दशौं नेपाली मेला झनै विशेष बनाउने आयोजक तमु धिको तयारी

  • बिहीबार, १७ साउन, २०७५
  • 11 months ago
  • युके
Education Park

लण्डन । बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै सबैभन्दा ठूलो कार्यक्रम नेपाली मेला यसपटक अगस्ट २६ तारिख आइतबार आयोजना हुंदैछ । 

 

तमु धि यूकेको आयोजनामा सन् २००९ देखि हरेक वर्ष गरिदै आएको नेपाली मेलाको यस वर्ष दशौं संस्करण हुनेछ । 

 

दशौं नेपाली मेलालाई अझ बढि भव्य र विशेष बनाउने लक्ष्यमा आयोजक तमु धिं अहिले  जुटिरहेको छ । विगतका वर्षहरुमा झैं यसपटक पनि मेलान लण्डनको केम्प्टन पार्क रेसकोर्समा आयोजना गरिदैछ । 

 

कार्यक्रमका संयोजक तथा तमु धिं यूके उपाध्यक्ष हितकाजी गुरुङले दशौं नेपाली मेला विशेष हुने भन्दै कार्यक्रमका सहभागीहरुलाई दशौं वर्षको विशेष सरप्राइज दिइने बताए । 

 

'नेपाली मेलालाई प्रस्तुति, सहभागिता र व्यवस्थापनको हिसाबले यस वर्ष अझै बढि परिस्कृत गरेर लैजाने हाम्रो तयारी छ । र यस वर्ष नेपाली मेलाको दशौं वर्षको विशेष अवसर पनि रहेकाले कार्यक्रममा सहभागीहरुलाई विशेष सरप्राइज दिने हाम्रो कार्यक्रम छ', संयोजक गुरुङले भने । 

 

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी प्रमुख अतिथी रहने कार्यक्रममा बेलायती रक्षा मन्त्री, गोर्खाली चेलीका रुपमा परिचित बेलायती अभिनेत्री जोआना लुम्लेदेखि बेलायतस्थित २० भन्दा बढि मुलुकका राजदूतहरु विशेष अतिथीका रुपमा आमन्त्रित छन् । बेलायतमा नेपालीहरुको बाक्लो बसोबास रहेका वेल्स, रेडिङ, ह्याम्पशायर, लण्डन , वुल्वीच, केन्ट लगायतका क्षेत्रका स्थानीय मेयर, काउन्सिलहरुलाई पनि कार्यक्रममा निम्तो गरिएको छ । 

 

बेलायतस्थित झण्डै ३ दर्जन नेपाली संघसंस्था तथा समुदायको सहभागिता रहने कार्यक्रममा विभिन्न जाति, समुदाय र समुहका परम्परागत सांस्कृतिक झांकीहरुको प्रस्तुति विशेष आकर्षण रहन्छ । यस वर्ष कार्यक्रममा केहि नयां संस्थाहरुसहित विगतका वर्षमा भन्दा अझै बढि  संघसंस्था र समुहले झांकी प्रस्तुत गर्ने तयारी रहेको तमु धि यूकेले जनाएको छ । 

 

बेलायतबासी १० हजार भन्दा बढि नेपालीहरुको उपस्थिति रहने अपेक्षा गरिएको कार्यक्रममा नेपाली खाना, नेपाली सामग्रीहरुदेखि विभिन्न व्यवसाय र च्यारिटीका दर्जनौं स्टलहरु राखिन्छन् । कार्यक्रममा प्रवेश शुल्क मात्र ५ पाउण्डको छ । 

 

आयोजक तमु धिं यूके अध्यक्ष ज्ञाम गुरुङले बेलायतमा बस्ने सबै नेपालीहरुलाई एकताको एउटै सुत्रमा बांध्ने लक्ष्यसहित सुरु भएको नेपाली मेला सफलतापूर्वक दशौं वर्षसम्म आइपुग्नुलाई आफुले सफलताका रुपमा लिएको बताए । बेलायतमा रहेका सबै नेपालीलाई एकठाउंमा ल्याउने मात्र नभएर बेलायतमा सम्पुर्ण नेपालीहरुको पहिचान स्थापित गर्ने सवालमा पनि मेला महत्वपुर्ण बनेको उनको भनाइ छ । 

 

 


थप समाचार

युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

  • 1 hour ago
युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्र

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

  • 2 hours ago
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

रुपन्देही । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिका

भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ

  • 2 hours ago
भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ

भरतपुर । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।