प्रम ओलीले डा. केसीलाई दिएकाे वचन कार्यान्वयन भएन : नेपाली काँग्रेस

वाइडबडी प्रकरणमा सभापति देउवाकाे नाम मुछिएकाेमा गम्भीर ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले डा. गोविन्द केसीको अनशन र मागबारे सरकारको ध्यानाकर्षण गराएको छ । 

 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै डा. केसीको अनशन र वाइडबडी प्रकरणप्रति गम्भीर ढंगले पार्टीको ध्यान आकर्षित भएको जनाएको हो ।

 

पन्ध्रौं अनशनका क्रममा प्रधानमन्त्री ओलीकै अग्रसरतामा डा. केसीसँग भएको सम्झौता संसदीय समितिमा आइपुग्दा खण्डित हुन पुगेको निश्कर्ष निकाल्दै काँग्रेसले प्रधानमन्त्रीकै अग्रसरता र वचन कार्यान्वयन हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताएको छ । 

 

विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै काँग्रेसले अब प्रधानमन्त्री ओलीसँग सहमतिमा फर्किने वा चौतर्फी दबाब कुरेर बस्ने २ वटा विकल्प मात्रै बाँकी रहेको जनाएको छ । 

 

त्यस्तै वाइडबडी घोटाला प्रकरणमा काँग्रेस सभापति शेरबहादुर देउवाको नाम मुछिएकोमा समेत गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

 

देउवा प्रधानमन्त्री बनेलगत्तै निगमको संचालक समितिको बैठकले मुद्रा सटहीका लागि अनुरोध गर्ने निर्णय गरेको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री बनेको लगत्तै मन्त्रिपरिषद् विस्तार हुन बाँकी नै रहेको समय, १९ भन्दा बढी मन्त्रालय प्रमसँगै रहेको स्थिति थियो । वाइडबडी खरिद प्रकरणमा निगमको त्यो दिनको निर्णय त प्रथम थियो न अन्तिम, न त सबैभन्दा महत्वपूर्ण नै थियो ।’

 

यसका बाबजूद सार्वजनिक लेखा समितिको अध्ययन अनुसन्धानलाई आवश्यक सहयोग गर्न काँग्रेस तयार रहेको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि ढंगको राजनैतिक आग्रह, प्रभाव र दबाबबाट मुक्त रहेर तथ्यहरुको जगमा सत्यको खोजी गर्न हामी विनम्र अनुरोध गर्दछौं ।’


थप समाचार

मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

  • 9 hours ago
मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

भोइस अफ नेपालका विजेतासहितका ७ प्रतियोगीहरुले प्रस्तुति गरेको उक्त कार्यक्रममा झण्डै ६ सय स्थानीय नेपालीहरु सहभागी भएको एनआरएन यूके उपाध्यक्ष एवम् च्यारिटी विभाग संयोजक प्रेम गाहा मगरले जनाएका छन् ।

मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

  • 10 hours ago
मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीको कागजात अध्ययन गर्ने निर्णय गरेको छ । समितिको सिंहदरबारमा बसेको बैठकले अन्सारीमाथि परेको उजुरीक

'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

  • 10 hours ago
'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

काठमाडौँ । नेपाली काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि लैजान नसके पार्टीको अस्तित्व नै खतरामा पर्नसक्ने काङ्ग्रेस नेता एवं बुद्धिजीवीहरुले बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

एजेन्सी । हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ ।