IIMS College

ISMT

HUB Education

अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई हेपेपछि...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । अष्ट्रेलियाका उच्च शिक्षा विद्हरुले संघिय सरकारलाई तत्काल नेपालबाट अष्ट्रेलिया अध्ययनका लागि आउने विद्यार्थीहरुलाई रातो झण्डा देखाउन आग्रह गरेको समाचारले नेपालबाट अध्ययनका लागि अष्ट्रेलिया पुगको तथा अष्ट्रेलिया जाने तयारीमा रहेका विद्यार्थी तथा सम्बन्धित निकायलाई निकै दुःखी बनाएको छ ।

 

नेपालको कुल बजेट आर्थिक वर्ष २०७५ ७६ मा १३ खर्ब १५ अर्ब १६ करोड रहेको छ । तर, अष्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीहरुले झण्डै ३ खर्ब अष्ट्रेलिया सरकारलाई बुझाएका छन् । यसले पनि नेपालले अष्ट्रेलियाको अर्थतन्त्रमा पारेको प्रभावलाई कसैले पनि नर्कान सक्दैन । 

 

सिड्नीबाट प्रकाशित एक चर्चित पत्रिकाले सिड्नी मर्निङ हेराल्डमा नेपाल र नेपाली विद्यार्थीहरुलाई लक्षित गरेर  एउटा समाचार प्रकाशित गरेको थियो जहाँ नेपाली विद्यार्थीहरुको आर्थिक अवस्था र उनीहरुको संख्यालाई लिएर शिक्षाविद्हरुले आपति जनाएका थिए । 

 

उक्त समाचारपछि राजदूतावासले यस विषयमा सोमबार नै अस्ट्रेलियन शिक्षा मन्त्रालयलाई पत्राचार गरेको छ।

 

अस्ट्रेलियन शिक्षा मन्त्रालयले नेपाली राजदूतावासलाई पत्र लेखेर नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययन गर्ने कुरामा कुनै गुनासो नरहेको जानकारी गराएको थियो । 

 

अस्ट्रेलियन शिक्षा मन्त्रालयले नेपाली विद्यार्थी अस्ट्रेलियन सरकारको सबै मापदण्ड पूरा गरेर यहाँ अध्ययन गर्न आएका हुन्, मन्त्रालय उनीहरूलाई स्वागत गरेको पत्रमा उल्लेख छ ।

नेपाल गरिब देश भएका कारण उक्त देशबाट आउने विद्यार्थीहरुको परिवारलाई रोजगारदाता र नियुक्त गर्नेहरुबाट शोषण गरेको शिक्षाविद्को बुझाइ रहेको छ । 

 

सन् २०१७ देखि नेपाल अष्ट्रेलिया अध्ययनका लागि सबैभन्दा धेरै विद्यार्थी जाने देशको तेस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा चीन रहेको छ भने दोस्रो स्थानमा भारत रहेको छ । त्यसपछि मलेसिया, भियतनाम र इण्डोनेसिया रहेको छ । 

 

मिडिया रिपोर्टमा अनुसार बितेको एक वर्षमा मात्रै ६५ हजार ७४६ विद्यार्थीहरु टेरटियारी कोर्सका लागि भर्ना भएका छन् । सन् २०१६ को भन्दा यो तीन गुणाले बढी हो । 

 

सन् २०१८ २०१९ मा अष्ट्रेलियाले नेपाली विद्याथीहरुबाट मात्रै २.६ बिलियन डलर अर्थ संकलन गरेको तथ्यांक बाहिर आएको थियो । 

 

त्यस्तै नेपालबाट अष्ट्रेलिया पठाउने एजेन्टहरु ३ हजारभन्दा बढी पुगेको संघिय शिक्षा विभागका प्रवक्ताले बताएका छन् । 

अधिकांश नेपालीहरु विद्यार्थीहरु भिक्टोरियाभन्दा पनि एनएसडब्लु जाने गरेका छन् । एनएसडब्लुमा मात्रै ४२ हजार ५०० भर्ना भएका छन् भने भिक्टोरियामा ११ हजार ३०० भर्ना भएका छन् । 

 

आधाभन्दा बढी विद्याथीहरु इंलिस ल्यांग्वेज कोर्समा भर्ना भएका छन् । शिक्षा विद्हरुका अनुसार यो आँकडाले एकखाले चेतावनी दिएको बताएका थिए । नेपाल गरिब देश भएका कारण पनि अब प्रश्न गर्ने बेला आएको उनीहरुले बताएका थिए । उनीहरुले भनेका थिए,‘नेपालमा गरिब देश हो । खासै धेरै जनसंख्या पनि रहेको छैन । तर, अब यति धेरै संख्यामा अष्ट्रेलिया आएर उच्च अध्ययन गर्न सामाथ्र्य कसरी राख्छन् ?

 

 

 

 


थप समाचार

म्यान्चेस्टर सिटीका खेलाडी गुन्डोगानले भनेः लिभरपुललाई उपाधि दिँदा हुन्छ

  • 17 minutes ago
म्यान्चेस्टर सिटीका खेलाडी गुन्डोगानले भनेः लिभरपुललाई उपाधि दिँदा हुन्छ

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका खेलाई इल्के गुन्डोगानले लिगको सिजन अन्त्य भए लिभरपुललाई उपाधि दिनुपर्ने बताएका छन् । कोरोना भाइरसको कारणले फुटबलका गतिविधिहरु बन्द भइरहेको बेला प्रिमियर लिगका

यो संकटका बेला सलमान खानले यसरी गर्दैछन् सहयोग

  • 20 minutes ago
यो संकटका बेला सलमान खानले यसरी गर्दैछन् सहयोग

एजेन्सी । बलिउडका चर्चित अभिनेता सलमान खानले लकडाउनमा आफुले सक्दो सहयोग गर्ने बताएका छन् । पछिल्लो समय बलिउड कलाकारहरुले एकपछि अर्को सहयोग गर्ने घोषणा गरेका थिए ।

कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन

  • 46 minutes ago
कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङको निधन भएको छ । उनको उपचारका क्रममा गए राति निधन भएको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।