महिलालाई सङ्गठित हुन कांग्रेस नेता सिंहको आग्रह

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि केन्द्रसम्म महिला प्रतिनिधित्व सुनिश्चित गर्न महिला सङ्गठित भएर लाग्नुपर्ने बताएका छन् । 

 

महिला सङ्घका संस्थापक अध्यक्ष स्व मङ्गलादेवी सिंहको २२औँ स्मृति दिवसका अवसरमा महिला सङ्घ काठमाडौँ क्षेत्र नं १ ले बुधबार आयोजना गरेको कार्यक्रममा उनले पार्टीको विधान संशोधन हुन लागेको भन्दै उक्त विधानमा महिलाको हक सुनिश्चित गर्न संस्थागतरुपमा महिला प्रतिनिधित्व खोज्नुपर्ने बताए । 

 

“महिला सङ्घको योगदानका कारण आज संसद्मा ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित भएको छ, पार्टीभित्र पनि ३३ प्रतिशत सुनिश्चित गर्न महिला सङ्घ संस्थागतरुपमा लाग्नुपर्छ,” उनले भने । 

 

उनले महिलालाई पढ्नका लागि डिल्लीबजार कन्या स्कूल खोल्नदेखि महिलालाई निर्वाचनमा मताधिकारको प्रयोग गर्ने अधिकार स्थापित गर्नसमेत स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । “नेपालका महिलालाई पुरुषसरह पु¥याउनका लागि स्व मङ्गलादेवीको ठूलो योगदान रहेको छ,” उनले भने ।

 


थप समाचार

कमाउन गएको छोरो काठको बाकसमा आउँदाको पीडा

  • 1 week ago
कमाउन गएको छोरो काठको बाकसमा आउँदाको पीडा

काठमाडौं । सानो, त्यो पनि बाँसको टाटीले बेरेर माटोको लिउनले भित्र बाहिर नदेखिने गरी मुस्किलले घामपानी र जाडो छल्ने गरी बनाएको दुई कोठे एउटा झुप्रो घर त्रियुगा नगरपालिका–५ श्रीपुरको जंगल नजिक देखिन्छ।

बोक्सी आरोपमा जेठाजु र जेठानीद्वारा पञ्चायत र गाउँलेहरूकै अगाडि कुटपिट

  • 1 week ago
बोक्सी आरोपमा जेठाजु र जेठानीद्वारा पञ्चायत र गाउँलेहरूकै अगाडि कुटपिट

काठमाडौं । बोक्सी आरोप लगाउँदै धनुषामा एक महिलालाई निर्घात कुटपिट गरिएको छ। गाउँका पञ्च भलादमीले उनलाई ५० हजार रुपैयाँको भोज खुवाउन र ५० हजार रुपैयाँ जरिवानासमेत गरेका छन्।

हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार शुरु, आज काग तिहार

  • 1 week ago
हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार शुरु, आज काग तिहार

काठमाडौं । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार शुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने चाड यमपञ्चक अर्थात् तिहार आजबाट शुरु भएको हो । यमपञ्चकको पह



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

एचआईभी भएको कसरी थाहा पाउने ?

एचआईभी भएको कसरी थाहा पाउने ?

एजेन्सी । एचआईभी र एड्स आज विश्वको लागि एक गम्भिर समस्या हो । कति विकासशील र अविकसित देशको लागि एचआईभी ठूलो समस्याको रुपमा देखा परेको छ ।