कैदीबन्दीहरु नभएपछि जेलहरु धमाधम बन्द

Education Park

एजेन्सी । नेपालमा कैदीबन्दीलाई बस्ने गतिलो आवास नभएको समाचार बेलाबेलामा सुन्ने गरेका छौँ । एउटै जेलमा तोकिएभन्दा बढी अपराधिहरु राखिएको पनि खबर आउने गर्छ ।

 

तर, नेदरल्याण्डमा भने कैदीबन्दी नभएका कारण नै जेल बन्द हुने अवस्थामा पुगेका छन् । अधिकारीहरुका अनुसार नेदरल्याण्ड सरकारले गएको वर्ष ९ वटा जेल बन्द गरेको छ । कैन्दीहरु नभएपछि जेल बन्द गर्नु पर्ने अवस्था आएको बताइएको छ । सन् १९८० मा भन्दा पनि गएको वर्ष निकै थोरै कैन्दीहरु नेदरल्याण्डमा रहेको रिपोर्टमा उल्लेख छ । 

 

सन् २०१३ मा नेदरल्याण्ड सरकारले १९ वटा जेल बन्द गर्ने घोषणा गरेको थियो । सन् २०१८ मा थप पाँचवटा जेल बन्द भएको छ । 

 

सन् २०१८ मा सार्वजनिक एक रिपोर्ट अनुसार प्रत्येक वर्ष एक हजारमा सरदरमा ४९ वटा अपराधका घटनाहरु दर्ता भएका थिए । यसका कारण पनि तीनभाग जेलहरु खाली रहेका छन् । 

 

अधिकारीहरुका अनुसार कहिलेकाँही परिवारसँग बस्नु, काममा व्यस्त रहनुले पनि अपराधमा कमी आएको छ । 

 

उनीहरुका अनुसार नेदरल्याण्डमा सानो समयमा लागि जेल सजाय हुने गर्छ र अपराधका घटनाहरु पनि खासै उल्लेख्यमात्रामा हुँदैनन् जसकारण जेलहरु खाली भएका छन् । 

 

सन् २००४ यता नेदरल्याण्डमा क्रमश आपराधिक क्रियाकलापमा कमी आएको छ । युरोपको सुरक्षित देशमा नेदरल्याण्ड पनि रहेको छ ।

 

जेलमा रहेका कैदीबन्दीलाई सरकारले नै रोजगार उपलब्ध गराउने व्यवस्था भएका कारण पनि कतिले नेदरल्याण्डको व्यवस्थाको तारिफ गर्दै आइरहेका छन् । 

 


थप समाचार

गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड रुपैयाँ

  • 7 minutes ago
गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड रुपैयाँ

पोखर । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६–७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना (अर्थ) मन्त्री किरण गुरुङले पुँजीगततर्फ ६२, चालुतर्फ ३८ प्रति

भानु नगरपालिकाका मेयर गौली भन्छन्ः राष्ट्रिय विभूति आचार्यको पहिचान जोगाउन बिर्खे टोपी लगाउन शुरु

  • 23 minutes ago
भानु नगरपालिकाका मेयर गौली भन्छन्ः राष्ट्रिय विभूति आचार्यको पहिचान जोगाउन बिर्खे टोपी लगाउन शुरु

तनहुँ । तनहुँको भानु नगरपालिकाका कर्मचारीले भानुभक्तीय बिर्खे टोपी लगाउन शुरु गरेका छन् । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नामबाट नामकरण गरिएको भानु नगरपालिकाका कर्मचारीले आइतबारबाट बिर्खे

यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

  • 30 minutes ago
यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

एजेन्सी । धेरैको दिमागमा राष्ट्रपति भन्नेबित्तिकै तामझाम, आलिसान बंगला, राम्रो लवाई, मिठो खवाई कुरा आउँछ । तर, संसारमा यस्ता देश पनि छन् जहाँका राष्ट्रपति निकै साधरण छन् । आम सर्वसाधरणजस्तै हिडडुल गर्



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

विचित्र विश्व

यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

एजेन्सी । धेरैको दिमागमा राष्ट्रपति भन्नेबित्तिकै तामझाम, आलिसान बंगला, राम्रो लवाई, मिठो खवाई कुरा आउँछ । तर, संसारमा यस्ता देश पनि छन् जहाँका राष्ट्रपति निकै साधरण छन् । आम सर्वसाधरणजस्तै हिडडुल गर्छन् । इमान्दारिताका साथ आफ्नो कार्यकाल छोड्छन् ।