IIMS College

ISMT

HUB Education

नेप्से परिसूचकको ओरालो यात्रा कायमै

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । साताको सुरूवातदेखि नै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज पनि सम्हालिन सकेन ।

 

नेपाल स्टक एक्स्चेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ३.४६ अङ्कले घटेर एक हजार १६३.२१ मा पुगेको छ । 

 

त्यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.७९ बिन्दुले घटेर २५४.७८ मा पुगेको छ ।

 

स्टकका अनुसार आज कूल १७१ कम्पनीका १५ लाख तीन हजार ९२८ कित्ता शेयर रु. ३४ करोड १७ लाख ४५ हजार १३६ मा कारोबार भयो । 

 

कारोबार भएका १२ उपसमूहमध्ये एउटा समूहको मात्र शेयर झिनो अङ्कले उकालो लागेको छ । सामूहिक लगानी कोषको शेयर ०.०२ अङ्कले बढेको छ ।

 

बैङ्किङ १.७५, व्यापार ०.४२, होटल ३४.८४, डेभलपमेन्ट बैँक ४.७८, हाइड्रोपावर २.५९, फाइनान्स ०.३२, निर्जीवन बीमा ४९.०३, उत्पादन ८.६६, अन्य ०.३२, माइक्रोफाइनान्स ५.८१ र जीवन बीमा ३१.४७ अङ्कले घटेको छ । 

 

कारोबार रकमका आधारमा सोल्टी होटल लिमिटेड शीर्ष स्थानमा रह्यो । सोल्टीको शेयर रु. चार करोड ५५ लाख ५१ हजार ६५२ मा कारोबार भयो ।

 

लक्ष्मी बैँकको संस्थापक शेयर रु. एक करोड ९० लाख ४१ हजार ६४८, छिमेकी लघुवित्त विकास बैँकको रु. एक करोड ४२ लाख ७८ हजार ८४, नेपाल बैँकको रु. एक करोड ३७ लाख ३१ हजार ५४३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु. एक करोड २९ लाख ६१ हजार २६३ र प्रभू बैँकको शेयर रु. एक करोड २० लाख ७६ हजार ४९ कारोबार भई शीर्ष स्थानमा रहे । 

 

घटेको बजारमा घलेम्दी हाइड्रो लिमिटेडका शेयरधनीले ४.४१, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ४.०४, गुह्वेश्वरी मर्चेन्ट बैँक एण्ड फाइनान्स कम्पनी ३.४८, नयाँ नेपाल लघुवित्त विकास बैँक रु. ३.४६ र अरुण काबेली पावरका लगानीकर्ताले २.८६ प्रतिशतले कमाए । 

 

यस्तै नविल इक्विटी फण्डका शेयरधनीले ६.६९, लक्ष्मी लघुवित्त वित्तीय संस्था ५.६९, दिव्यश्वरी हाइड्रोपावर ५.१७, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ४.८१ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ४.१९ प्रतिशतले गुमाए ।


थप समाचार

कार्यालय समयमा समाजिक सञ्जाल चलाउन नपाउने

  • 2 minutes ago
कार्यालय समयमा समाजिक सञ्जाल चलाउन नपाउने

हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरले आफ्ना मातहतका कार्यालयहरुमा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन बन्देज गर्ने निर्णय गरेको छ । समितिको ५०औँ बोर्ड बैठकले कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार

अभिनेता अक्षय कुमार अब म्युजिक भिडियोमा पनि

  • 4 minutes ago
अभिनेता अक्षय कुमार अब म्युजिक भिडियोमा पनि

काठमाडौं । बलिउडका मास्टर खेलाडी अक्षय कुमारलाई सबै भन्दा धेरै हार्ड वर्क गर्ने स्टार्सको रुपमा चिनिन्छन् । हरेक वर्ष उनले चार÷पाँच वटा फिल्महरु दर्शकमाझ रिलिज गर्दै आएका छन् । यसका साथै उनी विज्ञापनह

नर्सको परीक्षामा १५० वटा प्रश्न सोधिने

  • 6 minutes ago
नर्सको परीक्षामा १५० वटा प्रश्न सोधिने

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले काउन्सिलमा नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी कात्तिक ३० गते गर्ने निर्णय गरेको छ । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले यही असोज ९ देखि कात्तिक ९ गतेसम्म अनलाइन



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।

विचित्र विश्व

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी