एम्बुसमा परेर खुट्टा गुमाएका पूर्वसांसद कार्कीलाई आर्थिक सहयोग

गाईघाट, उदयपुर । गत आम निर्वाचनमा उदयपुर जिल्लाको उदयपुरगढी दनुवारबेँशीमा एम्बुसमा परेर खुट्टा गुमाएका उदयपुरका पूर्वसांसद नारायणबहादुर कार्की र विद्यार्थी नेत्री मीरा कटुवाललाई त्रियुगा नगरपालिका गाईघाटले आर्थिक सहयोग गरेको छ । 

 

नगरपालिकाका अनुसार पूर्वसांसद कार्कीलाई रु चार लाख र विद्यार्थी नेत्री कटुवाललाई रु एक लाख आर्थिक सहयोग गरिएको हो । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले जिल्लाका पूर्व सांसद कार्की र नेविसङ्घकी विद्यार्थी नेत्री मीरा कटुवाल निर्वाचनको समयमा एम्बुसमा परी दुवैले खुट्टा गुमाउनुपरेको कारण उनलाई नगरपालिकाले आर्थिक सहयोग गरेको बताए । 

 

कार्की र कटुवाल निर्वाचनको कार्यक्रममा कटारीबाट जिल्लाको पञ्चावती आउने क्रममा दनुवारबेँशी भन्ने स्थानमा एम्बुसमा पर्दा सख्त घाइते भएका थिए । 

 

राजधानी काठमाडौंको शिक्षण अस्पतालमा उपचारका क्रममा कार्की र कटुवालको एक–एक खुट्टा काट्नु परेको थियो । पूर्वसांसद कार्कीलाई कटारी नगरपालिकाले पनि यसअघि नै रु तीन लाख आर्थिक सहयोग गरिसकेको छ भने कटुवाललाई पनि रु एक लाख सहयोग गरेको कटारी नगरपालिकाले जनाएको छ । 


थप समाचार

अाज रिहा हुँदै प्रकाण्ड, वार्ताकाे वातावरण बनाउन पुनः पक्राउ नगरिने

  • 1 minute ago
अाज रिहा हुँदै प्रकाण्ड, वार्ताकाे वातावरण बनाउन पुनः पक्राउ नगरिने

काठमाडौँ । वार्ताको वातावरण सहज बनाउन सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आजै रिहा गर्ने तयारी गरेको छ । यसअघि प्रकाण्डलाई अदालतले र

आज नेपाल म्यानमारसँग भिड्दै

  • 2 minutes ago
आज नेपाल म्यानमारसँग भिड्दै

काठमाडौं । एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिप छनोटको दोस्रो खेलमा आज नेपालले म्यानमारसँग खेल्दै छ ।

नेकपाः सातै प्रदेशका इन्चार्ज र अध्यक्षको टुङ्गो, कुन प्रदेशमा को ?

  • 3 minutes ago
नेकपाः सातै प्रदेशका इन्चार्ज र अध्यक्षको टुङ्गो, कुन प्रदेशमा को ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा आज बसेको पार्टी



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

होस् गर्नुहोस् तपाईको यस्तो बानीले नपुसंक बनाउँछ

होस् गर्नुहोस् तपाईको यस्तो बानीले नपुसंक बनाउँछ

पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् । चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ । अण्डकोश थैलीको तापक्रम बढ्नाले स्पर्म काउन्ट कम हुन सक्छ । यसैगरी स्पर्म काउन्टमा तनावले पनि नकरात्मक असर पार्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।