


रोमान्टिक फिल्म हेर्नेहरुको जीवन ध्वस्त !

सिड्नी, साउन १० / अष्ट्रेलियामा गरिएको एउटा सर्भेले रोमान्टिक फिल्म हेर्नेहरुको प्रेमजीवन ध्वस्त हुने सम्भावना औँल्याएको छ । भलै यसले २ घण्टा मानिसलाई रमाइलो महसूस गराउन सफल रहेको होस्, भलै त्यसले एककुस्त कमाएर निर्माताहरुलाई धनी बनाइदियोस् तर यसले सामान्यजनको प्रेमजीवनलाई ध्वस्त बनाउने गरेको छ ।
१ हजार जना अष्ट्रेलियालीमध्ये आधाभन्दा बढीले रोमान्टिक कमेडी फिल्मले देखाउने आदर्शवादी जीवनका कारण मानिसको विविधतापूर्ण जीवनका विरुद्ध बोल्ने हुनाले यसले मानिसको प्रेम जीवन र घरायसी जीवनमा बाधा उत्पन्न गरिरहेको धारणा व्यक्त गरेका छन् ।
चार जनामध्ये एक जना अष्ट्रेलियाली नागरिकले आफ्नो जीवनसाथीको दिमागमा के चलिरहेको छ भन्ने बुझ्न चाहन्छ भने पाँच जनामध्ये एक जना चाहिँ फिल्मका कारण आफ्ना जीवनसाथीसँग उपहार, फूल र अन्य किसिमको भावना व्यक्त गरोस् भन्ने आशा गरिरहन्छ, त्यो पनि बिनाकारण !
"यस्तो धारणा विकसित हुँदै जाँदा रोमान्टिक कमेडीका माध्यले देश नै "अन्त्यमा साह्रै राम्रो कथा टुंगिएको"जस्तो जनता बनाउन खोजिएकोमा हामीलाई उति चित्त बुझेको छैन भन्नेहरुको पनि कमी देखिएन", अष्ट्रेलियन रिलेशनसिप काउन्सेलर ग्याब्रिएला मोरिसीले भनिन्- "तर फिल्ममा प्रस्तुत गरिएका कतिपय पात्रका कारण वास्तविक जीवनमा पनि राम्रो प्रभाव पारेकोमा भने दुइ मत छैन ।"
यो सर्भेलाई वार्नर होम भिडियोले आफूले उत्पादन गरेको फिल्म "भ्यालेन्टाइन्स डे" को डीभीडी रिलिज गर्नुअघि सार्वजनिक गरेको हो । "भ्यालेन्टाइन्स डे" रोमान्टिक कमेडी फिल्मले हलिउड फिल्मको इतिहासमा सबैभन्दा बढी चर्चित कलाकारहरुलाई बटुल्नेमा कीर्तिमान बनाउनेमध्येमा पनि पर्छ । जसमा जुलिया रोबर्ट्सदेखि एनि हाथवे र जेसिका बेलसम्मका नयाँ पुराना कलाकार जम्मा गरेको थियो ।
|
Last Updated : 2010-07-26 09:35:37 | Text Size :
|
| |


EDT 22:04
3:04
7:49
SYD 12:04

