अभ्यास खेलमा नेपाली ब्याट्सम्यानकाे उत्कृष्ट उत्कृष्ट

सांकेतिक तस्वीर

काठमाडौँ । एशिया कप छनोटको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा त्यहाँको ब्लुमफिल्ड क्लबलाई जीतका लागि ३ सय २४ रनको लक्ष्य दिएको छ । 

 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर ३ सय २३ रन बनायो । श्रीलङ्काको क्लब ब्लुमफिल्डविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङस खेले । दीपेन्द्रले ९६ बलमा १२१ रन बनाए । यस्तै सागर पुनले ८२ बल खेल्दै ९२ रनको योगदान दिए । 

 

कप्तान पारस खड्काले २३, करण केसीले २६ र अनिलकुमार साहले १७ रन बनाए । जवाफी ब्याटिङमा उत्रिएको ब्लुमफिल्डले यो समाचार तयार गर्दासम्म १३ ओभर खेल्दै २ विकेटको क्षतिमा ५५ रन जोडेको छ । 

 

नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी स्पोर्ट्स क्लबलाई बुधबार ६७ रनले हराएको थियो । नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्स क्लबसँग आगामी आइतबार खेल्नेछ । 

 

एशिया कपको छनोटमा नेपालले आयोजक मलेसियासहित संयुक्त अरब इमिरेट्स, हङकङ, सिङ्गापुर र ओमानसँग प्रतिस्पर्धा गर्नेछ । 

 

छनोटको पहिलो खेलमा नेपालले ओमानसँग यही भदौ १३, युएईसँग भदौ १४, आयोजक मलेसियासँग भदौ १६, सिङ्गापुरसँग भदौ १७ र हङकङसँग भदौ १९ गते खेल्नेछ । 

 

प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनलमा खेल्नेछन् । प्रतियोगिता विजेताले यही भदौ २८ गतेदेखि युएईमा हुने एशिया कपमा सहभागिता जनाउन पाउनेछ । 

 

एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानजस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ । छनोटको विजेताले एशिया कपको समूह ‘ए’ मा रहेको भारत र पाकिस्तानसँग समूह चरणको खेल खेल्नुपर्नेछ । 

 

नेपाली टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार, विनोद भण्डारी, दीपेन्द्रसिंह, करण, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल छन् । वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी छन् । 


थप समाचार

साहित्यको पहाड बोकेर हिंडेका पहारी

  • 5 hours ago
साहित्यको पहाड बोकेर हिंडेका पहारी

समग्रमा नेपाली साहित्यको किताबबाट एक पाना हराएको छ । तर पहारीजीको कविता संग्रह ’मान्छे हराएको देश’ र वहाँका अन्य कृतिहरु नेपाली साहित्यिक क्षितिजबाट कहिल्यै हराउने छैनन् भन्ने मलाई लागेको छ ।

हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

  • 5 hours ago
हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

काठमाडाैँ । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । एक्स्पोको उद्घाटन गर्दै उपराष्

बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

  • 5 hours ago
बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

बेलायतमै बनेका एनपिएस, वाईयुएलएल, सिपाही एण्ड को लगायतका प्रतिष्ठित ब्राण्डका जुत्ता, ब्याग र बेल्ट सुप्रिम फेसन हाउसले उपलब्ध गराएको छ ।



जीवनशैली/स्वास्थ्य

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

फिक्कल । नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ ।