


मिस नेपालमा २४ युवती

काठमाडौँ, साउन ९ / मिस नेपाल २०१० मा भाग लिने अन्तिम प्रतियोगीहरु २४ जना भएका छन् । नेपालभरबाट आवेदनमा मागिए पनि जम्माजम्मी ७० जनाले मिस नेपालमा भाग लिन इच्छा जनाएका थिए । तीमध्ये ४६ जनाको मात्र अडिसन लिइएको र तीमध्ये पनि अन्तिम समयमा २४ जनालाई छनोट गरी तिनलाई प्रशिक्षण दिन थालिएको छ ।
असार ३२ गतेसम्म आएका निवेदनहरुमध्येबाट ती युवतीहरुलाई छानिएको हिडन ट्रेजरले जनाएको छ । छानिएका यी युवतीहरुले पाँच हप्ते व्यक्तित्व विकासको प्रशिक्षण लिनेछन् । प्रशिक्षण रचना शर्मा गुरुङसँगै अन्यले दिनेछन् ।
यस पटकको मिस नेपालका लागि विशेष उपहार छ । चेरी क्युक्युथ्री मोडलको कार मिस नेपालले पहिलो पटक विजेता भएलगत्तै चढ्न पाउने छिन् । मिस नेपालको अन्तिम छनोट भदौ १६ मा हुनेछ ।
मिस नेपालले चीनको सान्यामा हुने मिस वर्ल्ड २०१० मा सहभागी हुने अवसर प्राप्त गर्नेछिन् भने पहिलो रनरअपले चाहिँ फिलिपिन्समा हुने मिस अर्थमा सहभागिता जनाउने छिन् । रनरअपले महेन्द्रा स्कुटर जित्ने अवसर पाउने छिन् । आर्मी अफिर्स क्लबमा आयोजन हुने यो कार्यक्रमलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
"यस पटक कतैबाट पनि कुनै किसिमको बाधा अवरोध अहिलेसम्म आएको छैन", यस पटकको मिस नेपाल बिना अवरोध नै हुने भयो त ? भन्ने नेपालीपत्रडटकमको प्रश्नमा हिडन ट्रेजरका गिरेन्द्र राजवंशीले भने- "त्यसैले पनि कार्यक्रम बिना अवरोध सहज किसिमले सम्पन्न हुने कुरामा विश्वस्त छु ।"
अहिलेसम्म कसैले पनि कार्यक्रम नगर्नू नगराउनू नभनेकाले कार्यक्रम सञ्चालनमा बाधा आइनपर्ने उनको धारणा छ । दुइ वर्षअघि एकीकृत नेकपा माओवादीको सरकारका पालामा आयोजन हुन लागेको मिस नेपाल अन्तिम अवस्थामा आएर रोकिएको थियो ।
|
Last Updated : 2010-07-25 04:14:28 | Text Size :
|
| |
काठमाडौँ, भदौ २२/प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनमा मतदान गर्ने की तटस्थ बस्ने भन्ने विषयमा पार्टीभित्र चर्केको तिब्र विवाद मिलाउन नसकेपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आजको निर्वाचन बहिष्कार गरेको छ ।


EDT 17:12
22:12
2:57
SYD 7:12

