इन्टेक २०१९ मा भर्ती हुने ४ सय गोर्खा आइपुगे बेलायत (भिडियो)

  • शुक्रबार, ३ फागुन, २०७५
  • 5 months ago
  • युके
Education Park

लण्डन । पछिल्लो तीन दशकयताकै सबैभन्दा ठूलो संख्यामा यसपटक नेपालबाट युवाहरु बेलायती सेनामा भर्ती भए ।

 

सन् १९८५ यता सबैभन्दा बढि सन् २०१९ मा ४ सय जना नेपाली युवाहरुलाई भर्ती लिइएको थियो । यहि गोर्खा इन्टेक २०१९ मा भर्ती भएका ४ सय युवा गोर्खाहरुको टोली बेलायत आइपुगेको छ । 

 

बेलायत आएलगत्तै उनीहरु तालिमको लागि क्याटरिकस्थित इन्फेन्ट्री ट्रेनिंग सेन्टर (आइसिटी) पुगेका छन् । अबको ७ सातासम्म त्यहां उनीहरुलाई सैन्यसम्बन्धी आधारभूत सिद्धान्तगत कुराहरु सिकाइनेछ । 

 

नयां भर्ती भएका गोर्खाहरु क्याटरिक आइपुग्दा उनीहरुलाई गोर्खा ब्रिगेडका कामाण्डिंग अधिकृतहरुले स्वागत गरे । हिन्दू परम्पराअनुसार पण्डितले रातो टिका र आशिर्वाद समेत प्रदान गरे । 

 

 

 

यस वर्ष बेलायती सेनामा नेपालबाट भर्ती हुनेहरुको संख्या सामान्यभन्दा झण्डै १ सयले बढि हो । पहिले सय ३ सय २० जनालाई भर्ती लिने अपेक्षा गरिएपनि बेलायती सेनाको संख्या बढाउने सरकारको रणनीतिअनुसार गोर्खामा भर्ती पनि धेरैलाई लिइएको हो । 

 

ठूलो उत्साह र उत्सुकताका साथ बेलायत आइपुगेका युवाहरुले अबको तालिम र त्यसपछिको सैन्य सेवाका लागि आफुहरु उत्साहित रहेको बताएका छन् । 

 

उनीहरुमध्ये कैयौंले आफ्नो सानो उमेरदेखिकै सपना बेलायती सेना रहेको भन्दै त्यहि सपना साकार भएको महसुस गरेको समेत उल्लेख गरेका छन् । 

 

पूर्व अपेक्षाभन्दा ठूलो संख्याका सदस्यहरु आइपुगेपछि क्याटरिकस्थित इन्फेन्ट्री ट्रेनिंग सेन्टरमा ३२ जना स्टाफ थप गरिएको छ । उनीहरुको आवासको लागि थप १ भवन समेत खाली गराइएको छ । 

 

हेरौं भिडियो :

 

 

भिडियो तथा तस्विरहरु  सौजन्य : फोर्सेज नेटवर्क

 


थप समाचार

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

  • 20 seconds ago
टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

एजेन्सी । जन्मँदै दुई टाउको जोडिएका जुम्ल्याहा बालिकाको सफल शल्यक्रिया भएको छ । दुई वर्षका जुम्ल्याहा सफा र मारवा उल्लाह नाम गरेका बालिकाको लण्डनस्थित आरमोन्ड स्ट्रीट अस्पतालमा ५५ घण्टा लगाएर शल्यक्रि

लापसे जाँच्ने प्रहरीकाे याेजना छ तर टेस्ट गर्ने 'किट' छैन

  • 12 minutes ago
लापसे जाँच्ने प्रहरीकाे याेजना छ तर टेस्ट गर्ने 'किट' छैन

बागलुङ । जिल्ला प्रहरी कार्यालयसँग लागुपदार्थ सेवन (लापसे) जाँचको योजना छ तर, लापसे गरे÷नगरेको जाँच्न ‘टेस्ट किट’ भने छैन ।

चार्ल्टन समाजको समर कार्यक्रम आइतबार , कुलेन्द्र विक आउँदै

  • 56 minutes ago
चार्ल्टन समाजको समर कार्यक्रम आइतबार , कुलेन्द्र विक आउँदै

विगतका वर्षमा जस्तै मेरिडियन स्पोर्ट क्लबको खुला मैदानमा आयोजना हुने कार्यक्रममा चर्चित लोकदोहोरी गायक कुलेन्द्र विक मुख्य आकर्षण रहने भएका छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

एजेन्सी । जन्मँदै दुई टाउको जोडिएका जुम्ल्याहा बालिकाको सफल शल्यक्रिया भएको छ । दुई वर्षका जुम्ल्याहा सफा र मारवा उल्लाह नाम गरेका बालिकाको लण्डनस्थित आरमोन्ड स्ट्रीट अस्पतालमा ५५ घण्टा लगाएर शल्यक्रिया गरिएको हो ।