डलरको मूल्य बढ्दा नेपाली मुद्राको अवमूल्यन, अवस्था डरलाग्दो

  • बुधबार, ३० साउन, २०७५
  • 1 month ago
  • अर्थ

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन भई मङ्गलवार अहिलेसम्मकै न्यून विन्दुमा पुग्दा व्यापार घाटा अझै बढ्ने डरलाग्दो अवस्था रहेको अर्थविद्हरूले चेतावनी दिएका छन्।

 

देशमा भित्रने विप्रेषण, वैदेशिक लगानी, निर्यात र पर्यटनमार्फत् नेपाली अर्थतन्त्रलाई फाइदा पुर्‍याउने सम्भावना रहे पनि ठूलो मात्रामा डलरमा हुने आयातले अर्थतन्त्रका लागि जोखिम उत्तिकै रहने उनीहरूको चिन्ता छ। नेपाल राष्ट्र ब्याङ्कका अनुसार म‌ङ्गलवार एक अमेरिकी डलर बराबर ११२ दशमलव २० रुपैयाँमा झरेको छ।

 

टर्कीको मुद्रा लिराको गिरावटका कारण उत्पन्न त्रासले भारतसहितका उदाउँदा अर्थतन्त्रका मुद्रामा परेको असरले नेपाली रुपैयाँमा पनि प्रभाव परेको बताइएको छ।

 

अनुबन्धन

 

नेपाली रुपैयाँ भारुसँग स्थिर विनिमय प्रणालीमा बाँधिएको छ। अमेरिकासँग तनाव बढ्दै गएपछि टर्कीको लिराको भाउमा आएको गिरावटका कारण आज भारुले एशियाली मुद्राहरूमध्ये सबैभन्दा खराब प्रदर्शन गर्‍यो।

 

एक डलरको तुलनामा भारु ७०.०७ को विन्दुमा पुगेको छ जुन अहिलेसम्मकै न्यून हो। त्यसकै सीधा प्रभाव नेपाली रुपैयाँमा परेको छ। अमेरिका र टर्कीको तनाव कायम रहे नेपाली मुद्रामा लामो समय प्रभाव रहिरहन सक्ने नेपाल राष्ट्र ब्याङ्कका एक वरिष्ठ अधिकारी बताउँछन्।

 

राष्ट्र ब्याङ्कका विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगाना भन्छन्, ूयही कारणले लामो समय जाँदैन। तर यो बिग्रिँदै गयो, टर्की र अमेरिकाबीच व्यापार युद्ध नै भयो र व्यापारको लहर रूसतिर मोडियो भने त्यसले दीर्घकालिन असर पार्नसक्छ।ू

 

बलियो डलर

 

पछिल्ला तथ्याङ्कहरूले भने अमेरिकी अर्थतन्त्रले मुद्रास्फीति बाहेकका अन्य सूचकहरूमा राम्रो प्रदर्शन गरिरहेको र उसको माग उच्च रहेको देखाएका छन्। तर आफ्नो व्यापार र उद्योगको एउटा ठूलो हिस्सा टर्कीमा राखेका युरोपेली मुलुकका मुख्य मुद्रा युरो र पाउन्ड स्टर्लिङको पनि अवमूल्यन भइरहेको छ।

 

यद्यपि यो उतारचढाव नेपालको नियन्त्रणमा नरहेकाले उसले फाइदाका क्षेत्रहरू पहिचानमा जोड दिनुपर्ने अर्थशास्त्रीहरू बताउँछन्। अर्थशास्त्री केशव आचार्यको भन्छन्, नत्र यसले जनतालाई महँगी, सरकारलाई विदेशीको ऋण र डलरमै खरिद हुने विद्युत्‌को मूल्यसम्ममा असर पारेर व्यापार घाटाको अवस्था झनै दयनीय हुनसक्छ।

 

निर्यातलाई प्रोत्साहन दिनसकिने क्षेत्रमा सरकारले त्यसो गर्नुपर्ने र आयात घटाउनेबारे सोच्नुपर्ने उनीहरूको मान्यता छ। बीबीसीको सहयोगमा । 

 


थप समाचार

सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

  • 14 minutes ago
सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

लण्डन । पोखरास्थित बिग एफएमले हरेक वर्ष आयोजना गर्ने गायन प्रतिस्पर्धा बिग आइकनको सातौं संस्करणका विजेता सुबास गुरुङ लण्डन आइपुगेका छन् । बेलायतका विभिन्न स्थानमा प्रस्तुति गर्न बिग आइकन सुबास बिग एफए

रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

  • 52 minutes ago
रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

ग्रेटर रश्मोर नेपाली कम्युनिटीले विहिबार अल्डरसटमा आयोजना गरेको इन्फरमेसन डे कार्यक्रममा काउन्सिल लिडर डेभिड क्लिफोर्डले स्थानीय नेपालीहरुको प्रशंसा गरेका हुन् ।

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 6 hours ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।