जेन्स यूकेको ईकमर्स साइट 'नेपाली ईबजार' शुभारम्भ

  • सोमबार, २३ पुष, २०७५
  • 2 months ago
  • युके

 

लण्डन । बेलायतमा ग्रायुजएसन गरेर विभिन्न उद्यम गरिरहेका नेपाली युवाहरुको संस्था 'ग्रयाजुएट इन्टरप्रेनर नेप्लिज सोसाइटी' (जेन्स) यूकेले एक ईकमर्स साइट लञ्च गरेको छ । 

 

आइतबार प्लमस्टिडको चौतारी रेष्टुरेन्टमा एक कार्यक्रमका बीच जेन्स यूकेले 'नेपाली ईबजार' (www.nepaliebazaar.com) को शुभारम्भ गरेको हो । 

 

संस्थाका अध्यक्ष लेखनाथ गैरे र कार्यक्रमका प्रमुख अतिथि तथा एनआरएन यूके उपाध्यक्ष ललितकुमार न्यौपानेले नेपाली ईबजारको उद्घाटन गरेका थिए । 

 

ग्लोबल नेपाली समुदायको लागि एक मार्केटिङ, प्रमोटिङ तथा एर्डभटाइजिङ प्लेटफर्मको रुपमा नेपाली ईबजार शुभारम्भ गरिएको जेन्स यूके अध्यक्ष गैरेले बताए । नेपाली समुदायलाई आवश्यक पर्ने जुनसुकै प्रोडक्ट तथा सर्भिस नेपाली ईबजारले उपलब्ध गराउन कोशिस गर्ने अध्यक्ष गैरेले बताए । 

 

व्यापारी र उपभोक्तालाई एकै ठाउंमा  जोडिदिने च्यानलको रुपमा आफ्नो प्लेटफर्मले काम गर्ने योजना उनले सुनाए । 

 

कार्यक्रमका प्रमुख अतिथि एनआरएन यूके उपाध्यक्ष ललितकुमार न्यौपानेले वर्तमान समयको आवश्यकतालाई सम्बोधन गर्दै जेन्स यूकेले ल्याएको ईकमर्स प्लेटफर्मलाई सफलताको शुभकामना दिए । 

 

विदेशमा बस्ने नेपालीहरुले नेपाली समुदायको लागि च्यारिटी मात्रै गरेर नपुग्ने र आफ्नो ज्ञान, सीप, अनुभव लगानी गर्नुपर्ने भन्दै उपाध्यक्ष न्यौपानेले नेपाली ईबजारको प्लेटफर्मबाट नेपाली व्यापारी र उपभोक्ता दुवै लाभान्वित हुने विश्वास व्यक्त गरे । 

 

 

नेपाली ईबजारमार्फत उपभोक्ताहरुले विभिन्न विक्रेताहरुको फरक फरक उत्पादन र सेवा एकै ठाउंबाट प्राप्त गर्न सक्नेछन् । विक्रेताहरुले पनि आफ्नो उत्पादनको विक्री तथा सेवाहरुको विज्ञापन गर्न सक्नेछन् । नेपाली ईबजारका प्रयोगकर्ताहरुलाई विभिन्न उत्पादन तथा सेवाहरुमा विशेष सहुलियतको अफरहरु समेत दिइनेछ । 

 

नेपाली ईबजारमा संसारभरको नेपालीहरुलाई लक्षित गरी नेपाली तथा गैरनेपाली विक्रेता तथा सेवा प्रदायकहरुलाई स्थान दिइने जेन्स यूकेले बताएको छ । उपभोक्तालाई उत्पादन र सेवाहरु खरिद गर्न तथा विक्रेताहरुलाई विक्री गर्न एक सहज र विश्वसनिय अनलाइन प्लेटफर्म तयार गरिएको जेन्स यूकेको भनाइ छ । 

 

उपभोक्ताको सुविधालाई ध्यानमा राखेर विभिन्न छुट, अफरहरु उपलब्ध गराइने, पेपालबाट सहज रुपमा पेमेन्ट गर्न सकिने, रिफण्डको लागि विश्वसनिय तथा बिना झञ्झटिलो प्रक्रिया रहने र कारोबारका क्रममा आउन सक्ने जुनसुकै समस्या समाधानको लागि नेपाली ईबजारले सहजकर्ताको भुमिका निभाउने प्रतिबद्धता गरिएको छ । 

 

सचिव तिलक भट्टराईले सञ्चालन गरेको कार्यक्रममा संस्थाका सल्लाहकार विष्णु चोङवाङले स्वागत मन्तव्य दिएका थिए भने कार्यसमितिको प्रतिनिधित्व गर्दै उपाध्यक्ष मैना शर्माले बोलेकी थिइन् । आईटीसम्बन्धी जिम्मेवारी सम्हालेका संस्थाका कोषाध्यक्ष गणेश थापाले विभिन्न प्राविधिक पक्षबारे जानकारी गराएका थिए ।

 

संस्थापक अध्यक्ष तथा सल्लाहकार शालिक सापकोटाले इन्टरप्रेनरसिप भिसामा रहेका नेपाली ग्रयाजुएटहरुलाई भिसासम्बन्धी सल्लाह, सहयोग दिने उद्धेश्यले सुरु गरिएको संस्था क्रमिक रुपमा विकास हुंदै यो अवस्थामा आइपुगेको बताए । 

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी मगर, बुद्ध फाउण्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठ, एनआरएन यूकेका कोषाध्यक्ष सचिन श्रेष्ठ, व्यापार विभाग संयोजक तथा सचिव सुरोज मास्के, उपमहासचिव विनय अधिकारी, प्रभु न्यौपाने, डा मुकुन्द बांस्तोला, राजन खकुराल लगायतले नेपाली ईबजारको सफलताको शुभकामनासंगै विभिन्न सुझावहरु दिएका थिए । 

 

कार्यक्रमका सहभागीहरुले राखेका विभिन्न जिज्ञासाहरुमा जेन्स यूकेका अध्यक्ष तथा पदाधिकारीहरुले जवाफ दिएका थिए । 

 

 


थप समाचार

आगामी मङ्सिरदेखि माथिल्लो तामाकोशी सञ्चालनमा आउने

  • 7 minutes ago
आगामी मङ्सिरदेखि माथिल्लो तामाकोशी सञ्चालनमा आउने

दोलखा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् ।

त्यो घटनापछि ऐश्वर्याले सलमान खानलाई फर्किएर पनि हेरिनन्

  • 13 minutes ago
त्यो घटनापछि ऐश्वर्याले सलमान खानलाई फर्किएर पनि हेरिनन्

एजेन्सी । आज पनि सलमान खानका लवका किस्साहरु उत्तिकै चर्चित रहेका छन् । सबैभन्दा बढी चर्चामा रह्यो उनको र ऐश्वर्याको सम्बन्ध । सन् २००० को सुरुवातसँगै उनीहरुको प्रेम सम्बन्ध

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

  • 42 minutes ago
नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानी



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

दुई कक्षालाई पढाउने माइकल बोनरले आफ्ना विद्यार्थीलाई कसरी पढाईप्रति आकर्षक बनाउने भन्ने उपाय खोजिरहेका थिए । यसैक्रममा उनले एउटा अनौठो प्रस्ताव विद्यार्थीहरुसमक्ष राखे र यसको परिणाम पनि सोचेजस्तै आएको छ ।