IIMS College

ISMT

HUB Education

५ वर्षीया बेलायती बालिकाको उपचार सहयोगार्थ फोक्सटनमा नेपालीको च्यारिटी

  • सोमबार, २८ माघ, २०७५
  • 9 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

गणेश पुन, फोक्स्टन ।  क्यान्सरबाट पीडित एक ५ वर्षीया बेलायती बालिकाको उपचारमा सहयोग जुटाउने उद्धेश्यले बेलायतको फोक्सटनमा नेपालीहरुले एक च्यारिटी डिनर कार्यक्रम सम्पन्न गरेका छन् । 

 

बाग्लुङ समाज यूके र फोक्स्टन नेपाली समाजका पूर्व अध्यक्ष एवम् समाजसेवी दीपककुमार काउचाको विशेष पहल र सक्रियतामा गतसाता शनिबारको साँझ फोक्स्टनस्थित हार्बि ग्रामर स्कूलको हलमा सम्पन्न कार्यक्रमबाट ५ हजार ५ सय ५६ पाउण्डको कोष जम्मा भएको छ । 

 

संकलित सबै रकम क्यान्सर पीडित बालिका मायाको उपचारको लागि सहयोग प्रदान गरिसकिएको छ ।  

 

बालिका माया नाशको बाबुआमा बेलायती नागरिक हुन् । माया न्युरोबलास्टोमा नामक भयानक क्यान्सरबाट पीडित छन् जुन विशेष गरी बाल्यावस्थामा देखिने रोग हो । उनमा यो रोग उनी ३ वर्षकी हुँदा देखिएको थियो । मायाको उपचार युकेमै भइरहे पनि रोगको अवस्थालाई थप बढ्नबाट रोकथाम गर्ने काम मात्र भइरहेको छ। यस रोगको पूर्ण उपचार यहाँ सम्भव छैन । चिकित्सकहरूले यसको पूर्ण उपचारका लागि अमेरिकाको न्युयोर्कमा मात्र सम्भव हुने सल्लाह मायाका बाबाआमालाई दिएका छन् । यसको उपचार खर्च २ लाख ४३ हजार पाउण्ड लाग्ने बताइएको छ ।

 

 

क्यान्सर पीडित बालिका मायाका बाबाआमाले मायालाई यस रोगबाट मुक्त गराउनका लागि विभिन्न सामाजिक सञ्जालमार्फत आर्थिक सहयोगका लागि याचना गरिरहेका छन् । यस्तो आर्थिक सहयोगको याचना पढेपछि दीपककुमार काउचा आफूले पनि जसरी र जति हुन्छ सहयोग गर्ने अठोट लिए । साथीभाइहरूको सरसल्लाह र सहकार्यबाट मानवीय कर्तव्यको महत्व राख्ने यो च्यारिटी डिनरको आयोजना गर्न सम्भव भएको हो । यस प्रकारका कार्यक्रम र सहयोगबाट उपचारार्थ रकम उठ्न सके बालिका मायालाई एक सबल जीवन बाँच्न सहयोग पुग्नेछ ।

 

बेलुका झन्डै ६ बजेदेखि सुरु भएको उक्त च्यारिटी डिनर साँझमा स्थानीय नेपाली समुदाय, १ आरजिआरमा सेवारत गोर्खाहरु, फोक्स्टन मेयरका साथै स्थानीय काउन्सिलरहरूसहित झन्डै २ सय जनाको उपस्थिति रहेको थियो । स्थानीय कलाकारहरूद्वारा नेपाली संस्कृति झल्किने विभिन्न नृत्य र केही गीतहरु पनि प्रस्तुत गरिएका थिए । विभिन्न सामानहरूको अक्सन र राफल ड्र समेत गरेर रकम संकलन गरिएको थियो । 

 

 

बेलायतमा अचेल विभिन्न व्यक्ति र नेपाली संघसंस्थाहरूले आफ्नो फुर्सद निकालेर विभिन्न सहयोगका लागि यस्ता च्यारिटी कार्यक्रमहरू आयोजना गर्दै आए पनि यो च्यारिटी डिनर साँझ अत्यन्त पृथक रहेको र सफल भएको भनी धेरैले प्रशंसा गरेका छन् ।

 

नेपालीहरुले आफ्नै समुदायभित्र यस्ता विभिन्न परोपकारी कामहरु गर्दै आएपनि बेलायती समुदायको सहयोगको लागि हात अघि बढाएको विरलै देख्न पाइन्छ । यस्ता खाले च्यारिटी कार्यक्रम आयोजनाले नेपाली मूल र अन्य मूलका समुदायबीचको अन्तरसम्बन्धलाई बलियो बनाउन सहयोग मिल्नेमा विश्वास गर्न सकिन्छ ।

 

 


थप समाचार

पूर्वी नाकाबाट नेपाल आउने बङ्गलादेशी पर्यटक घटे

  • 4 minutes ago
पूर्वी नाकाबाट नेपाल आउने बङ्गलादेशी पर्यटक घटे

भद्रपुर । अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने बङ्गलादेशी पर्यटक घटेको जनाएको छ ।

सर्लाहीमा ३५ वर्षीया खातुनको विभत्स हत्या

  • 7 minutes ago
सर्लाहीमा ३५ वर्षीया खातुनको विभत्स हत्या

सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

केराको फूल (बुङ्गो) किन खाने ? जानीराखौं अनगिन्ती फाइदाहरु

  • 27 minutes ago
केराको फूल (बुङ्गो) किन खाने ? जानीराखौं अनगिन्ती फाइदाहरु

केरा खान सबैलाई मन पर्ने फलफूल हो । स्वादिष्ट केराको सेवनले मानव स्वास्थ्यमा एकदमै फाइदा पनि गर्छ । केरामा विभिन्न पौष्टिक तत्व पाउनुका साथै भिटामिन मिनरल्स समेत पाइन्छ ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

केराको फूल (बुङ्गो) किन खाने ? जानीराखौं अनगिन्ती फाइदाहरु

केराको फूल (बुङ्गो) किन खाने ? जानीराखौं अनगिन्ती फाइदाहरु

केरा खान सबैलाई मन पर्ने फलफूल हो । स्वादिष्ट केराको सेवनले मानव स्वास्थ्यमा एकदमै फाइदा पनि गर्छ । केरामा विभिन्न पौष्टिक तत्व पाउनुका साथै भिटामिन मिनरल्स समेत पाइन्छ ।

विचित्र विश्व

विश्वका चर्चित कारगारहरु !

विश्वका चर्चित कारगारहरु !

एजेन्सी । विश्वमा हरेक देशहरुमा कारागार हुने गर्दछ जसमा सजाय पाएका कैदीहरुलाई राख्ने गरिन्छ । विश्वका थुपै्र कारागारहरुका आफ्नै विशेषताहरु हुने गर्दछन् । यसका साथै ती कारागारहरुलाई लिएर रोचक प्रसंगहरु पनि बाहिर आइनैरहन्छन् । यसै सन्दर्भमा विश्वका केही चर्चित कारागारहरुको बारेमा चर्चा गरौँ ।