ISMT

HUB Education

साफ च्याम्पियनसीपको लागि राष्ट्रिय फुटबल टोलीको घोषणा, निराजन खड्का पनि टोलीमा परे

  • मंगलबार, १२ भदौ, २०७५
  • 11 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

काठमाडौं । यही भदौ १९ गतेदेखि बंगलादेशमा हुने साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागिता जनाउन २० सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । 

 

नेपाली टोलीको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बन्द प्रशिक्षणमा रहेका २९ खेलाडीबाट विराज महर्जनको कप्तानीमा २० सदस्यीय टोली छनोट गरेका हुन् । 

 

टोलीमा गोलकिपर किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने, डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल, मिडफिल्डमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र निराजन खड्का तथा फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् । 

 

निराजन खड्का ६ वर्षपछि राष्ट्रि टोलीमा फर्किएका हुन् । खड्का थ्रि–स्टार क्लबबाट व्यवसायीक फुटबल खेल्दै आएका थिए । उनले पछिल्लो पटक सन् २०१२ मा काठमाडौंमा सम्पन्न एएफसी च्यालेन्ज कपको फाइनल चरणमा प्यालेस्टाइनविरुद्ध खेलेका थिए ।  

 

च्याम्पियनसीपको समूह ‘ए’ मा नेपालसहित आयोजक बंगलादेश, पाकिस्तान र भुटान छन् । नेपालले भदौ १९ मा पाकिस्तानसँग खेल्दै साफको शुरुवात गर्नेछ । त्यसपछि नेपालले २१ भदौमा भुटानको तथा २३ भदौमा आयोजक बंगलादेशको सामना गर्नेछ । 

 

यसअघि भएको साफ च्याम्पियनसीपमा नेपाल सेमिफाइनलभन्दा अघि बढ्न सकेको थिएन । भदौ ३० गतेसम्म हुने च्याम्पियनसीपको समूह ’बी’ मा साबिकको बिजेता भारत, श्रीलंका र माल्दिभ्स छन् । 

 

हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । 


थप समाचार

नगरपालिकाले डोजर लगाएर भत्कायाे इँटा उद्याेगकाे चिम्नी

  • 53 seconds ago
नगरपालिकाले डोजर लगाएर भत्कायाे इँटा उद्याेगकाे चिम्नी

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भुकण्डे बेसीमा रहेको विन्धवासिनी इँट्टा उद्योगको चिम्नी आइतबार डोजर लगाएर भत्काउँदै नगरपालिका ।

अमिताभ बच्चनको खुलासा, मृत्युपछि मेरो सम्पत्ती यिनीहरुलाई !

  • 14 minutes ago
अमिताभ बच्चनको खुलासा, मृत्युपछि मेरो सम्पत्ती यिनीहरुलाई !

एजेन्सी । शताब्दी कै महानायक अमिताभ बच्चन चर्चीत रियालीटी शो ‘कौन कनेगा करोडपती’ को ११ औं श्रृङ्खलामा देखा परेका छन् । उक्त शो अगस्ट १९ बाट प्रदर्शनमा आउको छ ।

टाटा एच फाइभको बुकिङ खुल्ला

  • 51 minutes ago
टाटा एच फाइभको बुकिङ खुल्ला

काठमाडौँ । टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बजारमा बुकिङ खुल्ला गरेको छ। नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङका अनुसार यही भदौ १० गतेबाट १५



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

६ दिनमा पेटको बोसो घटाउने तरिका !

६ दिनमा पेटको बोसो घटाउने तरिका !

काठमाडौँ । के तपाइको पेट पुट्ट देखिन थालेको छ । मोटोपनाका कारण असहज महसुस गर्नु भएको छ । त्यसो हो भने तौल कसरी घटाउने ? मोटोपन कसरी घटाउने ?