पदाधिकारी संख्या विवादमा महामन्त्रीको नयाँ सूत्र

काठमाडौं । महासमितिको तय तिथि आइसक्दा पनि काँग्रेसको नयाँ विधान मस्यौदामा सहमति जुट्न नसकेपछि महामन्त्री डा. शशांक कोइरालाले बीचको बाटो प्रस्तावित गर्नुभएको छ । गत बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको नेताहरुको अनौपचरिक बैठकमा महामन्त्री कोइरालाले विधानमा सभापति, २ उपसभापति, ३ महामन्त्री, ४ सह–महामन्त्री र कोषाअध्यक्षसहित ११ जना पदाधिकारी राखेर महासमितिमा जानुपर्ने विकल्प अगाडि सार्नुभएको हो । 

 

काइरालाको यो प्रस्तावमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुबै सकारात्मक भएपछि महासमितिको बाटो खुल्न गएको छ । यद्यपी, निर्वाचन पद्धतिमा भने केन्द्रीय समितिमा अझैं पनि सहमति जुट्न सकेको छैन । विधान मस्यौदा समितिका सदस्या नवीन्द्रराज जोशीले सभापति, ३ उपसभापति ३ महामन्त्री, ३ सह–महामन्त्री र कोषअध्यक्षसहित ११ जनाकौ विकल्प राख्नुभएको थियो । त्यसमा देउवाले असहमति जनाउँदै आउनुभएको थियो । देउवाले आफ्नो प्रसतावमा असहमति जनाएपछि विकल्पको रुपमा केन्द्रीय कार्यसमिति बैठकमा सातवटै प्रदेश हेर्ने जिम्मेवारीसहित सात उपसभापति या सह–महामन्त्री  थप्नुपर्ने पौडेलको अर्को प्रस्तावमा समेत असहमति रहेको थियो । 

 

केन्द्रीय कार्यसमितिको आकार बर्ढापछि पदाधिकारी संख्या बढाउनुपर्ने अडानमा पौडेल र कृष्णप्रसाद सिटौला पक्ष थिए, जसले देउवालाई दबाबमा पारेको थियो । १४ औं महाधिवेशनलाई आफ्नो पक्षमा पार्नकै लागि देउवा र पौडेल दुबै पक्ष रणनीतिक हिसाबले अघि बढेका कारण पनि पार्टीभित्र विवाद बढेको थियो । पौडेल पक्षले अन्य पदभन्दा उपसभापति बढाउन जोड गरेको हो । आजको विमर्श साप्ताहिकबाट ।

 


थप समाचार

बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

  • 19 minutes ago
बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

चितवन । जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।

‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

  • 20 minutes ago
‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

चितवन । शनिबारबाट फिल्म ‘गोपी’को प्रचारमा निस्किएका बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । बिपिनले च

कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

  • 26 minutes ago
कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको संवैधानिक अदालतले विपक्षी नेता फेलिक्स शिसेकेडी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । उनका निकटतम प्रतिद्वन्द्वी मार्टिन फायुलुले चुनावमा धाँधली भएको आ



जीवनशैली/स्वास्थ्य

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

विचित्र विश्व

सिङ्गै गाउँ चार जनाको नाममा

सिङ्गै गाउँ चार जनाको नाममा

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ ।