यादवलाई मन्त्री छान्न सकस

काठमाडौं । सरकारमा सहभागी हुन लागेको संघीय समाजबादी फोरम नेपालमा मन्त्री छान्न अध्यक्ष उपेन्द्र यादवलाई सकस परेको छ । मन्त्रीको टुंगो लगाउन यादवले बुधबार दिनभर आन्तरिक बैठक र छलफल गरे पनि अझै टुंगो लगाउन सकेनन्।

 

पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बिहीबारसम्म पार्टीले मन्त्रीको नाम टुंगो लगाउने सम्भावना रहेको बताए । विहीबार बिहान फोरमका पदाधिकरी र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । बैठकपछि नाम नाम सिफारिस गर्ने तयारी भएको पनि श्रेष्ठले बताए।

 

पार्टी सरकारमा जानेबारे छलफल गर्न बुधबार फोरम संसदीय दलको बैठक बसेको थियो । बैठकमा पार्टीबाट सरकरमा प्रतिनिधित्व गर्ने नेताहरूको नाम टुंगो लाग्न नसकेपछि यसको जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरिएको थियो । स्रोतका अनुसार सरकारमा जान फोरमका करिब आधा दर्जन सांसदले लबिङ सुरु गरेका छन् । बुधबारको बैठकमा बोल्ने प्राय ः सबै सांसदले पूर्वदेखि पश्चिम, पहाडदेखि तराईसम्म मिलाएर जानुपर्ने सुझाव दिएका थिए । पार्टीले तराई पहाड मिलाउँदा पहाडको प्रतिनिधित्व गर्दे मन्त्रीको सूचीमा राजेनद्र श्रेष्ठको नाम पर्छ । यसैगरी पूर्वपश्चिम मिलाउँदा बाँकेका सांसद इस्तियाक राईको नाम पर्छ ।

 

समावेशी गराएमा महिला सांसद रेणु यादवको नाम पर्छ । मन्त्रीको दौडमा पार्टीका स्वयं पार्टीका महासचिव रामसाह यादव पनि लागेका छन् । यसैगरी प्रदीप यादव, हरिनारायण रौनियार,उमाशंकर अरगरिया पनि मन्त्रीको आकांक्षी छन् ।पार्टी अध्यक्ष उपेन्द्र यादवको भने कसैबाट विरोध भएको छैन । यादवले पार्टीबाट सरकारको नेतृत्व गर्ने सम्भावना लगभग निश्चित रहेको स्रोतको भनाइ छ ।

 

फोरमले सहरी विकास र स्वास्थ्य मन्त्रालय पाएको छ । यादवले सहरी रोज्ने सम्भावना रहेको छ । स्वास्थ्यमन्त्री र एक राज्यमन्त्रीमा फोरममा लडाइँ सुरू भएको हो । प्रदीप यादव सरकारमा गए भने उनको सम्भावना राज्यमन्त्रीमा छ । बुधबारको बैठकमा पर्साका सांसद विमल श्रीवास्तव सरकारमा आफू सरकारमा जान इच्छुक नभएको बताएका थिए । सरिता गिरीले भने पार्टीले मधेसबाट भोट आएकाले मधेसलाई पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिएकी थिइन् । त्यस्तो हुने हो भने श्रेष्ठको नाम काटिने छ । रेणु यादव पनि दौडमा लागेकी छन् । उनको गृहजिल्ला र उपेन्द्र यादवको गृहजिल्ला एउटै हो । अाजकाे नागरिकबाट । 

 


थप समाचार

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

  • 4 minutes ago
काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।

तपाइको हातमा कति वटा चक्र र शंख छ ?

  • 8 minutes ago
तपाइको हातमा कति वटा चक्र र शंख छ ?

एजेन्सी । हस्तरेखा विज्ञानमा विश्वास गर्ने हो भने सबै कुरा हातले नै निर्धारण गर्छ । हस्तरेखाहरु मानव जन्मदा नै तयार भएर आएका हुन्छन् ।

महाकाली नगरपालिका डुबानमा

  • 13 minutes ago
महाकाली नगरपालिका डुबानमा

भीमदत्तनगर । सोमबारदेखिको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकामा करीब एक दर्जन घर डुबानमा परेका छन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।