खराब मौसममा पनि नेपाली मेलामा उल्लेख्य सहभागिता

  • सोमबार, ११ भदौ, २०७५
  • 3 weeks ago
  • युके

(तस्बिर सौजन्य : मिलन तमु )

लण्डन । दिनभरको लगातार वर्षाले प्रतिकुल बनाएको मौसमको वेवास्ता गर्दै आइतबार सम्पन्न नेपाली मेलामा बेलायतबासी नेपालीहरुले उल्लेख्य सहभागिता जनाए । 

 

लण्डनको केम्पटन पार्कमा मिनी नेपालको झझल्को दिदैं विविध आकर्षक सांस्कृतिक प्रस्तुतिसहित नेपाली मेलाको दशौं संस्करण सम्पन्न भयो । 

 

खराब मौसमले  केहि असर गरेपनि सहभागीहरुको उल्लेख्य उपस्थितिले मेलालाई सधैजस्तै भव्य र सफल बनाइदिएको छ , तमु धि युके अध्यक्ष ज्ञाम गुरुङले भने, बिहानैदेखि भएको वर्षाको प्रवाह नगरी त्यति ठूलो संख्यामा बेलायतबासी नेपालीहरु उपस्थित हुनुले आयोजकका रुपमा हामीलाई खुशी र उत्साहित बनाएको छ । 

 

 

नेपाली मेलामा यसपटक गत वर्षको भन्दा पनि बढि ३७ वटा सांस्कृतिक झांकीहरु प्रस्तुत गरिएको थियो । जसमध्ये विगतका २ वर्षको विजेता लमजुङ समाज यूकेले यसपटक पुनः सर्वोत्कृष्ट बन्दै लगातार तीन पटक एम्बासडर कप जितेर ह्याट्रिक गरेको छ । 

 

झांकीतर्फ सिक्लेस पर्चे  समाज यूके दोस्रो र श्री मेश्राम बरम घान्द्रुक वेलफेयर सोसाइटी तेस्रो स्थानमा आउन सफल भए । सांस्कृतिक नृत्यको प्रस्तुतितर्फ भने घान्द्रुक वेलफेयर सोसाइटी यूके प्रथम, लमजुङ समाज यूके दोस्रो र सिक्लेस पर्चे समाज यूके तेस्रो बने । 

 

कार्यक्रमको पहिलो औपचारिक चरणमा शुभकामना मन्तव्य दिदैं कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा दुगाृबहादुर सुवेदीले मेलाले बेलायतबासी नेपालीहरुलाई एकताको सुत्रमा बांध्ने काम गरेको धारण व्यक्त गरे । 

 

तमु धि यूके अध्यक्ष ज्ञाम गुरुङले दर्शको अवधिमा मेला बेलायतका सबै नेपालीको साझा मेला बन्न सफल भएको बताए । 

 

 

त्यसअवसरमा मेलाका लागि उपराष्ट्रपति नन्दकिशोर पुन, पर्यटनमन्त्री रविन्द्र अधिकारी र तमु धि यूके संरक्षक एवम एनआरएन केन्द्रका पूर्व अध्यक्ष शेष घलेले पठाएका शुभकामना भिडियोहरु देखाइएको थियो ।  तमु धि युकेका उपाध्यक्ष तथा मेला संयोजक हितकाजी गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव कृष्ण गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

कार्यक्रममा बेलायतस्थित विभिन्न कुटनितिक नियोगका प्रतिनिधी, स्थानीय मेयर, काउन्सिलरहरुका साथै नेपाली संघसंस्थाका प्रतिनिधीहरुको अतिथीका रुपमा उपस्थिति थियो ।

 

कार्यक्रममा युवाहरुले पनि विभिन्न सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।  

 

दिनभर लगातार रुपमा भएको वर्षाका कारण मेलास्थलमा राखिएका विभिन्न व्यवसायका स्टलहरुलाई भने असर पुगेको देखिन्थ्यो । 


थप समाचार

एन्फा अध्यक्षसहित अफिसियल टोली लण्डनमा

  • 28 minutes ago
एन्फा अध्यक्षसहित अफिसियल टोली लण्डनमा

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को वार्षिक अवार्ड वितरण समारोह तथा विश्वकप समिक्षा बैठकमा भाग लिन एन्फा अध्यक्ष शेर्पासंगै उपाध्यक्षयद्धय कृष्णबहादुर थापा र उपेन्द्रमानसिंह शनिबार साँझ लण्डन आइपु

भूकम्पमा 'भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

  • 4 hours ago
भूकम्पमा 'भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको चर्चित वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका सांसद गेथिन्स उनीहरुको कथा सुनेर भावुक बनेका हुन् ।

उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

  • 9 hours ago
उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

काठमाडौँ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । उनले आज विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गरे । यिपिन प



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

बुढी औलाले बताउँछ तपाईको स्वभाव

बुढी औलाले बताउँछ तपाईको स्वभाव

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।