नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन ९एन ए ए ० को ४२ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम्युनिटी सेन्टरमा भएको साधारणसभाले डा मधु पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयान गरेको हो ।

 

सँस्थाको संसोधित विधानले गरेको नयाँ ब्यवस्था अनुसार चारजना उपाध्यक्षहरु क्रमश निशा रानी, सुर्य भट्टराई, डा घनश्याम चापागाई र डा बसुन्धरा भट्टराई रहेका छन् । यस्तै संस्थाको महासचिव ऋषि आचार्य, सचिव निलम ऐरी र कोषाध्यक्ष नारायण खनाल रहेका छन् । संस्थाको कार्यसमिति सदस्यहरु तपाश्या श्रेष्ठ, डा कमल खरेल, दिक्षित घिमिरे, आनन्द पराजुली र डा सन्तोश खनाल रहेका छन् ।

 

नेपाली समुदायका अग्रजहरु ईन्द्रा वन, डा नारायण प्रधान, पदम शाक्य र देव गुरुङ रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको हो ।

 

न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्का प्रमुख अतिथी रहेको कार्यक्रममा सहभागिहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै महाबाणिज्यदुत खड्काले बिगत ४३ बर्ष देखि एन ए ए ले अस्ट्रेलियामा नेपालीको पहिचान कायम राख्न खेलेको भुमिकाको प्रसंसा गरेका थिए ।

 

संस्थाकी पुर्व अध्यक्ष ईन्द्र वनले नव निर्वाचित पदाधिकारीलाई बधाइ दिदै सक्रिय कार्यकालको कामना गरेकी थिइन । यस्तै अर्का पूर्व अध्यक्ष डा नारायण प्रधानले एन ए एले अस्ट्रलियामा नेपाली समुदायको पहुच यहाँको मुलप्रवाहमा पुर्याउन संयोजनको भुमिका खेल्नुपर्ने सुझाव दिएका थिए ।

 

यस्तै पुर्व अध्यक्ष उमेश पन्तले एन ए एले नेपालको लायन्स क्लवसँगको सहकार्यमा नुवाकोटमा भुकम्पले क्षति भएको विद्यालयको भवन निमार्ण गर्न २५ लाख नेपाली रुपैया सहयोग गर्न लागेको जानकारी दिएका थिए । पन्तका अनुसार एन ए एले चार बर्षअघि गएको भुकम्पले  पुर्याएको क्षतिको पुननिमार्णका लागि भनेर संकलन गरेको सहयोग रकम विद्यालय भवन बनाउन खर्च हुनलागेको हो । 

 

कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै चुरामनी बेलबासलले एन ए एले नेपाली समुदायको प्रतिनिधित्व गरेर यहाँका बिभिन्न सरकारी निकाय र स्थानिय समुदायिक संस्थाहरुसँग सहकार्य शुरु गरेको बताए । यस्तै एन आर एन अस्ट्रेलियाका सचिव देव गुरुङले एन ए एले अस्ट्रेलियाका नेपाली सामुदायिक संस्थाहरुलाई संयोजन गर्दै सरकारसँग साँघुको रुपमा कामगर्नु पर्ने सुझाव दिएका थिए ।

 

पेन्सहस्ट नेपाली समुदायका अध्यक्ष लक्ष्मण श्रेष्ठले शुभकामना मन्तब्य दिदै अस्ट्रेलियाका नेपाली समुदायको अभिभावकको रुपमा एन ए ए ले भुमिका खेलेको विचार राखेका थिए । यस्तै सिड्नीको दिक्षण क्षेत्रका नेपाली अभिभावकहरुको प्रतिनिधित्व गर्दै  नुवा दत्त ढुंगानाले नयाँ कार्यसमितिका पदाधिकारीको कार्यकाल सफलताको कामना गरेका थिए ।

 

कार्यक्रममा नव निर्वाचित अध्यक्ष डा मधु पुडाशैनीले आफ्नो दुइवर्षे कार्यकालको खाका प्रस्तुत गरेका थिए । अध्यक्ष  डा पुडासैनीले  अस्ट्रेलियाको मुल प्रवाहमा नेपाली समुदायको पहुच, अस्ट्रेलियाभरी रहेका नेपाली समुदायिक संस्थहरुबीच संन्जाल तथा सहकार्य  र यहाँको नेपाली समुदायमा देखिएका समश्याहरुलाई समाधान गर्ने गरी तिन महिना भित्र कार्ययोजना सार्वजनिक गर्ने प्रतिद्धता जनाएका थिए ।  उक्त कार्यक्रममा बोल्दै डा पुडासैनीले अस्ट्रेलियामा नेपाली समुदाय माझ रहेका बिविध मुद्दाहरुलाई  संवोधन गर्ने उद्देश्यका साथ संस्थाले बिधान संसोधन गरेर चार जना उपाध्यक्ष ब्यवस्था गरेको बताए ।

 

कार्यक्रममा संस्थाकी संरक्षाक पुर्व अध्यक्षहरु इन्द्रा वन र डा नारायण प्रधान र सल्लाहकार पदम शाक्यलाई आजिवन सदस्यबाट सम्मान गरिएको थियो ।

 

 नेप्लिज अस्ट्रेलियन एसोसिएसन ९एनएए० आज भन्दा ४३ वर्ष अघि १९७६ मा स्थापना भएको हो ।


थप समाचार

हत्या गरिएका पोल्याण्डका मेयरको भावपूर्ण विदाई

  • 7 minutes ago
हत्या गरिएका पोल्याण्डका मेयरको भावपूर्ण विदाई

जिडान्स्क । पोल्याण्डका हजारौं नागरिकको उपस्थितिमा जिडान्स्कका मेयर पावेल एडामोविक्जलाई शनिबार भावपूर्ण अन्तिम विदाई गरिएको छ ।

ट्रम्पको नयाँ प्रस्ताव स्वीकार्य नरहेको डेमोक्र्याटिक पार्टीको भनाइ

  • 12 minutes ago
ट्रम्पको नयाँ प्रस्ताव स्वीकार्य नरहेको डेमोक्र्याटिक पार्टीको भनाइ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको पर्खाल निर्माणका लागि कङ्ग्रेसले बजेट छुट्याए अमेरिकामा रहेका लाखौं आप्रवासीलाई स्वदेश फर्काउने कार्य तत्कालका लागि स्थगन गर्ने नयाँ प्रस्ताव गर्

काँग्रेसमा अनुशासनकाे खाँचाे रहेकाे देउवाकाे जिकीर

  • 19 minutes ago
काँग्रेसमा अनुशासनकाे खाँचाे रहेकाे देउवाकाे जिकीर

दमौली । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताएका छन् । तनहुँ काङ्ग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले अनुशासनभन्दा ब



जीवनशैली/स्वास्थ्य

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

विचित्र विश्व

सिङ्गै गाउँ चार जनाको नाममा

सिङ्गै गाउँ चार जनाको नाममा

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ ।