प्याराग्लाईडिङको दोस्रो राउण्ड सकिदाँ पनि नेपाल तेस्रो स्थानमा

  • सोमबार, ११ भदौ, २०७५
  • 7 months ago
  • खेल

पोखरा । १८ औ एसियाली खेलकुदमा खराब मौसमले गर्दा टास्क पुरा नगरेपनि नेपाली प्याराग्लाईडिङ पुरुष तर्फ दोस्रो दिनमा पनि चौथो स्थानमा पुगेपनि दुईदिनको औसतमा भने तेस्रो स्थानमै छ । महिला तर्फ भने एकस्थान पछि धकेलिदैं पाँचौ स्थानमा पुगेको छ ।

 

टास्क पुरा गर्न नसकेको दोस्रो दिन नेपालले केवल ६९४ अंक जोडेको छ । पहिलो दिन नेपालले २२५५ अंक जोडेको थियो । दुवै अंक जोडिदाँ नेपाल तेस्रो स्थानमा यथावत रहेको हो । कोरिया दोस्रो राउण्ड सकिदाँ ६८९ अंक जोड्दै पुगेको छ । तर समग्रमा दोस्रो स्थानमै यथावत छ । शीर्ष स्थान भने इण्डोनेसियाले कब्जा गरिरहेको छ ।

 

पहिलो दिन २९१७ र दोस्रो राउण्डमा ९०१ अंक जोड्दै शीर्षस्थानमा छ ।

 

आईतबार दोस्रो राउण्ड सकिदाँ मलेसियन टिम भने दोस्रोमा आयो । यद्यपी समग्रमा भने पाँचौस्थान भन्दा पछि छ । नेपाललाई दोस्रो राउण्डमा ४७ अंकले पछि पारेको जापान भने समग्रमा तेस्रो स्थानमै छ । दोस्रो राउण्डमा ७४१ अंक जोडेको छ । भने पहिलो राउण्डमा जापान २०२४ अंकसहित चौथो स्थानमा यथावत नै छ ।

 

महिला तर्फ भने नेपाली टिम पाँचौ स्थानमा छ । दोस्रो राउण्ड सकिदाँ राउण्ड सकिदाँ नेपालले ३५३ अंक जोड्दै पाँचौ स्थानमा झनै पुग्यो । कोरियाले दोस्रो राउण्डमा ४०८ अंक जोड्दै शीर्षस्थानमै छ । जापान दोस्रो स्थानमा रहने क्रममा दोस्रो राउण्डमा ४०५ अंक बटुल्यो । इण्डोनेसियाले आईतबारको दोस्रो राउण्डमा भने ५०३ अंक जोडेपनि तेस्रो स्थानमै रहेको छ ।

 

आईतबार कुनैपनि देशका खेलाडीले खराब मौसमका कारण टास्क भने पुरा गर्न नसकेको प्याराग्लाइडिङका अफिसियल शैलेन रावतले जानकारी दिए । उनका अनुसार अझै तीन राउण्ड बाँकी छ । पाँच राउण्डमा जोडिएको अंकको आधारमा पदकको निर्णय हुने उनले बताए । इण्डोनेसियाको गुनुङ मास पानकाकमा आयोजित प्रतिस्पर्धामा पुरुष टिम क्रस कन्ट्रीमा विमल अधिकारी, शुशिल गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल थापा छन् । त्यसैगरी महिला क्रसकन्ट्रीमा त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धामा छन् ।


थप समाचार

बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

  • 11 minutes ago
बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

बेइजिङ । जर्मनीका अर्थमन्त्री पिटर अल्टमायरले युरोपेली युनियनका प्रमुख मुलुकहरुले चीनको अगुवाईमा रहेको बेल्ट एन्ड रोड अभियान (बिआरआई) मा व्यक्तिगत नभई सामूहिक समझदारीमा हस्ताक्षर हुन सक्ने बताएका छन्

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

  • 33 minutes ago
जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।

यस्ता छन् जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु

  • 59 minutes ago
यस्ता छन् जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु

एजेन्सी । जीवनमा केही यस्ता कुराहरु हुन्छन् जसलाई गोप्य राख्नु नै उचित हुन्छ । गोप्यता राख्नुपर्ने कुरालाई पनि उजागर गर्दा जीवनमा धेरै समस्याहरु आउने गरेका छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।

विचित्र विश्व

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ । पछिल्लो समय करोडपतिहरुको चर्चा ठुलो हुने गरेको छ ।