विप्लवकाे नजरमा बजेट 'शब्दजालले भरिएकाे भाषण' मात्रै

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले मंगलबार घोषणा गरेको बजेटलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शब्दजालले भरिएको भाषण भनेका छन् । 

 

सरकारका अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेश गरेको बजेट नेपाली जनता र देशको आवश्यकता सम्बोधन गर्ने भन्दा पनि सत्तारुढ पार्टीका कार्यकर्ता पोस्ने नीतिमा आधारित रहेको टिप्पणी महासचिव विप्लवले गरे । 

 

उनले प्रस्तुत बजेट ‘पुरानै दलाल संसदीय व्यवस्थाको संरक्षण गर्ने र दलाल–भ्रष्टाचारीलाई पोस्ने किसिमको रहेको’ कडा टिप्पणी गरेका छन् । 

 

‘जनतामा रहेको सरकारप्रतिको ‘समृद्धि’ भ्रमलाई यो बजेटले स्पष्ट पारिदिएको छ कि वैज्ञानिक समाजवादभित्रको राज्य प्रणालीले मात्र जनताका समस्याहरु समाधान गर्नसक्छ’, विप्लवले भनेका छन्, ‘नीति तथा कार्यक्रमले सबै रकम सत्तासीन पार्टीका पहुँचवाला कार्यकर्ताहरूले दुरुपयोग गर्ने र लक्षित समुदाय पूर्णरूपले विमुख रहन्छ ।’ 

 

बजेटमा जनयुद्ध र जनआन्दोलनका सहिद, बेपत्ता योद्धा र घाइते योद्धाहरूका बारेमा कुनै कार्यक्रम नल्याइएको भन्दै महासचिव विप्लवले आपत्ति जनाएका छन् । 

 

उनले भनेका छन्, ‘जनयुद्ध र जनआन्दोलनका सहिद, बेपत्ता योद्धा र घाइते योद्धाहरूका बारेमा कुनै कार्यक्रम ल्याइएको छैन । २०६५ सालदेखि लगातार बजेट विनियोजन गरिएको सहिद प्रतिष्ठानद्वारा सञ्चालित विद्यालयहरूमा बजेट विनियोजन गरिएको छैन । यसले गर्दा प्रचण्डका मन्त्रीहरूको कुनै कार्यक्रम नपरेको देखिएको छ ।’

 

बजेटले कुनै नयाँपन दिन नसकेको जनाउँदै उनले नीति तथा कार्यक्रम र बजेटले देशको राष्ट्रिय उद्योगलाई धराशायी बनाउने र विदेशी उद्योगहरूलाई बिनारोकतोक प्रवेश गराउने बताएका छन् ।


थप समाचार

स्थगित ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि

  • 8 minutes ago
स्थगित ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि

काठमाडौँ । चाडपर्वका कारण स्थगित गरिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ ।

जुलियान असान्जमाथि अमेरिकामा अभियोग दर्ताः विकिलिक्स

  • 20 minutes ago
जुलियान असान्जमाथि अमेरिकामा अभियोग दर्ताः विकिलिक्स

वासिङ्टन । अमेरिकी गोप्य दस्तावेजहरु सन् २०१० मा सार्वजनिक गरेका विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि संयुक्तराज्य अमेरिकामा अभियोग दर्ता गरिएको विकिलिक्सले जनाएको छ ।

खमेर रुजका दुई नेता नरसंहारमा दोषी ठहर

  • 22 minutes ago
खमेर रुजका दुई नेता नरसंहारमा दोषी ठहर

नोमपेन्ह । कम्बोडियाका खमेर रुज शासनकालका दुईजना उच्च नेताहरु जातीय नरसंहारमा दोषी भेटिएको छ । कम्बोडियाको झण्डै एक तिहाई मानिसको मृत्युको कारण मानिएको क्रुर सत्ता पतन भएको ४० वर्षपछि शुक्रबार यस्तो ठ



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।