‘कांँग्रेसका कार्यकर्ताले हँसियाहथौडामा मत माग्नु र दिनु नै भुल’

नुवाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले स्थानीय तहको निर्वाचनमा चितवनमा नेपाली कांँग्रेसका कार्यकर्ताले हँसियाहथौडा चिह्नमा मतदान गर्नु नै भुल भएको बताएका छन् । 

 

सदरमुकाम विदुरमा बिपी विचार राष्ट्रिय समाजको आयोजनामा कांग्रेस नेता विष्णु आचार्यको ४५ औंँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिसभामा नेता गुरुङले पार्टीको सभापतिले हँसियाहथौडामा मत माग्दै हिँडेर कांग्रेसको गरिमा घटाएको परिणाम नै कांग्रेसको हारको कारण भएको बताए ।

 

कार्यक्रममा कांग्रेस नेता गोविन्दराज जोशीले स्थानीय सरकारहरुले अस्वाभाविक रुपमा कर वृद्धि गरेर नागरिकमा संघीयताप्रति निराशा जगाउने काम गरेको विचार व्यक्त गरे । कार्यक्रममा कांग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले आचार्यको योगदानलाई पार्टीले भुल्न नहुने बताए । काँग्रेसका पुराना नेता आचार्यको गत साउन १२ गते ६३ वर्षका उमेरमा पाचन ग्रन्थीको अर्वुद रोगबाट निधन भएको थियो । 

 


थप समाचार

आठौँ राष्ट्रिय खेलकुदः खेलाडीलाई चाउचाउको भर

  • 10 minutes ago
आठौँ राष्ट्रिय खेलकुदः खेलाडीलाई चाउचाउको भर

दाङ । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि जितेका खेलाडीले समेत घाँटीमा पदक झुन्ड्याउन पाएका छैनन् । राम्रै खाजा खाने हो भने खेलाडीले ७ किमि टाढाको

नेपाली भूउपग्रह अन्तरिक्ष कक्षमा पुग्यो

  • 14 minutes ago
नेपाली भूउपग्रह अन्तरिक्ष कक्षमा पुग्यो

काठमाडौं । नेपालको पहिलो भूउपग्रह ‘नेपाल स्याट १’ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस) मा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सु

संसदमा गैरकानुनी रूपमा ३ करोड ६९ लाख प्रोत्साहन भत्ता

  • 16 minutes ago
संसदमा गैरकानुनी रूपमा ३ करोड ६९ लाख प्रोत्साहन भत्ता

काठमाडौं । संघीय संसदका महासचिवदेखि सचिवालयका कर्मचारीले प्रोत्साहन भत्ताबापत गैरकानुनी रूपमा ३ करोड ६९ लाख १७ हजार रुपैयाँ लिएको पाइएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०७ गते । शनिबार । ईश्वी सन् २०१९ अप्रिल २० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि प्रतिपदा, २४ घडी ५४ पला, दिउसो ०३ बजेर ३५ मिनेट उप्रान्त द्वितीया । नक्षत्र स्वाती, ३४ घडी २९ पला,बेलुकी ०९ बजेर २५ मिनेट उप्रान्त विशाखा ।