नेपाली कम्युनिष्टको ७० वर्षे फुट यात्रा

काठमाडौँ । ७० वर्षको नेपाली कम्युनिष्टको यात्रामा आज देशभर विभिन्न उत्साहमुलक कार्यक्रम भइरहेका छन् । २००६ वैशाख ९ मा पुष्पलालको नेतृत्वमा स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी आजसम्म आइपुग्दा फुट र जुटको राजनीतिमै अल्मलिएको विश्लेषण गरिन्छ । आफ्ना एजेण्डा र कुरा नमिल्दा कम्युनिष्ट पार्टीमा फुटहरु भएका इतिहास रहेको छ । सर्वप्रथम २०१७ सालमा तत्कालिन राजा महेन्द्र कदम ठिक र बेठिक भन्नेमा पार्टी फुटको श्रृङखला शुरु भएको पाइन्छ । नेकपाका तत्कालिन महासचिव केशवजंग रायमाझी राजाको कदमको पक्षमा उभिएपछि २०२५ सालमा महाधिवेशन भएपनि उनीहरु मिल्न सकेन् । 

 

२०२८ पुष्पलाल, सिपी मैनाली र मोहनविक्रम सिंह एक हुन सकेनन् । पुष्पलालको मृत्यु हुनु अघि नै मदन भण्डारीको नेतृत्वमा अर्को समूह जन्मिसकेको थियो । सिपी मैनाली सहितले २०३५ सालमा नेकपा (माले) बनाए भने २०३६ पछि नेकपा (मनमोहन) निर्माण गरे । २०४० मा मोहनविक्रम र निर्मल लामा समेत एकै पार्टी नरहेपछि अलग–अलग बनाए । मसालमा मोहनवित्रलम सिंह र पुष्पकमल दाहालको समेत मिल्न सकेन । २०४२ तिर मोहनविक्रम, चित्रबहादुर केसीले नेकपा मसाल बनाएपनि २०५१ मा निर्मल लामा, नारायणकाजी लगायतले नेकपा (एकताकेन्द्र) पार्टी गठन गरेर राजनीतिमा अघि बढे । सोही वर्ष प्रचण्ड नेतृत्वको एकता केन्द्रले नेकपा माओवादी नाम फेरेर जनयुद्ध घोषणा गरे । 

 

२०४६ को जनआन्दोलनपछि माले र मनमोहन मिलेर नेकपा (एमाले) निर्माण भएपछि २०५४ मा महाकाली सन्धिलाई लिएर वामदेव गौतम, सिपि मैनालीले पार्टी फुटाएर विरोधमा उत्रिए । बामदेव एमालेमै फर्किएपनि मैनाली फर्केनन् । प्रचण्ड नेतृत्वबाट २०६९ मा मोहन वैद्य र नेत्रविक्रम चन्द समूह समेत छुट्टिए । वैद्य नेतृत्वको पार्टी समेत छाडेर रामबहादुर थापा बादल अहिले गृहमन्त्रीमा छन् भने   नेत्रविक्रम चन्द (विप्लव) भूमिगत अवस्थामा रहेका छन् । विप्लव नेतृत्वको नेकपालाई हाल सरकारले प्रतिबन्ध समेत लाएको छ । 

 

२०७४ असोजमा दुई ठूला पूर्व नेकपा एमाले र पूर्व माओवादी केन्द्र एक भएका छन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एक हुँदापनि सहयात्री सिपि मैनाली, मोहन वैद्य लगायत अन्य साना कम्युनिष्ट पार्टीलाई समेत सहयात्री बनाउन कोसिस गरिएको छैन । ७० वर्षे लामो इतिहासमा पार्टी फुट्ने, साना समूह जस्तै पार्टी बन्ने प्रवृति देखिन्छ । नेपालमा कम्युनिष्ट फुटको इतिहासमा क्षती बढी भएकोमा आफ्नो लक्ष्यमा पुग्न ढिलाइ भइरहेको समीक्षा गरिरहेका छन् । 

 

टुंगियो एकता 

पार्टी एकता घोषणा भएको झण्डै एघार महिनापछि नेकपाले हिजो बेलुकी तल्लो तहसम्मको पार्टी एकता अन्तिम टुगो लाएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल सहितको शीर्ष तीन नेताको अन्तिम निर्णयपछि पार्टी एकताले सार्थकता रुप लिएकोे हो । 

 

केन्द्रीय सदस्य, विभिन्न विभाग, भातृ संगठन, जिल्ला तह र स्थानीय तहको बारेमा अन्तिम टुंगो लाउन बाँकी रहेका बेलामा जिल्लाको नेतृत्वको तत्कालीन जिल्ला अध्यक्षलाई नै नेतृत्व दिने सहमति गरी अध्यक्ष र सचिवको टुंगो भएको छ । जिल्लामा अब संगठनको काम तीव्र रुपमा अघि बढ्ने नेकपा श्रोतले जानकारी दिएको छ । 

 

आज प्रज्ञा भवनमा नेकपाको एकता टुङ्गिएको घोषणा गरिने भएको छ । जिल्ला नेतृत्वमा यसअघि नै पूर्व एमालले ४४ र पूर्व माओवादीले ३३ जिल्लाको नेतृत्व पाउने निश्चित भइसकेको छ । उक्त कार्यक्रमको प्रधानमन्त्री ओली, प्रचण्ड, नेपाल लगायतले सम्बोधन गर्ने बताइएको छ ।  

 


थप समाचार

पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

  • 1 hour ago
पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

काठमाडौं । पत्रकार किशोर पन्थीको पुस्तक 'कम्पन'को दोश्रो संस्करण सगरमाथाबाट लोकार्पण गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको लोकार्पण गरेका हुन् ।

विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

  • 3 hours ago
विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

क्षेत्री समाज बेलायतले आफ्नो वार्षिक भेला कार्यक्रम आउँदो महिना गर्ने भएको छ । समाजका संचार संयोजक नरेन्द्र बस्नेतका अनुसार यसवर्षको भेला लण्डनको फेल्थमस्थित इस्प्रिंगवेष्ट एकेडमी कलेजमा जुन ८ तारिखक

च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

  • 4 hours ago
च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

लन्डनको एक प्रतिष्ठित दौड 'द भाइटिालिटी लण्डन १००००' मा नेपाल पत्रकार महासंघ बेलायत शाखाका सचिव तथा बेलायतबाट प्रकाशित अनलाइन मिडिया साउथ एसिया टाइमका सम्पादक जगन कार्की च्यारिटी आतंक विरुद्ध जनचेत



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

के तपाईलाई राज योगबारे थाहा छ ?

के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।