काँग्रेसले दर्ता गर्‍याे जरुरी सार्वजनिक महत्वको प्रस्ताव

Education Park

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले श्रम, समाज कल्याण तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित लाखौँ नेपाली युवा रोजगारीका लागि मलेसिया जानबाट वञ्चित भएको विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

 

काङ्ग्रेसले लाखौँ नेपाली युवाको गन्तव्यको रुपमा रहेको मलेसियामा कूटनीतिक माध्यमद्वारा नेपाली कामदारको हकहित सुरक्षित हुने गरी जति सक्दो चाँडो रोजगार खुला गर्न छलफल हुनुपर्ने कारण देखाउँदै सङ्घीय संसद् सचिवालयलमा सो प्रस्ताव दर्ता गराएको हो ।

 

काङ्ग्रेसका सांसदहरु डिला सङ्ग्रौला पन्त प्रस्तावक एवं रामबहादुर विष्ट र देवप्रसाद तिमिल्सिना समर्थक रहेको उक्त प्रस्तावमा मलेसियाको रोजगारीका क्रममा स्वास्थ्य परीक्षण, अभिमुखीकरण, मागपत्र प्रमाणीकरण गर्ने क्रममा पैसाको चलखेल नियन्त्रण गर्न नसकेको र श्रमिकसँग लिने सेवा शुल्कमा पारदर्शी हुन नसक्दा श्रमिक ठगिने क्रम बढ्दै गइरहेको जनाइएको छ ।

 

साथै वैदेशिक रोजगारीका क्रममा गत आर्थिक वर्षमा विभिन्न मुलुकमा ८२१ कामदारको मृत्यु भएकाले नेपालीलाई विदेश जानु अघि सुरक्षाको विषयमा व्यावहारिक जानकारी दिने व्यवस्था शुरु गर्न नेपाली दूतावासलाई परिचालन गरी सुरक्षाको भरपर्दो व्यवस्था मिलाउनसमेत उक्त विषय छलफल हुनुपर्ने प्रस्तावमा जनाइएको छ । 

 

वैदेशिक रोजगार क्षेत्रमा देखिएको अव्यवस्था, विकृति र विसङ्गति हटाई वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउनुपर्ने प्रस्तावमा उल्लेख छ । झण्डै पाँच लाखभन्दा धेरै नेपाली कार्यरत रहेको र वर्षेनी दशौँ अर्ब रुपैयाँ विप्रेशण (रेमिट्यान्स) भित्रिने मुलुकमा कामदार पठाउन रोकिएपछि त्यहाँ नेपालीका लागि रोजगारीको अवसर खुम्चँदै गएको र मलेसियाली रोजगारदाता विकल्प खोज्न थालेका छन् । 

 

गत वर्ष कात्तिक १२ गतेमा दुई देशबीच पहिलो पटक श्रम सम्झौता भए पनि सरकारले अहिलेसम्म औपचारिक रुपमा नेपाली कामदार पठाउने काम सुरु गर्न सकेको छैन । हजारौँ मजदूरलाई ठगी गर्ने कम्पनीविरुद्ध कुनै कारवाही नभएको काङ्ग्रेसले जनाएको छ । (रासस)


थप समाचार

अमेरिकालाई इरानको जबाफ !

  • 9 minutes ago
अमेरिकालाई इरानको जबाफ !

एजेन्सी । अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ । सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा फर्केको यहाँको समाचार समितिले जानकारी दिएको छ ।

अमेरिकी संसदले न्यूनतम ज्याला १५ डलर तोक्यो, सिनेट भने विपक्षमा

  • 15 minutes ago
अमेरिकी संसदले न्यूनतम ज्याला १५ डलर तोक्यो, सिनेट भने विपक्षमा

वासिङ्टन । डेमोक्र्याटिक पार्टीको बर्चश्व रहेको अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले संघीय न्यूनतम ज्याला सन् २०२५ सम्ममा प्रतिघण्टा १५ अमेरिकी डलर बनाउने सम्बन्धी विधेयक पारित गरेको छ ।

अमेरिकामा बेरोजगारी दर सामान्य बढ्यो

  • 17 minutes ago
अमेरिकामा बेरोजगारी दर सामान्य बढ्यो

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य बृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।