मिस नेपाल, नायिका र गायिकाहरु एउटै स्टेजमा, यसरी झुल्किंदैछन् सिड्नीकाे टाउन हलमा सप्तपरी

Education Park

सिड्नी । अस्ट्रेलियामा कला, संगीत र सामाजिक क्षेत्रमा सक्र्रिय नेपिण्डो फ्युजनले सप्तपरी २ हजार १८ आयोजना गर्ने भएको छ । 

 

नेपिण्डोले महिला शसक्तीकरण अभियान अन्तर्गत नेपालका विभिन्न क्षेत्रमा ख्याती कमाएका महिलाहरुलाई सिड्नीमा उतार्ने भएको हो । 

 

जुलाई २८ तारिखमा सिड्नीस्थित टाउनहलमा गायक, मोडलिङ, अभिनय तथा उत्प्रेरणका क्षेत्रमा ख्याती कमाएका नेपाली महिलाहरुलाई एकसाथ प्रस्तुत गर्न लागिएको हो । 

 

कार्यक्रममा नेपालबाट नेपालबाट मिस नेपाल २०१७ निकिता चान्डक, नायिकाहरू स्वस्तीमा खड्का, वर्षा राउत, बेनिसा हमाल, एलिसा राई, गायिका रजनी रिमाल र उत्प्रेरक श्रृष्टी केसी उपस्थित हुनेछन् भने अस्ट्रेलिया रहँदै आएकी पायल शाक्य पनि आयोजकका तर्फबाट उपस्थित हुनेछिन् । 

 

आयोजकका तर्फबाट संस्थाकी सह–संस्थापक उषा किरण पोखरेलले महिला अधिकारको कुरा गर्नुअघि महिला शसक्तीकरणको विषयमा केही गर्नुपर्ने मान्यताका साथ कार्यक्रम आयोजना गरिएको बताईन् । नेपालीपत्रसँगको कुराकानीका क्रममा पोखरेलले भनिन्, ‘महिलाहरु आत्मनिर्भर बनेपछि धेरै अधिकारहरु आफै सुनिश्चत हुन्छन् । तसर्थ हामीले यहाँ यसप्रकारको कार्यक्रम आयोजना गरेका छौं । ¥याम्पमा उत्रने सबैले मुकु भन्ने उत्पादकले उत्पादन गरेका ढाकाका कपडा लगाउनेछन् । नेपालका श्रमिक महिलाहरुले उत्पादन गरेको ढाकाका वस्तुहरुको बजार प्रवद्र्धन गरियो भने डिमाण्ड बढ्छ । डिमाण्डले अन्तत तिनै नेपालका महिलाले रोजगारी बढाउँछ र यसले उनीहरुको आर्थिक सवलिकरणमा महत्वपूर्ण योगदान दिन्छ भन्ने हाम्रो विश्वास हो ।’

 

यहि अठोटका साथ आयोजना गर्न लागिएको कार्यक्रमबाट उठेको रकमको केही हिस्सा पूर्व मिस नेपाल पायल शाक्यले संचालन गरेको संस्थालाई सहयोग स्वरुप उपलब्ध गराइने पनि सह–संस्थापक उषा किरण पोखरेलले जानकारी दिइन् । 

 

कार्यक्रममा गैर आवसीय नेपाली संघ एनआरएनए ओसेनियाका संयोजक धर्म अधिकारी, एनआरएनए नारी निकुन्जकी उपसंयोजक सन्ध्या शाह, प्रयोजकका तर्फबाट एक्सपर्टका बिष्णु हमाल, एनआरएनकी संस्थापक सदस्य तथा नेपाली समाजकी अगुवा इन्द्रा वनले सफलताको शुभकामना व्यक्त गरेका थिए । 

 

कार्यक्रममा एनआरएनका सचिव देव गुरूङ, कोषाध्यक्ष अच्यूत थपलिया, आइसीसी सदस्य जानकी पौडेल, नारी निकुन्जकी संयोजक प्रतीज्ञा अधिकारी, एनआरएनए उपाध्यक्ष नन्द गुरूङ, पूर्व युवा संयोजक विजय पोखरेल, नेपाल अस्ट्रेलियन युथ एशोसिएसनका अध्यक्ष प्रकाश खरेल, अगुवा रमेश पाण्डे, एनआरएनका ग्लोबल खेलकुद संयोजक राजु मानन्धर, अन्तर्राष्ट्रिय झापाली समाजका केन्द्रीय अध्यक्ष दिनेश पोखरेल पनि शुभकामना व्यक्त गरेका थिए । 

 


थप समाचार

'प्रिय मान्छेलाई कसैसँग तुलना नगर्नुस्'

  • 4 minutes ago
'प्रिय मान्छेलाई कसैसँग तुलना नगर्नुस्'

एक दाजु भाई हरेक दिन समुद्रको किनारै किनार हिड्ने गर्थे । सँगै हिड्दा दाजुले कहिलेकाही भाईलाई पिट्ने वा गालीगलौज गर्ने गथ्र्यो । तर, भाई जवाफ फर्काउँदैनथ्यो, बरू रिस उठ्नासाथ दाजुले आज गाली ग¥यो भन्द

चितवनमा ६ महिनामा ५४ नयाँ एचआइभी सङ्क्रमित

  • 10 minutes ago
चितवनमा ६ महिनामा ५४ नयाँ एचआइभी सङ्क्रमित

चितवन । सन् २०१९ को ६ महिनामा जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् ।

बाजुराको भुवाखोलामा जिप दुर्घटना, तीनजनाकाे मृत्यु, ११ जना घाइते

  • 24 minutes ago
बाजुराको भुवाखोलामा जिप दुर्घटना, तीनजनाकाे मृत्यु, ११ जना घाइते

बाजुरा । बाजुराको भुवाखोलामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

मेथी अधिकांश नेपालीको भान्सामा नछुट्ने चिज हो । भान्सामा हामी विभिन्न परिकारमा मेथीको प्रयोग गर्ने गर्छौं ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।