लण्डनमा सञ्चालित नेपाली कक्षाको सहयोगार्थ च्यारिटी

  • बुधबार, ४ बैशाख, २०७६
  • 1 month ago
  • युके

 

लन्डन । नेपाली भाषा तथा सांस्कृतिक केन्द्र, बर्न्टोकले  नयां वर्षकै दिन लन्डनमा शुभकामना आदानप्रदानसहित एक च्यारिटी कार्यक्रम गरेको छ । 

 

आइतबार सांझ लन्डन हयारोस्थित ब्लु रुम स्पोर्टस हलमा आयोजित कार्यक्रममा नेपालबाट आएका तीन राष्ट्रिय कलाकार र स्थानीय बालबालिकाले सांस्कृतिक प्रस्तुति गरेका थिए ।

 

कार्यक्रममा  प्रमुख अतिथि  वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपालीले शुभकामना व्यक्त गर्दै बालबालिकालाई नेपाली कक्षा सञ्चालन गर्ने केन्द्रको पहलको प्रशंसा गरे । उनले मातृभाषाले नै स्वदेशसंग जोडिराख्ने उल्लेख गर्दै हामीले हाम्रो भाषा र संस्कृति पुस्तान्तरण गर्नु अत्यन्तै महत्वपूर्ण हुने बताए। 

 

केन्द्रका महासचिव भोला पनेरुले सञ्चालन गरेको कार्यक्रममा  बर्न्टोक नेपाली समाजका अध्यक्ष उदय गुरुङले शुभकामना दिंदै नेपाली भाषा रहेमात्र नेपाली पहिचान रहने उल्लेख गरे ।

 

 

केन्द्रका अध्यक्ष सुमन प्रधानले नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले गएको २ वर्ष भन्दा बढी समयदेखि  बालबालिकाहरुलाई नेपाली लेख्न, पढ्न र बोल्न सिकाउने उद्देश्यले नेपाली कक्षा संचालन गर्दै आएको जनाए । उनले हरेक शनिबार संचालन गरिने सो कक्षामा आधा घण्टा योग र ध्यान तथा आधा घण्टा नेपाली संगीत सिकाइने पनि बताए ।

 

कार्यक्रममा नेपाली कक्षामा पढिरहेकी छात्रा स्वस्ति योगीले केन्द्रको पहलका कारण आफूले  नेपाली सिकेको अनुभव सुनाइन् । उनले सबै अभिभावकहरुलाई आफ्ना छोरा, छोरीलाई नेपाली सिकाउन आग्रह पनि गरिन् ।

 

उक्त कार्यक्रममा नेपालबाट आएका कलाकारहरु भूमिका शाह, सहिमा श्रेष्ठ र प्रसन्ना पाण्डेले विभिन्न गीत प्रस्तुत गरी दर्शकलाई मनोरन्जन दिएका थिए । केन्द्रमा अध्ययनरत बालबालिकाले पनि विभिन्न नाचगान देखाएका थिए। ससाना बालबालिकाले राष्ट्रिय गान गाएपछि कार्यक्रम शुरु भएको थियो ।

 

कार्यक्रममा काउन्सीलर लक्ष गुरुङ, काउन्सीलर  अम्मर नक्वी, बन्र्टओक आमा समूहका सदस्यहरु लगायत टाढाटाढाबाट सहभागीहरु आएका थिए । 

 

बेलायतमा जन्मिएर नेपाली भाषा सिकिरहेका नयां पुस्तालाई नेपाली भाषा सिकाउनका लागि बर्न्टोकमा नेपाली कक्षा सञ्चालन भइरहेको छ ।

 

 

तस्विरहरु : शिव भण्डारी 

 


थप समाचार

होन्डुरसमा सानो बिमान दुर्घटना, पाँच जनाको मृत्यु

  • 3 minutes ago
होन्डुरसमा सानो बिमान दुर्घटना, पाँच जनाको मृत्यु

होन्डुरस । होन्डुरसको रोटान द्वीपमा एउटा सानो बिमान दुर्घटनाग्रस्त हुँदा चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलटको मृत्यु भएको छ ।

विद्यार्थीमा धनी र गरीबको भावना हटाउन अध्ययन

  • 19 minutes ago
विद्यार्थीमा धनी र गरीबको भावना हटाउन अध्ययन

काठमाडौँ । धनी र गरीब पृष्ठभूमिका विद्यार्थीको सङख्या बराबरी भएका विद्यालयमा बालबालिकामा समावेशी र भेदभावरहित भावनाको विकास उच्च भएको पाइएको छ ।

नगर प्रहरीमा नाम ननिस्किएपछि धाँधली भयाे भन्दै नगरपालिकामा तालाबन्दी

  • 37 minutes ago
नगर प्रहरीमा नाम ननिस्किएपछि धाँधली भयाे भन्दै नगरपालिकामा तालाबन्दी

तनहुँ । नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा आज बिहान तालाबन्दी गरेका छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

रोग लाग्न नदिन भिटामिन ‘ए’

रोग लाग्न नदिन भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ ।