IIMS College

ISMT

HUB Education

एकमहिनापछि राराको सौन्दर्य बल्ल नेटमार्फत आफन्तजनमा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । मुगु लगायत कर्णालीका जिल्लामा बल्ल इन्टरनेट सेवा सुचारु  भएको छ ।  गत पुस १७ गतेबाट नेपाल टेलिकमद्वारा वितरीत एडिएसएल इन्टरनेट र ल्याण्डलाइन सेवा अवरुद्ध हुँदै आएको थियो । टेलिकमले सेवा  सुचारु भएको जनाएको छ । 

 

बाक्लो हिमपातसँगै जुम्लाको डाँफे र दैलेखको महावुलेकमा रहेको रेडियोलिङ्क टावरमा समस्या आएपछि मुगु, हुम्ला, जुम्ला, डोल्पा र कालिकोट जिल्लाका अधिकांश क्षेत्रमा सञ्चारसेवा प्रभावित भएको थियो । टेलिकमका प्राविधिक कर्मचारी निरन्तर सेवा सुचारु गर्न खटिएपछि शुक्रबार साँझबाट इन्टरनेट सेवा सञ्चालन भएको हो । हिमपातसँगै अवरुद्ध भएको जिएसएम र सिडिएमए सेवा दुई सातापछि सञ्चालन आएको थियो ।  

 

एडिएसएल सेवा प्रभावित हुँदा विशेषगरी बैंक तथा वित्तीय संस्थाको कारोवार अवरुद्ध भएको थियो ।  जिल्लास्थित सञ्चारमाध्ययमलाई निकै प्रभावित बनाएको थियो । प्रमुख पर्यटकीय क्षेत्र रारामा फोरजी सेवासमेत नचल्दा यहाँ आएका आन्तरिक तथा बाह्य पर्यटकले राराको सौन्दर्यता इन्टरनेटमार्फत आफन्तजनसँग साट्न पाएका थिएनन् । इन्टरनेट नहुँदा स्वयं नेपाल टेलिकमको मुगु कार्यालयलाई समेत बिल भुक्तानी, सिम बिक्रीलगायतका काम गर्नसमेत गाह्रो भएको थियो ।

 

टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख अनन्त मल्लिकका अनुसार कर्णालीमा बाक्लो हिमपातपछि टेलिकम दैलेखको महावु र जुम्लाको डाँफेलेकमा राखिएको रेडियोलिङ्कमा समस्या आएको र पटकपटक प्राविधिक टोली लेकमा चढ्न खोजे पनि मौसममा आएको खराबीका कारण केही समय ढिलो हुन गएको हो । लेकमा चढ्न नसकेर समस्या लम्बिएको भए पनि प्राविधिक टोली जुम्लाको डाँफेलेक र दैलेखको महावु लेकमा पुगेर समस्या समधान गरेपछि इन्टरनेट सेवा सञ्चालन भएको उनले बताए ।

 

लामो समयसम्म एडिएसएल इन्टरनेट सेवा नहुँदा स्थानीय तहमा यो आर्थिक वर्षका योजना तथा कार्यक्रम सम्झौता, पेश्की भुक्तानी, पेश्की फरच्योट, कर्मचारीको तलबभत्ता भुक्तानी र पञ्जीकरणका कामसमेत प्रभावित भएका थिए । फोनसमेत नहुँदा समयमै एम्बुलेन्सलाई खबर गर्न नपाउँदा एक महिलाको अत्यधिक रक्तश्रावका कारण बाटोमै मृत्युसमेत भएको थियो ।

 

नागरिक समाज मुगुका अध्यक्ष रुपबहादुर मल्ल सञ्चार आधुनिक संसारमा मानवजातिको मुटुको रूपमा रहेकाले यस्तो किसिमको सेवा दिने निकायले सेवा अवरुद्ध भई नागरिकमा कहीँकतै क्षति भएमा वा सुविधा नपाएमा राज्यले सेवाप्रदायक निकायबाट क्षतिपूर्ति पाउने व्यवस्था गर्नुपर्ने बताउँछन् । 


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 4 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 4 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 4 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।