लण्डनमा बृद्ध नेपाली दम्पतिलाई हतियार देखाएर लुटियो घर

फाइल फोटोमा राई परिवार बस्दै आएको लण्डनको नर्थहोल्टस्थित घर

 

लण्डन । लण्डनको नर्थहोल्टस्थित एक नेपालीको घर लुटिएको छ । शनिबार राती ५ / ६ जनाको समुहमा आएका लुटेराहरुले हतियार देखाएर लुटपाट गरेका हुन् ।

 

लुटेराहरुले सो घरबाट नगद ६ सय पाउण्ड लुटेका छन् । ३  तोला बराबरको सुनका गरगहना भने लुटेराहरुले भाग्दै गर्दा घरमै खसालेका छन् । 

 

लण्डन नर्थहोल्टको रसेल रोडमा बस्दै आएका नेपाली पत्रकार किरण राईको घर लुटिएको हो । राई कामको लागि घरमा नभएको रातीको बेला घरभित्र छिरेका लुटेराहरुले घरमा रहेका उनका बृद्ध आमाबाबुलाई छुरा देखाएर नियन्त्रणमा लिएका थिए । बृद्ध राई दम्पति ७७ वर्षका छन् । 

 

घरको मुल ढोका फोरेर भित्र पसेका लुटेराहरुले घरको भुइंतलामा रहेका बृद्ध दम्पति तथा माथिल्लो तलामा बस्ने एक नेपाली महिला र उनका छोराछोरीलाई छुरा देखाएर तर्साएका थिए । घरका सबै सदस्यलाई एकै ठाउंबाट हलचल नगर्न भन्दै धम्क्याएपछि उनीहरुले नगद र गरगहना खोज्दै घरका सबै कोठा चहारेका थिए । 

 

त्यसक्रममा उनीहरुले नगद ६ सय पाउण्ड लुटेका छन् । घरबाट ३ तोला बराबरको सुनका गरगहना समेत उठाएका भएपनि लुटेराहरुले भाग्ने क्रममा आत्तिएर गरगहना खसालेका थिए । 

 

'हामी बसेको एरियामा यसअघि पनि यस्ता लुटपाटका घटना भएको सुनेका थियौं । त्यसैले सावधानीस्वरुप आमाका गरगहना केहि समयअघि बैनीसंग नेपाल पठाएका थियौं', पत्रकार राईले सुनाए, 'घरमा गरगहना थोरै राखेको कारण क्षति सानो भयो । घरमा अहिले रहेका गहना पनि लुटेराहरु भाग्ने क्रममा आत्तिएर खसाले ।'

 

पत्रकार किरण राई घरमा नभएका बेला घर लुटिएको थियो  

 

राई परिवार सो घरमा बसेको ४ महिना मात्रै भयो । अबको केहि साताभित्रै सो घरबाट सर्ने तयारी समेत उनीहरुको थियो । घरभेटीलाई दिन भनेर तयार गरेको नगद लुटेराहरुले लगेका हुन् । 

 

विगतमा लुटिएका बेलायतका अरु नेपालीका घरहरुजस्तै आफुहरुलाई पनि गहनाकै लागि लुटेराले लक्षित गरेको हुन सक्ने पत्रकार राईले बताए । 

 

'नेपालीको घरमा सुनका गरगहना हुन्छन् भन्ने बुझेर नै पहिलदेखि नेपालीका घरहरु निशाना बन्दै आएका छन्' , राईले भने, 'यस घटनाबाट पाठ सिकेर हाम्रो समुदायका अरु सदस्यहरुले पनि यससम्बन्धमा सावधानी अपनाउनुहुनेछ भन्ने मैले आशा गरेको छु ।'

 

घरको माथिल्लो तलामा बस्ने नेपाली महिलाले लुटेराहरु गोरा भएको बताएको राईले बताए । 

 

बेलायतका विभिन्न क्षेत्रमा यसअघि पनि धेरैपटक नेपालीका घरहरु लुटिंदै आएका छन् । विशेषत नेपालीका घरमा धेरै सुनका गरगहना हुन्छन् भन्ने  ठानेर लुटेराहरुले लक्षित गर्ने गरेको ठानिन्छ । 

 

 


थप समाचार

पशुपतिमा थरीथरीका चन्दन

  • 1 minute ago
पशुपतिमा थरीथरीका चन्दन

काठमाडौँ । पशुपतिनाथमा श्रीखण्ड बाहेक अम्बा, धुपी, पारिजात, कपुर र भीमसेनपातीको डाँठ घोटेर पनि चन्दन बनाइन्छ । यो चन्दन बिक्री समेत हुने गरेको छ । पशुपतिनाथ मन्दिर परिसरको दक्षिण कृष्ण मन्दिरको भित्री

जापान जाने श्रमिक भाषा र सिपमा दक्ष हुनुपर्ने

  • 4 minutes ago
जापान जाने श्रमिक भाषा र सिपमा दक्ष हुनुपर्ने

काठमाडौं । रोजगारका लागि नेपाली श्रमिकलाई जापान पठाउने विषयमा सोमबार नेपाल र जापानबीच समझदारी भएको छ । श्रमिकलाई जापान पठाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि अब नेपाली युवा कामका लागि राम्रो गन्

१६ जना विदेशी पाइलट नियुक्त गर्ने वायुसेवाको तयारी

  • 6 minutes ago
१६ जना विदेशी पाइलट नियुक्त गर्ने वायुसेवाको तयारी

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चारवटा एअबस (दुई न्यारो बडी र दुई वाइड बडी) जहाजको लागि १६ जना विदेशी प्रशिक्षक पाइलट नियुक्त गर्न लागेको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य !

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल चैत्र १२ गते । मंगलबार । ईश्वी सन् २०१९ मार्च २६ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र कृष्ण पक्ष । तिथि षष्ठि, ४५ घडी ४९ पला, रातको १२ बजेर २५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र अनुराधा,१३ घडी ४५ पला,बिहान ११ बजेर ३५ मिनेट उप्रान्त ज्येष्ठा ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।