लण्डनमा फेरि गुञ्जियो नेपथ्य

  • आइतबार, १७ भदौ, २०७५
  • 3 weeks ago
  • युके

 

लण्डन । लोकप्रिय नेपाली सांगीतिक ब्याण्ड नेपथ्य शनिबार सांझ लण्डनमा फेरि गुञ्जिएको छ । 

 

लण्डनको ब्रिक्सटनस्थित ओ टु एकेडेमीमा शनिबार बेलुकी भेला भएका श्रोता दर्शकलाई फेरि एकपटक मन्त्रमूग्ध पार्न नेपथ्य सफल भएको छ । मुलुककै अग्रणी लोक रक ब्याण्डले तेश्रोपटक आफूलाई बेलायतको महत्वपूर्ण मञ्चमा प्रस्तुत गरेको हो ।

 

ब्याण्ड पहिलो पटक पाँच वर्षअघि वेम्बली एरेनामा प्रस्तुत भएको थियो जुन नेपाली संगीतकै इतिहासमा एउटा कोशेढुँगा बन्न सफल भयो । त्यसपछि दोश्रो र तेश्रोपटक ओ टु ब्रिक्सटनमा कन्सर्ट आयोजना भएको हो । 

 

कार्यक्रममा जसै नेपथ्य गाउन सुरु भएको थियो, उसैगरि हल भरिका दर्शकले पनि गाएरै साथ दिएका थिए । कार्यक्रमको सुरुवातै नेपथ्यको सार्वजनिक हुनै लागेको दसौं एल्बमबाट भएको थियो ।

‘कुरुप अनुहार हो,

यहाँ कोहि साथी छैन’

सरुभक्तले लेखेको र विक्रम गुरुङको संगीतले सजिएको यो गीतलाई नेपथ्यले अलिक बेग्लै सुनिने गरि एकोहोरोपनामा ढालेको छ ।

 

 

एकपछि अर्को प्रभावकारी गीतहरुको सूची सहित उपस्थित भएको नेपथ्यले कन्सर्टमा केहि नयाँ र केहि सर्वकालीक हिट यस्ता गीतहरु पनि प्रस्तुत गरेको थियो जुन बेलायतका श्रोताले यसअघि सुन्न पाएका थिएनन् । चाहे त्यो नेपथ्यको भर्खरै तयार भएको ‘शिरफूल शिरैमा’ होस् , केही समय अगाडी को गीत ‘पल्ला घरका बईका’ वा पुरानो गीत ‘आंगनै भरि’, दर्शकले नेपथ्यको साथमा साथ मिलाएर गाएका थिए ।

 

‘जतासुकै पुग्दा पनि नेपथ्यका श्रोताहरुबाट पाउने गरेको न्यानो मायाले हामीलाई छुन्छ,’ मुख्य गायक तथा अगुवा अमृत गुरुङले भने, ‘यस्तो मायाले संगीतको यात्रामा लागेर हामीले बिताएको २५ वर्ष सार्थक भएछ भन्ने लाग्ने गरेको छ ।’

 

दुईघन्टा लामो प्रस्तुतिका क्रममा अमृतले विभिन्न भेगको यात्राका क्रममा भोगेका घटनाहरुको अनुभव पनि सुनाए । उनले आफूले देखेको नेपालका बारे अथ्र्याउँदै बारम्बार नेपाली–नेपाली बीच एकताको आवश्यकता पनि औँल्याएका थिए । उनले नेपालीकै हातबाट राष्ट्रको पुननिर्माण हुनुपर्ने उल्लेख गर्दै यसका निम्ति मुलुकबाहिर बसेका नेपालीको पनि सहयोग खाँचो पर्ने बताए ।

कन्सर्टमा पनि अमृतलाई स्टेजमा सँधैझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

 

नेपथ्यले यतिबेला मनाउदै आएको स्थापनाको रजत जयन्तीकै सिलसिलामा बेलायतको यो प्रस्तुती पनि जोडिएको हो ।

 

बेलायतको यो प्रस्तुतिसँगै ब्याण्ड अब नेपालमै आयोजना हुन लागेको कन्सर्टका निम्ति घर फर्किँदै छ । टोली यसै महिना स्वयम्भूमा प्रस्तुत हुँदैछ ।

 

 


थप समाचार

बिप्लवले किन पठाए विदेशमा करोडौं रुपैयाँ ? प्रकाण्डको डायरीमा यस्तो भेटियो

  • 3 minutes ago
बिप्लवले किन पठाए विदेशमा करोडौं रुपैयाँ ? प्रकाण्डको डायरीमा यस्तो भेटियो

काठमाडौं । जसरी जनयुद्धताका प्रचण्ड—बाबुरामले भारतम आश्रय लिए । अहिले के विप्लव माओवादीले पनि बंगलादेशको कुनै समुहसँग त्यस्तै खाले सम्पर्क विस्तार गरेको हो ?

बिहे चल्दाचल्दै बलात्कारको आरोपमा दुलाह पक्राउ

  • 6 minutes ago
बिहे चल्दाचल्दै बलात्कारको आरोपमा दुलाह पक्राउ

दोलखा । विवाह संस्कारअनुसार दुलाहा र दुलहीलाई घरमा भित्र्याउने तयारी गर्दागर्दै भीमेश्वर नगरपालिका जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका छन् ।

यू–१९ एशिया कप क्रिकेटका लागि शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा

  • 45 minutes ago
यू–१९ एशिया कप क्रिकेटका लागि शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा

काठमाडैं । यू–१९ एशिया कप क्रिकेटका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको मङ्गलबार घोषणा गरिएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।