नेपालगञ्ज विमानस्थल अन्तर्राष्ट्रियस्तर बनाउन गुरुयोजना तयार

  • मंगलबार, १० बैशाख, २०७६
  • 3 weeks ago
  • नेपाल

बाँके । नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन साढे १२ अर्ब लगानी प्रस्ताव सहितको गुरुयोजना (माष्टरप्लान) तयार गरिएको छ । तयार पारिएको गुरुयोजना आज नेपालगञ्जमा सरोकारवालाका बिचमा सार्वजनिक गरिएको छ । 

 

पहिलो चरणमा दुई वर्षभित्र काम सक्ने गरी एक अर्ब २० करोड लगानीको पूर्वाधार निर्माण गरिनेछ । डिपिआरले दोस्रो चरणका लागि सन् २०२५ भित्र थप दुई अर्ब ८ करोड लगानीमा विमानस्थल बिस्तारदेखि पूर्वाधार निर्माणसम्मका योजना समेटेको छ । 

 

तेस्रो र चौथो चरणको काम भने झण्डै २० वर्षको लक्ष्यलाई अनुमान गरिएको छ । तेश्रो चरणमा सात अर्ब ४० करोड खर्च हुने अनुमान गुरुयोजनामा गरिएको छ ।

 

गुरुयोजना अनुसार पहिलो चरणको विस्तारको काम अघि बढिसकेको बताइएको छ । हाल एकसय ६६ विगाह रहेको हवाइ मैदानलाई थप एकसय विगाह जग्गा आवश्यक पर्ने भएको छ । ५८ वर्षदेखि सञ्चालनमा रहेको नेपालगञ्ज हवाइ मैदान हाल दैनिक ४० वटा सरदर उडान हुँदै आएको बताइएको छ ।

 


थप समाचार

माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

  • 1 hour ago
माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

काठमाडौं । मोटरसाइकलमा यात्रा गर्दा पछाडी बस्ने यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम तत्काल कार्यान्वयन नहुने भएको छ ।

प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

  • 1 hour ago
प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

बेलायतमा रहेर निरन्तर नेपाली साहित्यमा सक्रिय साहित्यकार प्रतिमा केसीको पहिलो कविता संग्रह 'पानीको विद्रोह' हालै प्रकाशित भएको छ ।

तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

  • 1 hour ago
तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले आफ्नो झुर सिजन सकेको छ । सिजन २०१८–१९ को अन्तिम खेलमा पनि घरेलु मैदान सान्टियागो बेर्नाबेउमा रियल बेटिससँग २–० गोलको हार ब्यहोर्दै रियलले सिजनका सबै खेल सकेको हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।