


नेपाली समाज स्विडेनको गोथेनबर्ग शाखा गठन
नेपाली समाज स्विडेन गोथेनबर्ग शाखाको यही जुलाई २५ मा सम्पन्न भेलाले नौ सदस्यिय कार्यसमितीको गठन गरेकोछ।
स्विडेनको दोश्रो ठुलो सहर गोथेनबर्गमा बसोबास गर्नुहुने नेपालीहरुको ब्रिहत सहभागितामा भयको उक्त भेलाले नेपाली समाज स्वेडेनका केन्द्रिय सदस्य एबम पूर्व गोथेनबर्ग सम्योजक कृष्ण कुमार ढकाललाई अध्यक्ष पदमा निर्बिरोध निर्बाचित गरेकोछ। त्यस्तै भेलाले उपाध्यक्षमा रुद्र भट्टराई, सचिबमा बलराम भट्टराई र कोशध्यक्षमा प्रेम गौतमलाई जिम्मेवारी दिइएको छ भने सद्स्यहरुमा कल्पना गौतम, नवराज खतिवडा, हेमराज शर्मा(मोहन), डिल्ली लिम्बु र सुमन मगरलाई चयन गरेकोछ।
त्यस्तै भेलाको समुद्नघाटन गर्नुहुदै नेपाली समाज स्वेडेनका केन्द्रिय अध्यक्ष बिभु कुमार मिश्रले समाजले आगामी दिनमा स्वेडेनमा नेपालीहरुबिच सुमधुर सम्बन्ध कायम गराउदै सुद्रिढ सन्जाल बिस्तार गराउदैलाने अठोट ब्यक्त गर्नुभयो। त्यस्तै भेलाका प्रमुख अथिती समेत रहनुभएका केन्द्रिय अध्यक्ष मिश्रले नेपाली समाज स्विडेनलाई नेपालीहरुको अभिभाबक संस्थाको रुपमा बिकास एबम बिस्तार गर्दैलाने योजना अनुरुप स्वेडेनका सहरहरुमा द्रुत गतिमा शाखा बिस्तार गर्दैलाने योजना रहेको जानकारी दिनुभयो।
भेलाको सभापतित्व गर्नुहुदै शाखाका पूर्व सम्योजक एबम बर्तमान अध्यक्ष कृष्ण कुमार ढकालले गोथेनबर्गमा बसोबास गर्नुहुने सम्पुर्ण नेपालीहरुबिच सौहार्द सम्बन्ध स्थापना गर्दै बिभिन्न सामाजिक एबम साँस्कृतिक क्षेत्रहरुमा शाखाले आफुलाई क्रियाशिल गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो।
रेस्टुरेन्त हिमालय गोथेनबर्गमा सम्पन्न भेलामा केन्द्रिय समितीका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो।
त्यस्तै नेपाली समाज स्विडेनले गत जुलाई २४ तारिखमा राजधानी स्टकहोममा नेपालीहरुको ब्रिहद सहभागितामा ग्रिल पार्टी समेत सम्पन्न गरेकोछ।
सरद चन्द्र अर्याल
प्रवक्ता
नेपाली समाज स्वीडेन, केन्द्रिय कार्यसमिती
|
Last Updated : 2010-07-26 11:07:13 | Text Size :
|
| |


EDT 21:54
2:54
7:39
SYD 11:54

