Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घट्याे

नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घट्याे


काठमाडौँ । नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घटेको छ । प्रत्येक वर्ष १० प्रतिशतसम्म आयात बढ्ने गरेकामा यो वर्ष खपतमा कमी हुँदा आयातमा समेत कमी भएको हो । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म दुई खर्ब २४ अर्ब ५७ लाख ५७ हजार रुपियाँ बराबरको २१ लाख २५ हजार ४६४ किलोलिटर (डिजेल, पेट्रोल, हवाई इन्धन, मटितेल र ग्यास) पेट्रोलियम पदार्थ आयात भएको छ ।

अघिल्लो वर्ष सो अवधिमा दुई खर्ब २३ अर्ब ६३ करोड ८४ लाख ८२ हजार रुपियाँ बराबरको २५ लाख ४३ हजार ६९४ किलोलिटर पेट्रोलियम पदार्थको आयात भएको थियो ।

अघिल्लो वर्षको तुलनामा यसपालि रकममा भन्दा पनि परिणाममा इन्धन आयात कम भएको निगमले जनाएको छ । इन्धन आयात कम भएसँगै व्यापार घाटामा समेत कमी आएको छ ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले सुरुमा इन्धनको मूल्य बढेको र पछिल्लो समय आन्तरिक बजारमा खपत कम हुँदा आयातमा कमी भएको जानकारी दिनुभयो । दस महिनामा सबैभन्दा धेरै डिजेलमा २६ प्रतिशतले खपत कम भएको उहाँले जानकारी दिनुभयो । गत वर्ष सो अवधिमा १४ लाख एक हजार ८०४ किलोलिटर डिजेल खपत भएकामा चालु आवको सो अवधिमा घटेर १० लाख ३६ हजार किलोलिटरमा झरेको छ । विकास निर्माणका काम तीव्र गतिमा नहुनु र सीमानाकाको तुलनामा नेपालमा डिजेल, पेट्रोलको मूल्य कम भएकाले तस्करी नहुँदा खपतमा कमी आएको साहले जानकारी दिनुभयो ।

मुलुकमा आर्थिक सङ्कटका कारण विकास निर्माण पूर्ण रूपमा सञ्चालन नहुँदा डिजेल खपतमा कमी आएको छ । निगमका अनुसार औद्योगिक क्षेत्रमा २५ देखि ३० प्रतिशत डिजेल खपत हुने गर्छ ।

बैङ्कको उच्च ब्याजदर र आर्थिक सङ्कटका कारण औद्योगिक क्षेत्र पूर्ण रूपमा चल्न सकेका छैनन् । इन्धनको मूल्य वृद्धि, विकास निर्माणको काम ठप्प हुनु, डिजेलको मूल्य महँगो पर्नुजस्ता कारणले डिजेल खपत घटेकाले आयातसमेत कमी भएको निगमले जनाएको छ । चालु आर्थिक वर्षको १० महिनामा पेट्रोल खपत ९ प्रतिशतले घटेको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार जेठ १० गतेसम्म पुँजीगत ३४.९१ प्रतिशत भएको छ । विकास निर्माणका काम तीव्र गतिमा नहुँदा पुँजीगत खर्चसमेत कम हुने गर्छ ।

यस्तै गत वर्ष वैशाख महिनासम्म पाँच लाख ८३ हजार ३८२ किलोलिटर पेट्रोल खपत भएकामा चालु आवको सो अवधिमा पाँच लाख ३२ हजार २०८ किलोलिटरमा झरेको निगमले जनाएको छ । चालु आवको १० महिनामा मटितेल ४।१२ प्रतिशतले घटेको छ । गत वर्ष १४ हजार १९० किलोलिटर खपत भएकामा चालु आवको सो अवधिमा नौ हजार ६४ किलोलिटर मटितेल आयात भएको निगमले जनाएको छ । यस्तै खाना पकाउने एलपी ग्यास ३।१३ प्रतिशत घटेको छ । गत वर्ष १० महिनामा चार लाख १९ हजार ९३८ मेट्रिक टन ग्यास आयात भएकामा हाल सो अवधिमा चार लाख छ हजार ७८५ मेट्रिक टन आयात भएको छ ।

हवाई इन्धन आयात बढ्यो

यसैबिच हवाई इन्धनको आयात भने १३।६४ प्रतिशतले बढेको छ । गत आवको १० महिनामा एक लाख २४ हजार ३८० किलोलिटर हवाई इन्धन आयात भएकामा चालु आवको सो अवधिमा बढेर एक लाख ४१ हजार ३४० किलोलिटर हवाई इन्धन आयात भएको तथ्याङ्क छ ।

हाल बजारमा पेट्रोल ५६ हजार किलोलिटर, डिजेल एक लाख नौ हजार किलोलिटर मासिक खपत हुने गरेको छ । यस्तै मटितेल मासिक ९५४ किलोलिटर, हवाई इन्धन १४ हजार ८७७ किलोलिटर खपत हुने गरेको छ । यस्तै ग्यास मासिक ४२ हजार ८१९ मेट्रिक टन खपत हुने गरेको छ ।

हाल बजारमा पेट्रोल प्रतिलिटर १७५, डिजेलरमटितेल प्रतिलिटर १५५, हवाई इन्धन प्रतिलिटर १६० र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ रहेको छ । गोरखापत्र




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ धारावतीमा जन्ती बोकेको

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौँ । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक शुक्रबार बिहान ११ बजेबाट सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ

मोरङमा अर्को सूचना जारी नभएसम्म भेला, सम्मेलन, र्‍यालीलगायतमा रोक

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभएसम्मको लागि जिल्लामा सभा, सम्मेलन, र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाएको

नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरकी

महालेखा परीक्षकमा तोयम राया नियुक्त

काठमाडौँ । महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा संविधानको धारा २४० को उपधारा २ बमोजिम

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

Techie IT