कांग्रेसको पहलमा सडक निर्माण शुरु

दोलखा । यहाँको जिलु सडक अवरुद्ध भई जनताले दुःख पीडा भोगेकाले नेपाली कांग्रेस दोलखाको पहलमा सडक निर्माण शुरु गरिएको छ । 

 

लामो समयसम्म जिलु सडक अवरुद्ध हुँदा भीमेश्वर नगरपालिका–४ को वडा सरकार कानमा तेल हालेर बसेपछि नागिरकको सेवामा कांग्रेस सारथी बनेको हो । 

 

कांग्रेस वडा समिति ४ को आह्वानमा जनता स्वस्फूर्त उपस्थिति भइ करीब ३० मिटर सडक आइतबारबाट गाडी गुड्ने गरी निर्माण गरेको कांग्रेस वडा नं ४ का सभापति दुर्गाप्रसाद चौलागाईले बताए । 

 

दैनिक सयौँको सङ्ख्यामा सदरमुकाम चरिकोटमा तरकारी, चामल, दूध, दही बिक्री गर्न असजिलो भोगेका जनताको दुखकष्टलाई हेर्दै कोदालो घन, खैंती, हम्बर, बेल्चा बोकेर कांग्रेस सडक बनाउन निस्किएकाले जनता आफैँ जागेका छन् वडासभापति चौलागाईले भने । 

 

“वडा सरकारले बनाएको उपभोक्ता समितिले झारा टार्ने गरी जिलु सडक मर्मत गरी ठूलो पैसा हिनामिना गरेको आरोप जनताले लगाइरहेको अवस्थामा जनताको सेवामा कांग्रेस लागि परेको हो ।” तरुण दलका नेता भोजराज चौलागाईले भने । 

 

कांग्रेस जिल्ला कार्यसमिति सदस्य लोकशङ्कर चौलागाईले ढुङ्गा बोक्न आफ्नो ट्र्याक्टर, नेपाल टे«ड युनियान काँग्रेस दोलखाका अध्यक्ष रामजीप्रसाद चौलागाईले बाटो सम्याउन आफ्नो जेसी भी, युवा नेता भोजराज चौलागाईले आफ्नो डोजर निःशुल्क प्रदान गरेपछि आइतबारबाट सडक गाडी गुड्ने गरी निर्माण गरेको कांग्रेस भीमेश्वर नगरपालिका उपसभापति मोतीप्रसाद चौलागाईले बताए ।

 


थप समाचार

सुनको भाउ तोलाको ६० हजार

  • 4 minutes ago
सुनको भाउ तोलाको ६० हजार

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यदी मैले खेलाडी छान्न पाइन भने क्लब छोडिदिन्छुः जिदान

  • 13 minutes ago
यदी मैले खेलाडी छान्न पाइन भने क्लब छोडिदिन्छुः जिदान

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले खेलाडी छनोटमा आफू स्वतन्त्र हुनुपर्ने धारणा व्यक्त गरेका छन् । घरेलु लिग ला लिगको अन्तिम खेल अघि शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले त्य

हरेक घरमा आगो निभाउने उपकरण अनिवार्य

  • 19 minutes ago
हरेक घरमा आगो निभाउने उपकरण अनिवार्य

भद्रपुर । झापाको अर्जुनधारा नगरपालिकाले आगलागीलाई तत्काल नियन्त्रण गर्न सकियोस् भनेर हरेक घरमा अग्निप्रतिरोधात्मक सामग्री अनिवार्यरूपमा राख्नुपर्ने नियम लागू गरेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

रोग लाग्न नदिन भिटामिन ‘ए’

रोग लाग्न नदिन भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ ।

विचित्र विश्व

दैनिक रक्सी पिउनुहुन्छ ? यी कुरा थाहा पाइराख्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ ? यी कुरा थाहा पाइराख्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।