
अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
सभासद्ले नै घुस लिएर थुनामा पर्नुलाई के भन्नुहुन्छ ?
सर्वेक्षण
अर्काइभ

पोर्चुगल नेपाल मैत्री संघको पुर्ण बैठक सम्पन्न
-भीम के सी कमल
लिस्बन, २१ जुलाइ
नेपाल र पोर्चुगल बीच नागरिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सहयोगको आदान प्रदान गर्दै दुइ देशको सम्बन्धलाइ सुदृढ पार्ने उद्धेश्यका साथ गत बर्ष स्थापित प्रतिष्ठित पोर्चुगिस नागरिकहरुको समेत सहभागिता भएको संस्था पोर्चुगल नेपाल मैत्री संघको पुर्ण बैठक संघको कार्यालय लिस्बनमा सम्पन्न भयो।
संघका अध्यक्ष मकर हमालको अध्यक्षता, महासचिब रोजी ब्लाण्डीको रिपोर्टिङ र सचिब झलक के सीको संचालनमा सम्पन्न उक्त बैठकले बिभिन्न महत्वपुर्ण निर्णयहरु गरेको छ।
नेपाली खानाको पोर्चुगलमा प्रचार प्रसारको निमित्त प्रकाशोन्मुख पुस्तकमा रेसिपी लिन बाँकि नेपाली रेष्टुरेन्टहरुबाट यथाशिघ्र रेसिपीहरु लिइ आगामी नोभेम्बर महिना भित्र प्रकाशन गरि सक्ने निर्णय सो बैठकले गरेको छ। साथै पोर्चुगल अपाङ्ग संघको रेखदेखमा रहेका ४० जना अपाङ्ग बालबालिकाहरुको निमित्त नेपाली खाना तयार गरी आगामी अगष्त महिनामा अभिप्रेरणात्मक डिनर कार्यक्रम आयोजना गर्ने निर्णय गर्दै सो को ब्यबस्थापनको निमित्त संघका कोषाध्यक्ष रमेश गुरुङ् र मेडिया एडभाइजर भीम के सी कमललाइ जिम्मेबारी तोकिएको जानकारी प्राप्त भएको छ। स्मरणिय छ संघले यस अघि च्यारिटी रात्रीभोज आयोजना गरी नेपालका दृष्टीबिहिन बिद्धार्थीहरुलाइ रू ५०,००० सहयोग उपलब्ध गराइ सकेको छ।
पोर्चुगलमा नब-आगन्तुक नेपालीहरुलाइ आधारभुत पोर्चुगिस भाषा सिकाउन आवश्यक रहेको महशुस गर्दै संघले एनआरएन पोर्चुगलसंगको सहकार्यमा हप्ताको २ दिन पोर्चुगिस भाषा कक्षा संचालन गर्ने निर्णय गरेको छ। यस अतिरिक्त पोर्चुगलमा बेरोजगार रहेका नेपालीहरुलाइ रोजगार प्राप्तिको निमित्त आवश्यक सूचना प्रबाह तथा श्रोत पहिचान गर्ने जिम्मेवारी बैठकले संघका कन्ट्री को-अर्डिनेटर जोआँओ टुडेलालाइ सुम्पेको जानकारी संघका सचिब झलक के सीले दिनु भएको छ।
नेपाल पर्यटन बर्ष २०११ लाइ सफल पार्ने एनआरएन पोर्चुगलको अभियानलाइ मैत्री संघको तर्फबाट होस्टेमा हैंसे गर्दै पोर्चुगिस प्रीन्ट, इलेक्ट्रोनिक तथा अनलाइन मेडियाहरुमा नेपाल पर्यटन बर्ष २०११ को प्रचार प्रसार र मेडिया क्याम्पेनिङ गर्न संघका मेडिया डाइरेक्टर पेद्रो मोटालाइ संयोजक तोकेको निर्णय भएको बताउंदै अध्यक्ष मकर हमालले यसबाट नेपालको रमणीय प्राकृतिक सुन्दरताको प्रचार प्रसारमा सहयोग पुगी नेपाल पर्यटन बर्ष २०११ मा बढि भन्दा बढि पोर्चुगिस पर्यटक नेपाल पठाउन र नेपाल प्रती पोर्चुगिसहरुको अभिरूची बढाउन सफलता मिल्ने बिश्वास ब्यक्त गर्नु भएको छ।
|
Last Updated : 2010-07-22 10:06:12 | Text Size :
|
| |
No comments so far
Other News
-सभासद भन्छन्, "हामीलाई थुनियो"
काठमाडौँ, भदौ २२/प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनमा मतदान गर्ने की तटस्थ बस्ने भन्ने विषयमा पार्टीभित्र चर्केको तिब्र विवाद मिलाउन नसकेपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आजको निर्वाचन बहिष्कार गरेको छ ।
काठमाडौँ, भदौ २२/प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनमा मतदान गर्ने की तटस्थ बस्ने भन्ने विषयमा पार्टीभित्र चर्केको तिब्र विवाद मिलाउन नसकेपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आजको निर्वाचन बहिष्कार गरेको छ ।
नवलपरासी, भदौ २२/नवलपरासीमा दुई माओबादी लडाकुलाई प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । प्रहरीले लडाकुलाई हतियार र ग्रीनेटसहित पक्राउ गरेको जनाएको छ ।
काठमाडौं, भदौ २२/कामचलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले सातौ चरणको चुनावमा पनि प्रधानमन्त्री छान्न नसक्नु मुलुककै लागी वेइज्जत भएको वताएका छन् । उनले सात पटक चुनाव हार्नु मुलुक र स्वयंम उम्मेवदारको लाज भएको वताए । मंगलबार सातौ पटक भएको प्रधानमन्त्रीको निर्वाचनमा पनि प्रधानमन्त्री चयन हु
चरिकोट, भदौ २२/दोलखाको उत्तरी ओराङ गाविस वडा नम्बर-९ स्थित एक घरमा आगलागीमा परी दुइ जनाको मृत्यु भएको छ । ओराङ गाविस वडा नम्बर-९ ससलिङ स्थित जङ्गबहादुर तामाङको घरमा आगलागी हुँदा ६० वर्षा जङ्गबहादुर र उनकी ६० वर्षै श्रीमती बसुनी तामाङको मृत्यु भएको हो ।
घरमा सुतिरहेका जङ्गबहादुरकी बुहारी र दुइ नाती नात


EDT 17:21
22:21
3:06
SYD 7:21

