IIMS College

ISMT

HUB Education

पार्टीभित्रको गुटबन्दी महाधिवेशनबाट अन्त्य हुने काङ्ग्रेस नेताको भनाई

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

गाईघाट । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र धनराज गुरुङले पार्टीभित्र लामो समय देखिको चरम गुटबन्दी पार्टीको आगामी १४ औँ महाधिवेशनबाट अन्त्य हुने बताएका छन् । 

 

मङ्गलबार १०६ औँ बिपी जयन्तीको अवसरमा पार्टीको दोस्रो जनजागरण अभियानअन्तर्गत नेपाली काङ्ग्रेस उयदयपुरले गाईघाटमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य तथा पूर्वमन्त्री केसीले भने, “पार्टीको १४ औँ महाधिवेशनबाट पार्टीभित्रको गुटबन्दी देशैभरिबाट अन्त्य गर्नुपर्दछ, यसमा सबै अगुवा पार्टी कार्यकर्ताले अहिलेबाटै जिल्ला–जिल्लादेखि यो अभियान थाल्नु पर्दछ ।”

 

नेपाली काङ्ग्रेस पार्टी बिपीको विचारबाट सञ्चालन भएको हुनाले अहिले बिपीको विचारको मिथ्या व्याख्या गरेर पार्टीभित्र गुटबन्दी गर्ने सबै नेताहरुलाई आगामी महाधिवेशनबाट ठिक ठाउँमा ल्याउनुपर्ने उनको भनाइ थियो । गुटबन्दीको अन्त्य गर्नेगरी अहिले आफूहरुले समेत अभियान चलाइरहेको धारणा नेता केसीको थियो ।

 

अर्का केन्द्रीय सदस्य धनराज गुरुङले आगामी १४ औँ महाधिवेशनबाट पार्टीभित्रको सबै गुटबन्दी अन्त्य भएर जाने र सबैले मिलेर अन्त्य बनाउनुपर्ने धारणा राखे । उनले काङ्ग्रेस बिपीको विचारबाट बनेको र अहिले बिपीको विचारलाई छाडेर सबैले आफ्नै व्याख्या र विश्लेषण गरेर गुटबन्दीमा लागेका कारण पार्टी कमजोर भएकाले गुटबन्दीको अन्त्यका लागि जिल्लाका अगुवा कार्यकर्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । 

 

प्रशिक्षण कार्यक्रममा उदयपुरका करीब ४०० अगुवा कार्यकर्ताको सहभागिता थियो ।


थप समाचार

‘नागिन ४’ को लागि नागिन नै भेटिएन

  • 6 minutes ago
‘नागिन ४’ को लागि नागिन नै भेटिएन

एजेन्सी । कलर्स टिभीबाट प्रशारण हुने एकता कपुरको धमाकेदार शो ‘नागिन ४’ तत्काल सुरु हुनमा केही समय लाग्न सक्ने भएको छ । यस शो ढीलो प्रशारण हुनुको कारण बाहिर आएको छ ।

सेभियाविरुद्ध शानदार खेल खेलेको मड्रिडको जित

  • 8 minutes ago
सेभियाविरुद्ध शानदार खेल खेलेको मड्रिडको जित

एजेन्सी । रियल मड्रिडले सेभियालाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा रियलको लागि करिम बेन्जेमाले गोल गर्दै सेभियाविरुद्ध जित निकालेको हो । बेन्जेमाले खेलको ६४ औँ मिनेटमा गोल गरेका थिए

गुरुङ संस्कृतिको अध्ययन गर्न अमेरिकी टोली घान्द्रुकमा

  • 19 minutes ago
गुरुङ संस्कृतिको अध्ययन गर्न अमेरिकी टोली घान्द्रुकमा

चिप्लेढुङ्गा । गुरुङ जातिको संस्कृति अध्ययनका लागि संयुक्त गुरुङ समाज अमेरिकाको टोली घान्द्रुक आइपुगेको छ । गुरुङ जातिको मौलिक पहिचान, भाषा, धर्म, संस्कार संस्कृतिका बारेमा खोज, अध्ययन र अनुसन्धानका ल



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।

विचित्र विश्व

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी