सरकार र सदनको कामकारवाहीविरुद्ध काङ्ग्रेसले विरोध प्रदर्शन गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकार र सदनका कामकारवाहीलाई लिएर विरोध प्रदर्शन गर्ने जनाएको छ । 

 

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्परा विपरीत मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको आरोप लगाउँदै उक्त घटनाको विरोध गर्ने निर्णय गरेको छ । 

 

विरोध प्रदर्शन संसद्मा भएको घटना, डा गोविन्द केसीको अनशनप्रति व्यवहार, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका स्वास्थ्य केन्द्र हटाउने काम भएको भन्दै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति बिनासंवैधानिक परिषद्को बैठक बसी निर्णय गरेको विषयमा केन्द्रित रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

 

त्यस्तै देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता अपराध नियन्त्रण गर्न सरोकारवाला पक्ष असफल देखिएको, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको छ महीना पुगिसक्दा पनि दोषी पत्ता लगाउन नसक्नु, बढ्दो महँगी, भ्रष्टाचार एवं जिल्लास्तरमा रहेका स्थानीय मुद्दाहरूमा यही माघ २१ गते देशभर प्रदर्शन केन्द्रित गरिने पार्टीको निर्णयमा उल्लेख छ । 

 

सभापति देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुनप्रसाद जोशी, धनराज गुरुङ, सुरेन्द्रराज पाण्डे, गोविन्द भट्टराई, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, प्रवक्ता विश्वप्रकाश शर्मा र सरिता प्रसाईंले आफ्नो धारणा राखेका थिए । 

 

केन्द्रीय कार्यसमितिको अर्को बैठक सोमबार अपराह्न १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए । 

 


थप समाचार

कसले हाल्यो मुस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध सर्वोच्चमा रिट ?

  • 9 minutes ago
कसले हाल्यो मुस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध सर्वोच्चमा रिट ?

काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । कपिलवस्तु घर भई हाल काठमाडौँमा बस्दै आएका अब्दुल सलामले अन्सारीले राष्ट्रपति कार्यालय,

यी २४ एनआरएनए खेलाडीले आठौँ राष्ट्रिय खेलकूदमा प्रतिस्पर्धा गर्दै

  • 14 minutes ago
यी २४ एनआरएनए खेलाडीले आठौँ राष्ट्रिय खेलकूदमा प्रतिस्पर्धा गर्दै

काठमाडौँ । प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)बाट २४ खेलाडी सहभागी हुने भएका छन् । सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२ पुरुष र दुई महिला एनआरएनएका खेलाडीले प्रति

मधुमेह रोगीले के खाने–के नखाने ?

  • 14 minutes ago
मधुमेह रोगीले के खाने–के नखाने ?

हाम्रो शरीरमा लामो समयसम्म हुने विभिन्न रासायनिक प्रतिक्रियामा कारण रगतमा चिनीको मात्रा बढ्छ । अनि समस्या देखिन्छ, जसलाई चिनीरोग, अर्थात मधुमेह भनिन्छ । अर्थात प्यांक्रियजले पर्याप्त मात्रामा इन्सुलिन



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

मधुमेह रोगीले के खाने–के नखाने ?

मधुमेह रोगीले के खाने–के नखाने ?

हाम्रो शरीरमा लामो समयसम्म हुने विभिन्न रासायनिक प्रतिक्रियामा कारण रगतमा चिनीको मात्रा बढ्छ । अनि समस्या देखिन्छ, जसलाई चिनीरोग, अर्थात मधुमेह भनिन्छ । अर्थात प्यांक्रियजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरको कोषले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा यस्तो समस्या देखिन्छ ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।