ओमानसँग नेपाल ७ विकेटले पराजित

  • बुधबार, १३ भदौ, २०७५
  • 3 weeks ago
  • खेल

काठमाडौँ । एसिया कप क्रिकेट छनोट अन्तर्गत ओमानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। टस हारेर व्याटिङको निम्तो पाएको नेपालले ओमानलाई २२१ रन  रनको लक्ष्य दिएको थियो । 

 

ओमानले १२ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर जित हात पार्न सफल भएको छ।

 

ओमानको जितमा खावर अलीले सर्वाधिक नटआउट ८४ रन बनाए। वैभव वाटेगावन्करले ४१ , जतिन्दर सिंहले ३०  र जीसन मकसुदले अविजित ४५ रन बनाए।

 

३३ रन जोड्दा पहिलो विकेट गुमाएको ओमानले दोस्रो विकेटका लागि ३८ रनको साझेदारी गरेको थियो।

 

नेपालको सुरुवाती खेल भने राम्रो रहेन । धेरै नै आश गरिएका सुवास खकुरेलसँगै उपकप्तान ज्ञानेन्द्र मल्ल ओपनिङमा थिए ।खकुरेलले चार रन जोड्दै आउट भएका थिए । 

 

कप्तान पारस खड्काले पनि जादु देखाउन सकेनन् । उनी मात्र ८ रनमा आउट भएका थिए । 

 

ज्ञानेन्द्र ४५ रन बनाउँदै आउट भएका थिए। उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए । ६० बल खेलेका उनले नेपालको मनोबल दरिलो पार्ने काम गरेका थिए ।

 

दिपेन्द्र सिंह ऐरीले  ९ रन मात्रै जोडेका थिए । त्यसपछि आए सागर पुन । 

 

तर, सागर र आरिफ शेखले उत्कृष्ट पारी खेलेका थिए । 

 

दुबैले पाँचौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै नेपालको पारी सम्हालेका थिए । आरिफले व्यक्तिगत ३६ रन बनाएका थिए ।

रोहितकुमार पौडेलले एक रन पनि जोड्न सकेनन् ।  सोमपाल कामीले पनि ५ रन जोडेका थिए । 

 

 करण केसीले २४ रनको पारी खेलेका थिए ।

 

 उत्कृष्ट खेल प्रदर्शन गरेका सागरले ८३ रन जोडेका थिए ।

विलाल खान, मुहम्मद नदिम र अजय भ्रिज्लाल लिल्चेताले दुईदुई विकेट लिएका थिए । 

 


थप समाचार

सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

  • 3 hours ago
सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

लण्डन । पोखरास्थित बिग एफएमले हरेक वर्ष आयोजना गर्ने गायन प्रतिस्पर्धा बिग आइकनको सातौं संस्करणका विजेता सुबास गुरुङ लण्डन आइपुगेका छन् । बेलायतका विभिन्न स्थानमा प्रस्तुति गर्न बिग आइकन सुबास बिग एफए

रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

  • 3 hours ago
रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

ग्रेटर रश्मोर नेपाली कम्युनिटीले विहिबार अल्डरसटमा आयोजना गरेको इन्फरमेसन डे कार्यक्रममा काउन्सिल लिडर डेभिड क्लिफोर्डले स्थानीय नेपालीहरुको प्रशंसा गरेका हुन् ।

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 9 hours ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।