IIMS College

ISMT

HUB Education

नेपाली स्याटलाइटले खिच्याे पृथ्वी र सूर्यकाे तस्वीर

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

ललितपुर । देशको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर खिचेको छ । गत वैशाख ४ गते प्रक्षेपण गरिएको सो भूउपग्रहले खिचेका तस्वीर दुई हप्ता अघि जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि सार्वजनिक गरिएका छन् । 

 

नेपालले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा सूचना प्रवाह गर्ने माध्यम ‘ग्राउण्ड स्टेशन’ निर्माणको काम समयमै गर्न नसकेकाले उक्त कुराको जानकारी जापानस्थित क्युटेक विश्वविद्यालयमा हाल अध्ययनरत नेपाली विद्यार्थी हरिराम श्रेष्ठले नाष्टका वैज्ञानिकलाई जानकारी गराएका हुन् ।

 

पहिलो पटक नेपाली स्याट–१ ले खिचेका सो तस्वीर केही धमिलो कैद भएका नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए । ‘आकाशमा बादल लागेको र बढी घाम लागेका बेला भूउपग्रहले धमिलो तस्वीर कैद गर्ने गर्छ’, उनले भने, ‘नेपालमा ‘ग्राउण्ड स्टेशन’ निर्माण नभइसकेकाले जापानको क्युटेक विश्वविद्यालयले सो कुराको जानकारी हामीलाई गराएको हो ।’

 

नेपाली स्याट–१ ले सूर्य र पृथ्वीका तस्वीरका अलवा चीन र भारत सिमानाका तस्वीर पनि कैद गरिसकेको बताइएको छ । अनुभवी दक्ष जनशक्तिको अभाव, प्रशासनिक विधि र सार्वजनिक खरीद ऐनमा समय खर्च गर्नुपरेकाले नाष्टमा समयमै ग्राउण्ड स्टेशन निर्माण गर्न नसकिएको ढकालले जानकारी दिए ।

 

नेपालमा ग्राउण्ड स्टेशन निर्माणमा ढिलाइ भएसँगै देशले आफ्नो भूउपग्रहबाट समयमै आवश्यक सूचना प्राप्त गर्न सकेको छैन । नेपालमै नेपाली स्याट–१ बाट सूचना प्राप्त गर्न नाष्टले आउँदो शुक्रबारसम्ममा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न गर्ने जानकारी गराएको छ ।  

 

नाष्टमा ग्राउण्ड स्टेशन निर्माणका लागि सात देशबाट सामग्री सङ्कलन गर्नुपरेको ढकालले बताए । उनले भने, ‘नाष्टको कार्यालयभित्र ऐन्टेना जडान गरिसकेपछि त्यसमा प्राविधिक समस्या भएन भने अबको एक हप्तामा सो भूउपग्रहबाट सूचना लिन सक्नेछौँ ।’ 

 

नाष्टले ग्राउण्ड स्टेशन निर्माणका लागि अनुमतिपत्र लिनुपरेकाले त्यसमा केही दिन समय खर्च गर्नुपरेको हो । नेपाली स्याट–१ सँग निरन्तर दुईदेखि तीन वर्ष तस्वीर सङ्कलन गर्न सक्ने क्षमता छ । नाष्टले जापानको बर्डस परियोजनालाई भविष्यमा निरन्तरता दिन लागि पर्ने जानकारी गराएको छ । 

 

नेपाली स्याट–१ प्रशान्त महासागरमा

 

नेपालले निर्माण गरेको नेपाली स्याट–१ एशिया काटेर अमेरिकाको प्रसान्त महासागरमा आज आइपुगेको नाष्टका सहायक अनुसन्धानकर्ता दिबोध लामिछानेले जानकारी दिए । 

 

‘सो भूउपग्रह आज तीन पटक नेपाली आकाशमा आउने छ’, उनले भने, ‘दिउँसो १२ः५२ मा आएर १२ः५७ सम्म बस्यो, त्यसैगरी साँझ ७ः२५ मा आएर ७ः३० सम्म बसी पुनः राति ९ः०२ मा आएर ९ः०७ सम्म बस्ने भएको छ ।’

 

सो भूउपग्रहले पृथ्वीको परिक्रमा ९० मिनेटमा एक पटक गर्ने छ । यसले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्ने बताइएको छ । हाल यो भूउपग्रह पृथ्वीबाट ४०० किलोमिटर माथि आकाशमा रहेको नाष्टका वैज्ञानिकको भनाइ छ । सो भूउपग्रहमा पाँच मेगा पिक्सल क्यामेरा जडान गरिएको छ । 

 

नेपालसँगै वैशाख ४ गते श्रीलङ्काले ‘रावण–१’ र जापानले ‘युवुसु’ नामक भूउपग्रह प्रक्षेपण गरेका थिए । नेपाल सरकारले सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो ।


थप समाचार

जिदान फ्रान्सका प्रशिक्षक !

  • 10 hours ago
जिदान फ्रान्सका प्रशिक्षक !

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका सफल प्रशिक्षक जिनेदिन जिदान चाँडै फ्रान्सका प्रशिक्षक बन्ने चर्चा छ । अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित समाचार अनुसार उनले जारी सिजनको अन्त्यसँगै रियल छोडेर फ्रान्

इन्टरसँग आबद्ध हुन इरिक्सन मिलानमा

  • 11 hours ago
इन्टरसँग आबद्ध हुन इरिक्सन मिलानमा

एजेन्सी । इंग्लिस क्लब टोटनहमका मिडफिल्डर क्रिस्टियन इरिक्सन इटालीको मिलान पुगेका छन् । जारी विन्टर ट्रान्सफर विन्डोमा इन्टर मिलानमा आबद्ध हुनको लागि उनी मिलान पुगेका हुन् ।

बलिउडका ९ चर्चित झापडकाण्डहरुः सलमान खानले पनि खाएका अपरिचित युवतीको झापड

  • 11 hours ago
बलिउडका ९ चर्चित झापडकाण्डहरुः सलमान खानले पनि खाएका अपरिचित युवतीको झापड

एजेन्सी । बलिउडका केही यस्ता सेलिब्रिटीहरु रहेका छन् जो चर्चामा आउनका लागि बेलाबेलामा आश्चर्यलाग्दा पब्लिसिटी गरिरहन्छन् । कोही भने आफ्नो रिस सम्हाल्न नसक्दा यस्ता हर्कतहरु गर्ने गर्छन् । कतिपय आफ्नो



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

तौल छिटो घटाउने सबैभन्दा उत्तम तरिका !

तौल छिटो घटाउने सबैभन्दा उत्तम तरिका !

एजेन्सी । धेरै मानिसहरुले आफ्नो मोटोपनबाट छुटकारा पाउनको लागि धेरै तरिका अपनाउछन् तर सफल हासिल गर्न असफल रहन्छन् । तर खानपानमा ध्यान दिने र नियमित ब्यायम गर्ने हो भने सजिलै तौल घटाउन सकिन्छ ।

विचित्र विश्व

यदी श्रीमतीले छोडे अर्को विवाह फ्रिमा गराइदिने म्यारिज व्युरो !

यदी श्रीमतीले छोडे अर्को विवाह फ्रिमा गराइदिने म्यारिज व्युरो !

एजेन्सी । कोही पनि मानिस आफ्नी श्रीमतीले आफुलाई नछोडोस् भन्ने चाहान्छ । यदी आफुलाई छोडेर पत्नी अरु कुनै पर–पुरुषसँग जान्छिन् भने त्यो समय निकै पिडादायी हुन्छ । यसका कारण इज्जतमा पनि ठुलो दाग लाग्ने र मानसिक तनाब हुने गर्छ ।