


पासाः पुच बेल्जियमको समर पिकनिक

पासाः पुच बेल्जियमले मिति १८ जुलाई २०१० का दिन बेल्जियममा बसोबास गर्ने नेपालीहरु विच गृष्मकालिन बनभोज कार्यक्रम संपन्न गर्यो । बेल्जियमको अति मनमोहक प्राकृतिक छटाहरुले भरिपुर्ण Provinciedomein Huizingen पार्कमा उक्त कार्यक्रम संपन्न भएको थियो । पासा पुच बेल्जियले नेवार समुदायको प्रतिनिधित्व गर्ने सामुदायिक संस्था भए पनि सवै जातजातीहरु र समुदायको पनि सहभागिता रहेको थियो । नाचगान, तथा साँस्कृतिक कार्यक्रमहरुले भरिपुर्ण कार्यक्रममा बेल्जियमका विभिन्न शहरहरुबाट १५० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न प्रतियोगितात्मक कार्यक्रहरु र महिला र पुरुष विचको अन्ताक्षेरीले कार्यक्रमले कार्यक्रम र पासा पुच बेल्जियको प्रतिनिधित्व गर्दै मोना बेल्जियले आयोजना गरेको अन्तरसंस्था नृत्य प्रतियोगिता प्रथम Mona idol तथा नमस्ते युरोपको star of month सुश्री शिलु शाक्य को नृत्य प्रस्तुती कार्यक्रमको आकर्षा बनेको थियो । पासा पुच बेल्जियका कोषाध्यक्ष चिज कुमार श्रेष्ठको संयोजकत्वमा संपन्न उक्त कार्यक्रम सफल र प्रभावकारी भएको कुरा सहभागीहरुले बताएका छन् र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजन गर्न अनुरोध गरेको श्रोतले बताउछ । साथै उक्त कार्यक्रम अन्तरगत भएका अतिरिक्त कार्यक्रमको संचालन समितिका महासचिव योगेन्द्र श्रेष्ठले संचालन गर्नु भएको थियो ।
|
Last Updated : 2010-07-23 11:06:23 | Text Size :
|
| |


EDT 22:43
3:43
8:28
SYD 12:43

