलेर नेपालको हितमा आर्थिक लाभ हुने गरी विभिन्न कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिइएकाे छ ।

 

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा विज्ञहरुले भारतसँग हुने उच्चस्तरीय छलफलमा नेपालको आर्थिक विकास, सीमा समस्या, परियोजना कार्यान्वनय तथा तराई डुबानमा केन्द्रित हुनुपर्ने सुझाव दिए । 

 

प्रमका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले बुधबार नै नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बस्ने र त्यस बैठकमा ती दुई मुलुकबीच बहुपक्षीय सम्बन्ध, दुई देशबीचको निकटको सम्बन्ध, नेपालमा आर्थिक लगानी, भारतसँगको नेपालको व्यापार, सीमा, डुबान, सन् १९५० को सन्धिलगायत समग्र विषयमा उच्चस्तरीय छलफल हुने जानकारी दिए ।

 

डा भट्टराईले बितेका दिनमा नेपाल र भारतका नेताबीच सौहाद्र्र तथा विश्वासको वातावरण विकास हुँदै गइरहेको बताउँदै नेपालले भारतसँग संयुक्त राष्टसङ्घको वडापत्र तथा पञ्चशीलको सिद्धान्तको आधारमा वार्ता गर्ने बताए । अर्को प्रसङ्गमा डा भट्टराईले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँ आफ्नो काममा निरन्तर खटिरहेको जानकारी दिँदै प्रधानमन्त्रीको स्वास्थ्य पुनःपरीक्षण गर्नुपर्ने चिकित्सकको सल्लाहअनुसार भदौ ५ गते सिङ्गापुर जान लागेको बताए ।

 

पूर्वराजदूत दुर्गेसमान सिंहले नेपाल भारतबीचको सम्बन्धले नयाँ गति लिएको बताउँदै भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणबाट दुई दशकदेखि गतिहीन भएका परियोजनाले गति पाउने विश्वास व्यक्त गरे । उनले नेपाल–भारतबीच कुनै समस्या नभएको, व्यापार, पर्यटन, ट्रान्समिसन आदि क्षेत्रमा प्रगति भएको तथा नेपालमा विद्युत् भार कटौती अन्त्य भएको उल्लेख गरे ।

 

बुद्धिजीवी डा सुन्दरमणि दीक्षितले पाँच वर्षका लागि आएका भारतीय प्रम मोदीको सरकारबाट नेपालले भरपुर लाभ लिनुपर्ने बताए । उनले दशैँमा घर फर्किने बेला भारतीय भूमिमा नेपाली कामदार लुटिने गरेको र यस विषयमा भारतसँग छलफल गरी समस्या समाधान गर्नुपर्ने औँल्याए ।


थप समाचार

नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

  • 8 hours ago
नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

काठमाडौँ । काठमाडौँको बढी पैदलयात्रुले सडक पार गर्ने चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण चाँडै सम्पन्न हुने भएको छ ।

अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

  • 8 hours ago
अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनले अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल थुनामुक्त गरी शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

अज्ञात समूहद्वारा डोजरमा आगजनी

  • 8 hours ago
अज्ञात समूहद्वारा डोजरमा आगजनी

काठमाडाैँ । अज्ञात समूहले गए राति जिल्लाका आदर्श र सायल गाउँपालिकास्थित दुई वटा डोजरमा आगजनी गरेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

एजेन्सी । कतारले उत्तर कोरियालाई मदत गरिरहेको छ । विदेशी मुद्रा कमाउने ठुलो जनशक्ति रोटेशनका आधारमा कतारमा काम गरिरहेका छन् । प्रत्येक तीन वर्षमा रोटेशन हुनेगर्छ । विश्वको माहोलदेखि एक्लिएको कोरियाको मुख्य आम्दानीको स्रोत कतार पनि हो ।