


शेर्पा समाज प्रथम यूरोपियन भेला सम्पन्न
बेल्जियम नेपाल देखी प्रवास आइ यूरोपका बिभिन्न मुलुकमा छरिएर बसोवास गरीरहेका शेर्पा समुदायको आफ्नो भाषा र संस्क्रितीलाई जिवित एबं आफ्नो जातिय पहिचानलाई जिवित राख्न एबं युरोप भरीका शेर्पा समाजलाई गोलाकार गर्दै गत २४ जुलाई शनिवार बेल्जीयमको लुभेन शहरमा शेर्पा समाज बेल्जियमको आयोजनामा शेर्पा समाज युरोप समितीको प्रथम भेला सम्पन्न भएको छ। उक्त भेलामा यूरोपका बिभिन्न मुलुकहरुमा रहेका शेर्पा समाजका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । भेलाले युरोपका सात मुलुकलाई समेटेर १५ सदस्यिय शेर्पा समाज यूरोप समिती गठन गरेको छ। उक्त समितिमा अध्यक्ष काल्जङ शेर्पा युके , उपाध्यक्ष आङ छिरी शेर्पा जर्मनी , उपाध्यक्ष फुला शेर्पा बेल्जियम ,महासचिब हेम शेर्पा स्पेन , सचिब पेमा छिरी शेर्पा पोर्तुगल , कोशाध्यक्ष टासी शेर्पा जर्मनी एवम सदस्य हरुमा पासाङ् तेम्बा शेर्पा बेल्जियम ,८क्याप्टेन आङ फुला शेर्पा युके ,साना शेर्पा युके ,पेम्बा शेर्पा पोर्तुगल , आङ दाबा शेर्पा बेल्जियम , मिङ मार शेर्पा नर्बे ,ङीमा सोनाम शेर्पा बेल्जियम, तेन्जिङ शेर्पा स्विजरल्यान्ड , रिङ्गदेन जाङबु शेर्पा स्पेन, गरी १५ सदस्यहरु रहेका छन। सोनाम शेर्पाको सभापतित्वमा सुरु भएको उक्त भेलामा बिसिस्ठ अतिथिमा नेपालका भुतपुर्व कृषि सहाएक मन्त्री तथा नेपाल शेर्पा समाजका अध्यक्ष पेमा छिरिङ् शेर्पा,प्रमुख अतिथीमा बेल्जियमका लागि नेपाली दुताबास प्रमुख प्रमेस कुमार हमाल एंवम बिशेष:अतिथीहरुमा NRN अध्यक्ष पिजी शेर्पा , ICC सदस्य अर्जुन कुमार श्रेष्ठ , युरोप सहकोर्डीनेटर रबिन्द्र मान श्रेष्ठ लगाएत हुनु हुन्थ्यो । त्यस्तै भेलामा NDF बेल्जियम , जनप्रगतिशिल मन्च बेल्जियम ,रा प्र पा बेल्जियम ,जन संपर्क समिती बेल्जियम लगाएत अन्य बिभिन्न जातिए छेत्रीय सामाजिक संघ सस्थाहरुका प्रतिनिधि पनि उल्लेख्य रुपमा उपस्तिथी रहेको उक्त सम्मेलनमा सयौं मानिसहरुको उपस्थिती रह्यो । सुरुको समिती निर्माण अर्थात बन्द सत्रको कार्यक्रमलाई पेम्बा दोर्जे शेर्पा द्वारा संचालन भएको थियो भने खुला सत्र समापन कार्यक्रम सन्चालन लाक्पा दोर्जे शेर्पा ले गरेका थिए । बोल्ने क्रममा बिशिस्ठ अतिथी ,प्रमुख अतिथी ,बिशेष:अतिथी,लगाएत सबैले नव निर्मित युरोप शेर्पा समितिको आगामी कार्यकालको उत्तरोत्तर प्रगतिको कामना गर्दै आ-आफ्नो राय ब्यक्त गर्नु भएको थियो । शेर्पा समाज बेल्जियमका अध्यक्ष सोनाम शेर्पाले शेर्पा समाजको स्थापना गर्नु आफ्नो जातिय पहिचान दिलाउनु का साथै आफ्नो सस्क्रितीको जगेर्ना गर्नको लागि स्थापना गरिएको भन्दै संस्थाको उद्यस्य बारे जानकारी गराउनु भएको थियो । साथै सो दिन कार्यक्रममा शेर्पा जातीकै एक महिला बिद्यार्थी बेल्जियममा अध्ययन गरीरहेकी नेपाली विद्यार्थीले उनकै कलेजको तर्फबाट , नेपाली छात्रा आङ पेमा लामाले चाइनामा सिनोलोजी बिषयमा अध्ययन गर्न स्कलरशिप प्राप्त गरेकी हुनाले छात्रा आङ पेमा लामा लाई शेर्पा समाज युरोपले बधाई दिदैं खादा ओडाइ सम्मान गरेको थियो । साथै उक्त दिन समाजका कलाकारहरुले सेर्पा संस्क्रिती एबं नेपाली झल्किने खालका थुप्रै न्रित्य समेत प्रस्तुत गरेको थियो । कार्यक्रममा उपस्थित सबै लाई शेर्पा समाज बेल्जीयमले थुप्रै परीकारका अत्यन्त स्वादिठ भोजन नि:सुल्क उपलब्ध गराएको थियो ।
अन्तमा डि जे म्युजिकमा महिला पुरुष:गरी पचासौं नेपालीहरुले होल नाइट नाचेर भर्पुर मनोरन्जन लिएका थिए ।
पुरुषोत्तम सुवेदी
|
Last Updated : 2010-07-26 11:09:18 | Text Size :
|
| |


EDT 21:06
2:06
6:51
SYD 11:06

