IIMS College

ISMT

HUB Education

बेलायतमा 'नेपालकप टी ट्वान्टी क्रिकेट' प्रतियोगिताको तयारी

  • सोमबार, २८ जेष्ठ, २०७५
  • 1 year ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बाचस्पति रेग्मी, लण्डन । बेलायतस्थित पोखरेली मञ्च यूकेको आयोजनामा नेपालकप टी ट्वान्टी क्रिकेट प्रतियोगिता आउंदो जुलाईमा आयोजना हुने भएको छ । 

 

आयोजक मञ्चले आइतबार अल्डरसटमा एक प्रेस मिट गरी जुलाई १५ र २२ तारिखका दिन प्रतियोगिता आयोजना गरिने जानकारी गरायो । रेडिङ क्रिकेट क्लबको मैदानमा आयोजना हुने प्रतियोगितामा ८ टोलीबीच प्रतिस्पर्धा हुने बताइएको छ । 

 

प्रतियोगिताको विजेता टोलीले ८ सय पाउण्ड  , दोस्रो हुनेले ५ सय पाउण्ड र तेस्रो हुनेले ३ सय पाउण्ड नगदको पुरस्कार पाउनेछन् । 

 

मञ्चका अध्यक्ष मानप्रसाद गुरूङले विगतको वर्षमा भन्दा पुरस्कारको राशी बढाइएको जानकारी दिए । त्यस्तै, प्रतियोगिताको स्तरबृद्धिकै प्रयासस्वरुप यसअघिको पोखराकप भन्ने प्रतियोगिताको नाम परिवर्तन गरी अब नेपाल कप गराइएको अध्यक्ष गुरूङले बताए । 

 

प्रतियोगितामा सहभागी हुने टोलीलाई १ सय ५० पाउण्डको प्रवेश शुल्क राखिएको छ । प्रतियोगिता सञ्चालनका लागि कोष जुटाउन आयोजकले प्रतियोगितास्थलमा बारबीक्यू गरेर खाना बिक्री गर्ने तथा स्पोन्सरहरु खोज्ने योजना बनाएका छन् । तर प्रतियोगिता हेर्न जाने दर्शकलाई कुनै शुल्क लिइनेछैन । 

 

 प्रतियोगितामा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीलाई प्रमुख अतिथीका रुपमा निम्त्याइने पनि आयोजकले बताए । 

 

प्रेस मिट कार्यक्रममा अध्यक्ष मानप्रसाद गुरूङका  साथै संस्थाका संस्थापक अध्यक्ष सीबी पुन, सल्लाहकार नन्द कुमारी गुरूङ, मेघ गुरूङ, उपाध्यक्ष अम्बीका खड्का , सचिव पवित्र गुरूङ लगायतले प्रतियोगिताबारे विभिन्न जानकारी गराउंदै पत्रकारहरुका जिज्ञासामा जवाफ दिएका थिए । सो अवसरमा एभरेष्ट टाइम्सका सम्पादक हरिकाजी गुरूङ,  नेपाल पत्रकार महासंघ युके शाखाका सचिव पुर्ण गुरूङ, शीतलपाटी न्युजका सम्पादक बाचस्पति रेग्मी , नेप्स न्युजका मणी सुवेदी लगायतको सहभागिता  थियो । कार्यक्रमाके सञ्चालन मञ्चका उपाध्यक्ष करम गुरूङले गरेका थिए । 

 

मञ्चले बेलायतबासी सम्पुर्ण नेपालीहरुलाई प्रतियोगिता हेर्न उपस्थित भएर खेलाडीको हौसला बढाइदिन आग्रह गरेको छ । 

 


थप समाचार

बेलायत आउँदै 'छ माया छपक्कै'

  • 4 hours ago
बेलायत आउँदै 'छ माया छपक्कै'

अल्डरसटको एम्पायर हलमा जनवरी ५ तारिखका दिन दिउँसो साढे ३ बजेदेखि चलचित्र प्रदर्शन गरिने नेप्लिज इन्टरटेनमेन्टका विरेन खड्काले बताए ।

काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

  • 6 hours ago
काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

काठमाडौँ । नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आज बिहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएको घटना र त्यसपश्चात उत्पन्न परिस्थितिप्रति

प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

  • 6 hours ago
प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

काठमाडौँ । भक्तपुर १ (क)बाट नवनिर्वाचित प्रदेशसभाका सदस्य कृष्णलाल भँडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भँडेललाई प्रदेश नं. ३, प्रदेशसभाका सभामुख सान



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

काठमाडौं । स्वास्थ्य र पोषण एक–अर्कासँग सम्बन्धित विषय हरुन् । पोषणलाई लिएर भेरैजसो मानिस भ्रममा हुन्छन् । शिक्षित मानिससमेत कतिपय अवस्थामा स्वस्थ्य र पोषणबारे विपरित धारणा बनाइरहेका हुन्छन् ।