नयाँ वर्षमा बेलायतमा कलाकारको भीड

 

लण्डन । नेपालमा राष्ट्रिय स्तरमा ख्याति कमाएका तथा व्यवसायिक हिसाबले सफल मानिएका कलाकारहरुको समेत मुख्य बजार अहिले नेपालबाहिर रहेको देखिन्छ । दशैं, तिहार, तीज, नयाँ वर्ष लगायतका विशेष अवसरहरुमा त झन् कलाकारहरुको विदेश दौडको सिजन नै चल्ने गर्छ । 

 

नेपाली कलाकारहरुमाझ विदेशको गन्तव्यहरुमध्ये आकर्षक मानिने बेलायतमा पनि यसपटकको नेपाली नयाँ वर्षको अवसरमा नेपाली कलाकारहरुको ठूलो भीड लागेको छ । 

 

बेलायतका विभिन्न ठाउँमा , विभिन्न संस्थाले आयोजना गरेका नयाँ वर्ष शुभकामना कार्यक्रमहरुमा प्रस्तुति गर्न यतिबेला नेपालबाट आएका करिब २ दर्जन कलाकारहरु बेलायतमा छन् । गायकगायिका, नायकनायिकादेखि हास्य कलाकारहरुले समेत नयाँ वर्षमा बेलायतका स्टेजहरुमा प्रस्तुति गरिरहेका छन् । 

 

को को छन् अहिले बेलायतमा ?

आफ्नो पछिल्लो चलचित्र क्याप्टेनको रेड कार्पेट शोको लागि बेलायत आएका निर्माता नायक भुवन केसी नयाँ वर्षमा बेलायतमै छन् । सुपरस्टार नायक छोरा अनमोल केसीसंगै अप्रिल पहिलो साता भुवन यतै रहेपनि अनमोल भने फर्किसकेका छन् । भुवनकी प्रेमिका कलाकार जिया केसी पनि भुवनसंगै बेलायतमै छन् । 

 

नेपाल संगीत क्षेत्रका सफल र लोकप्रिय थुप्रै गायिकागायिकाहरु पनि अहिले बेलायतमा छन् । मिलन नेवार, राजनराज शिवाकोटी, हिमाल सागर, आशिष सचिन, सबिन राई, आशिष राना लाहुरे, तृष्णा गुरुंग, सुनितामी परियार, भुमिका शाह, सहिमा श्रेष्ठ, प्रसन्ना पाण्डे, मदन परियार लगायतका गायकगायिका बेलायतका विभिन्न क्षेत्रमा भइरहेका नयाँ वर्ष विशेष कार्यक्रमहरुमा व्यस्त छन् । 

 

गायिका मिलन र गायक राजनराज सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीको आयोजनामा बेलायतका ४ ठाउँमा आयोजित मिरा सांगीतिक सांझमा प्रस्तुति दिन आएका हुन् । केन्ट, ह्यारो, अल्डरसट र रेडिंगमा प्रस्तुति दिएका उनीहरुले स्कटल्याण्डको ग्लास्गो पुगेर समेत कार्यक्रम गर्न भ्याए । उनीहरुसंग लण्डनसहित मिडल्याण्डका केहि कार्यक्रम अझै बांकी छन् । 

 

युवाहरुमा लोकप्रिय गायक सबिन राई र उनको ब्याण्ड फारोह नेपाली म्युजिक फेस्टिबलमा प्रस्तुति दिन बेलायत आएका हुन् । नेपाल फुड्सको मुख्य प्रायोजनमा लण्डनमा सम्पन्न उक्त कार्यक्रमका लागि गायक आशिष राना लाहुरे र गायिका तृष्णा गुरुंग पनि बेलायत आएकी छन् ।  

 

उता गतसाता पिटरबरोमा प्रस्तुति गरेका गायक हिमाल सागर र आशिष सचिनसंग पनि अझै केहि शोहरु बाँकी छन् । अर्को सातासम्ममा आसफोर्ड, फोक्सटन, वेलिंगदेखि लिभरपुसम्म उनीहरुका कार्यक्रम तय भइसकेका छन् । बर्न्टओक नेपाली समाजले सञ्चालन गरेको नेपाली कक्षाको सहयोगार्थ नयाँ वर्षकै दिन एक च्यारिटी कार्यक्रम हुंदैछ । उक्त कार्यक्रममा प्रस्तुति दिन गायिकाहरु भुमिका शाह, सहिमा श्रेष्ठ र प्रसन्न पाण्डे लण्डन आइपुगेका छन् । 

 

बेलायतमा त्यस्तो कुनै पनि महिना हुंदैन, जहिले नेपालबाट कुनै लोकदोहोरी कलाकार यहां नआएको होस् । वर्षैभर नै यहाँका विभिन्न संघसंस्थाले गर्ने कार्यक्रममा लोकदोहोरी कलाकारहरुले पनि राम्रै अवसर पाउने गरेका छन् । नयाँ वर्षको आसपासमा अहिले सुनितामी परियार, मदन परियार लगायतका लोकदोहोरी गायक गायिकाहरु बेलायतमा छन् ।

 

गायक गायिकाहरु मात्र होइन,  नेपालका लोकप्रिय दुई हास्य कलाकारहरु पनि नयाँ वर्ष विशेष कार्यक्रमकै लागि अहिले बेलायतमा छन् । दमन रुपाखेती र शिवराम रिजाल जोगिन्दरले  अप्रिल १० देखि २५ तारिखसम्म लण्डन र स्कटल्याण्डका विभिन्न भेन्यूमा प्रस्तुति गर्दैछन् । 

 

पहिलेको तुलनामा बेलायतमा आयोजना हुने कार्यक्रमहरुमा नेपालबाट आउने कलाकारहरुको उपस्थिति बढ्दै गएपनि उनीरुप्रतिको यहांका दर्शकको आकर्षण भने घट्दै गएको ठानिन्छ । कलाकारहरुको संख्या जस्तै गुणस्तरलाई पनि बढाउनेतर्फ यहाँका ईभेन्ट आयोजक र कलाकारहरुको ध्यान जानुपर्ने देखिन्छ  । 

 


थप समाचार

२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

  • 4 hours ago
२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

गिल्डफोर्ड काउन्सिलको पारब्राइट वडाको काउन्सिलरको लागि २२ वर्षीया आकांक्षा गुरुङ लेबर पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन् ।

हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

  • 6 hours ago
हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

काठमाडौँ । मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।

हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

  • 6 hours ago
हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

काठमाडौँ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवैध भन्दा वैध हतियार बढी



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।