चलचित्र नचले पनि अर्पण थापाप्रति निर्माताको भरोसा उस्तै

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका सम्भवतः सबैभन्दा भाग्मानी कलाकार र निर्देशक हुन् अर्पण थापा । उनले लेखेका, अभिनय गरेका वा निर्देशन गरेका कुनै पनि चलचित्र बजारमा चलेको छैन तर, उनीप्रतिको भरोसा भने अझै पनि उस्तै छ । 

 

एक छाडी अर्का निर्माता उनको विश्वास गरेर लगानी गर्न तयार देखिएका छन् । यो वर्ष उनले निर्देशन गरेको ‘सुनकेशरी’ रिलिज भएको थियो । रिलिजअघि फिल्मको राम्रै चर्चा थियो । हरर श्रेणीको फिल्म हेर्न पहिलो–दोस्रो दिन दर्शन पनि राम्रै आएका थिए । तर, फिल्मले तर्साउनेभन्दा ज्यादा हसाउँने काम गर्यो । तेस्रो दिन त हलमा सुख्खा लाग्यो । 

 

तर, सुनकेशरीको यो हविगतबाट बेखबर छैनन्, ‘घर’का निर्माता शर्मिला पाण्डे र दीपेन्द्र के खनाल । थाहा नपाएरै हो त होलान् नि, उनीहरुले अर्पणलाई फेरि उही श्रेषिको फिल्मको निर्देशन गर्ने जिम्मेवारी दिएका छन् । ‘घर’ शीर्षकमा बन्ने फिल्मको केही दिनअघि औपचारिक घोषणा भएको थियो । त्यसै पनि नेपालमा हरर श्रेणीका दर्शक धेरै छैनन्, त्यसमाथि अर्पणको अनुभव ! त्यही पनि अर्पणमाथि निर्माताको भरचाँहि मान्नैपर्छ । शुक्रबारको  सहयोगमा

 


थप समाचार

संसदमा विश्वासको मत जित्दै जोगाइन् बेलायती प्रधानमन्त्रीले कुर्सी

  • 49 minutes ago
संसदमा विश्वासको मत जित्दै जोगाइन् बेलायती प्रधानमन्त्रीले कुर्सी

बुधबार सांझ हाउस अफ कमन्समा मतदान हुँदा प्रधानमन्त्री मेको पक्षमा ३ सय २५ मत परेको छ भने विपक्षमा ३ सय ६ मत खस्यो ।

बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि संसदमा मतदान हुँदै

  • 3 hours ago
बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि संसदमा मतदान हुँदै

लण्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि बुधबार सांझ बेलायती संसद (हाउस अफ कमन्स) मा मतदान हुंदैछ ।

मानव बेचबिखनमा दाेषी ठहर गर्दै बीस वर्ष जेल सजायँ

  • 7 hours ago
मानव बेचबिखनमा दाेषी ठहर गर्दै बीस वर्ष जेल सजायँ

नुवाकोट । युवतीलाई ललाइफकाइ भारतमा बिक्री गरेको कसुरमा दोषी ठहर गर्दै एक जनालाई अदालतले २० वर्ष कैद सजायको फैसला सुनाएको छ ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।