


गायक राजु परियार प्रहरी नियन्त्रणमा

काठमाडौँ, साउन ८ / पसल तोडफोड र कुटपिट गरेको आरोपमा लोकप्रिय लोकगायक राजु परियारसहित चार जनालाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ । गायक परियार, उनकी पत्नी फूलमाया परियार, विपना गुरूङ र सुजिता तामाङसहित चार जनाले नयाँ बसपार्कको एउटा होटलमा मदिरा सेवन गरी मित्रनगरस्थित दिया कस्मेटिक एन्ड गिफ्ट सपमा तोडफोड गरी पसल सञ्चालक शान्ति अधिकारीलाई कुटपिट गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेका प्रमुख निरीक्षक रूगमबहादुर कुँवरका अनुसार फूलमायाले अधिकारीलाई राजुकी प्रेमिका कल्पना परियारभन्दै कुटपिट गरी पसल तोडफोड गर्न शुरू गरेपछि प्रहरीको टोली तत्कालै पुगी पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले तोडफोडकारी गायक टोलीलाई नियन्त्रणमा लिन खोज्दा उल्टै एक जवानलाई चप्पलले हिर्काएपछि दुवै समूहबीच केहीबेर झडप भएको थियो ।
शुक्रबार दिउँसो गायक टोलीलाई आन्तरिक सहमतिपछि छोडिएको थियो ।
|
Last Updated : 2010-07-24 05:46:16 | Text Size :
|
| |


EDT 20:59
1:59
6:44
SYD 10:59

