लेस्टरमा मनाइयो नयाँ वर्ष

  • बुधबार, ४ बैशाख, २०७६
  • 1 month ago
  • युके

 

लेस्टर । बेलायतको लेस्टर क्षेत्रमा बस्ने नेपालीहरुले पनि नेपाली नयाँ वर्ष एक कार्यक्रमसहित मनाएका छन् । 

 

श्रृजनशील लेस्टर नेपाल यूकेको आयोजनामा नयाँ वर्षको शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । 

 

सोमबार लेस्टरको मेल्टन रोडस्थित सिज्लर ग्रिल एण्ड बारको पार्टी हलमा संस्थाका अध्यक्ष बलराम चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव पुण्डरी अर्यालले सञ्चालन गरेका थिए । 

 

संस्थाका सचिव लक्ष्मण गौतमले स्वागत मन्तव्य दिएका थिए भने प्रमुख अतिथिका रुपमा एनआरएन अभियन्ता एवम् व्यवसायी कमल भण्डारीले नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए । 

 

 

कार्यक्रममा अन्य अतिथिहरु साझा नेपाली समाज यूकेका उपाध्यक्ष तथा संस्थाका सल्लाहकार नारायण फुयाँल, संस्थाका संस्थापक अध्यक्ष राजु कंडेल, भूपू अध्यक्ष पशुपति पोख्रेल, निवर्तमान अध्यक्ष प्रेम आले मगर, निवर्तमान महासचिव तथा गुल्मी जिल्ला समाज यूकेका सदस्य वरूण भण्डारी ,निवर्तमान उपाध्यक्ष श्रीमती कला पोख्रेल लगायतले नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए । 

 

त्यसअवसरमा अतिथि कलाकार लोकगायक विष्णु बञ्जाडेको साथै स्थानीय कलाकारहरु राम बञ्जाडे, बासना भण्डारी, रिता सापकोटा, कला पोखरेल, मधुसुधन पौडेल, रुपा लोहनी निउरे लगायतले आफ्नो प्रस्तुति गरेका थिए भने मनकामना बाजा समुहले नौमती बाजा घन्काएर वातावरण नै तताएका थिए ।

 

कलाकारलाई सम्मानस्वरूप श्रृजनशील लेस्टर नेपालका अध्यक्ष बलराम चापागाईं, संस्थापक अध्यक्ष राजु कंडेल, भूपू अध्यक्ष पशुपती पोख्रेल,  संस्थाका सल्लाहकार नारायण फुंयाल लगायतको हातबाट प्रमाणपत्र वितरण गरीएको  थियो ।

 

कार्यक्रममा सहभागी करिब सय जनाको  खाना तथा भेन्यू  सिज्लर ग्रिल एण्ड बारले समाजको लागि निशुल्क सौजन्य गरिदिएको थियो । जसको लागि समाजका उपाध्यक्ष उपाध्यक्ष शिवलाल गौतमले विशेष पहल गरेका थिए । 

 


थप समाचार

बेलायतको कोलबर्न टाउनमा मेयर बने डा शर्मा

  • 1 hour ago
बेलायतको कोलबर्न टाउनमा मेयर बने डा शर्मा

नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा डा जगन्नाथ शर्मा निर्वाचित भएका छन् । मेको पहिलो साता सम्पन्न स्थानीय निर्वाचनमा काउन्सिलर निर्वाचित डा शर्मा सोमबार मेयरका लागि भएको निर्वाचनमा विजयी भ

प्रधानमन्त्रीकाे हातमा साबेल

  • 9 hours ago
प्रधानमन्त्रीकाे हातमा साबेल

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गमा (अप्टिकल फाइवर नेटवर्क) को धादिङको गल्छी गाउँपालिका वडा नं. ४ मासटारमा सोमबार शिलान्यास गर्दै ।

‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

  • 10 hours ago
‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्मा दर्ता गरिएको मिडिया विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आज



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।