IIMS College

ISMT

HUB Education

नेपाली राष्ट्रिय फुटबल टोलीको अष्ट्रेलियामा भब्य स्वागत

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी – नेपाली राष्ट्रिय फुटबल टोली विहिवार अष्ट्रेलियाको सिड्नी आइपुगेको छ । फिफा विश्वकप २०२२ अन्तर्गत एसिया छनोटको दोस्रो चरण खेल्न नेपाली टोली विहिवार बिहान सिड्नी आईपुगेको हो । 

 

नेपाली खेलाडिहरुलाई न्यु साउथ वेल्सका महावाणिज्यदुत दिपक खड्का, अस्ट्रेलियन नेप्लिज फुटबल एसोसिएन एन्फका अध्यक्ष बिजेन बटाजु र पदाधिारीहरु, एन आर एन अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङ तथा युवा संयोजक इर्शाद अहमद लगाएत समुदायका सक्रिय सदस्यहरु र फुटबल प्रेमीहरुले सिड्नी विमानस्थलमा स्वागत गरेका थिए ।  

 

नेपाली खेलाडीहरु अक्टोवर ८ मा सिड्नीबाट क्यानवेरा जानेछन् । सिड्नीमा रहदा उनीहरुलाई बन्द शिविरमा राखेर प्रशिक्षणको व्यवस्था मिलाएको एन्फाका संचार संयोजक इराज थापाले नेपालीपत्रलाई बताए । यस्तै नेपाली खेलाडीहरु यहाँका नेपाली समुदायका सदस्यहरुबीच यही आइतवार साँझ मिट एण्ड ग्रिट कार्यक्रम रहेको थापाले जानकारी दिए ।  

 

अस्ट्रेलियन नेप्लिज फुटबल एसोसिएन एन्फा र एन आर एन ए अस्ट्रेलिया युथ फोरमले संयुक्त आयोजनामा नेपाली खेलाडिहरुलाई अस्ट्रेलियामा अग्रिम भ्रमणको ब्यवस्था मिलाएको हो ।  

 

समूह ‘बी’मा रहेको नेपालले छनोट अन्र्तगत आफ्नो तेस्रो खेल बलियो टोली अष्ट्रेलियासँग खेल्न लागेको हो । नेपालले अष्ट्रेलियाविरुद्धको खेल यही अक्टोवर १० विहिवार राजधानी क्यानवेरामा रहेको जि आइ ओ रंगशालामा खेल्ने छ । 

 

नेपालले छनोटका २ खेल खेल्दा ३ अंक जोडेर समूहको चौंथो स्थानमा रहेको छ । छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा ७–० को हार व्यहोर्दा दोस्रो खेलमा चाईनिज ताइपेलाई २–० ले पराजित गरेको थियो । यता अष्ट्रेलिया १ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ । 

 

नेपाली टिम 

गोलकिपर  किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर  दिनेश राजवंशी, अनन्त तामाङ, अजित भण्डारी, सरोज दाहाल, देबेन्द्र तामाङ, सुमन अर्याल, रजिन धिमाल

मिडफिल्डर विक्रम लामा, रोहित चन्द, सुनिल वल, सुजल श्रेष्ठ, हेमन गुरुङ, रवि पासवान, अन्जन विष्ट, सन्तोष तामाङ,विशाल राई, तेज तामाङ 

फरवार्ड  विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

 


थप समाचार

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

  • 4 hours ago
ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

  • 4 hours ago
आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

  • 4 hours ago
जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

एजेन्सी । एक जनाले युवाले आफ्ना पितालाई कफिनको सट्टा नयाँ बिएमडब्लु कार प्रयोग गरेर अन्तिम संस्कार गरेका छन् ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा शुरु

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा  शुरु

रुपन्देही । बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन (कठिन) उत्सव आजदेखि लुम्बिनीमा शुरु भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुहरुका लागि गरिने कठिन दानका लागि बुद्ध जन्मस्थलमा दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । असारदेखि असोज पूर्णिमासम्मको तीन महिनालाई वर्षाबास भनिन्छ ।

विचित्र विश्व

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।